Dictionary

All Word

71901 मानस ना. २. मानसरोवर।
71902 मानस ना. ३. तुलसीदासकृत रामायण (रामचरितमानस)।
71903 मानस ना. वि. ४. मनसँग सम्बन्ध राख्ने; मानसिक।
71904 मानसपुत्र ना. इच्छाले मात्र उत्पन्न सन्तति; कल्पित पुत्र।
71905 मानसपूजा ना. लौकिक विधि नअँगाली मनद्वारा नै सबै कृत्य गरिने पूजा।
71906 मानसरोवर ना. १. हिमालमा कैलास पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थ मानिने एक प्रसिद्ध दह।
71907 मानसरोवर ना. २. हठयोगमा शरीरभित्र कल्पना गरिएको अमृतरूपी भावसरोवर वा सो रहने स्थान।
71908 मानसिक वि. १. मनसम्बन्धी; मनसँग सम्बन्ध राख्ने; मानस; आत्मिक।
71909 मानसिक आघात ना. १. मनमा परेको आघात वा चोट।
71910 मानसिकता ना. मानसमा हुने भाव, गुण वा स्थिति; आत्मिकता।
71911 मानसी वि. १. मनसम्बन्धी; मानसिक; मनको।
71912 मानसी वि. २. मनैमन हुने (आराधना; पूजा इ.)।
71913 मानहानि ना. कसैको इज्जत, प्रतिष्ठा आदिमा क्षति पुऱ्याउने काम; मानभङ्ग; बेइज्जती; अपमान।
71914 माना ना. १. दश मुठी बराबरको अनाज आदि भर्ने भाँडो; मानु।
71915 माना ना. वि. २. दश मुठीको परिमाण भएको।
71916 मानाङ्क ना. लिच्छवि राजा मानदेवले प्रचलनमा ल्याएको टक; मानाङ्क-मुद्रा।
71917 मानाङ्क मुद्रा ना. मानाङ्क।
71918 मानाचामल ना. १. कुनै विशेष स्थितिमा अरूलाई जीवननिर्वाह वा पेटपालोका निम्ति दिइने खर्च, वृत्ति वा सिधा; पेटिया।
71919 मानाचामल ना. २. सरकारको सेवामा विशेष रूपले संलग्न भारदारका वंशज तथा उच्च खानदानका व्यक्तिलाई जीवन निर्वाहका लागि दिइने र निजको मृत्युपछि सो जग्गा रैकरमा परिणत गरिने एक प्रकारको पुरानो बिर्ताप्रथा; खुवा बिर्ता |
71920 मानापाथी ना. मानु र पाथी वा त्यति परिमाणको वस्तु |
71921 मानार्थ वि. मानका निम्तिको; मानको खातिर।
71922 मानार्थ उपाधि ना. खास प्राज्ञिक आवश्यकताका लागि तयारी भएका पाठ्यांशहरू पूरा नगरी कुनै खास क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको व्यक्तिलाई सम्मान गर्न दिइने डिग्री वा उपाधि।
71923 मानार्थ सदस्य ना. मानार्थ दिइने सदस्यपद।
71924 मानिक ना. लालमणि।
71925 मानिका ना. १. एक प्रकारको रक्सी।
71926 मानिका ना. २. आठ पल वा साठी तोलाको तौल वा परिमाण।
71927 मानिका ना. ३. लिच्छविकालीन प्रचलनमा एक मुरीतिको नापो।
71928 मानिका कर ना. पूरा उब्जनीको छैटौँ भाग लिइने एक प्रकारको पुरानो भूमिकर।
71929 मानिता ना. १. मान्यता; सम्मान; आदर; मानभाउ।
71930 मानिता ना. २. स्वाभिमान; गौरव।
71931 मानिनु क.क्रि. मान गरिनु; पुजिनु।
71932 मानिस ना. जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील रूपमा रहेको र श्रमलाई सरल तथा सुगम तुल्याउन आवश्यकताअनुसार हतियारको निर्माण तथा प्रयोगसमेत गर्ने स्तनपायीवर्गको दुईखुट्टे प्राणी; मनुष्य; मान्छे।
71933 मानी १ ना. चार पाथीको परिमाण |
71934 मानी २ वि. १. कुनै मान वा कुराको अभिमान गर्ने, अभिमानी; अहङ्कारी; घमन्डी।
71935 मानी २ वि. २. मान भएको वा मान पाउने; प्रतिष्ठित; इज्जतदार |
71936 मानी ३ वि. घट्टको माथिल्लो तथा जाँताको तल्लो फग्ल्याँटाका प्वालमा राखिने र घुम्न सजिलो पार्ने काठ, फलाम आदिको डन्डी; माने।
71937 मानीघर ना. घट्ट; जाँतोको मानी छिराउने दुलो।
71938 मानीपाथी ना. मानी बनाएबापत कामीले चलनअनुसार पाउने एक पाथी अन्न।
71939 मानु ना. १. दश मुठी अन्न भरिने, अटाउने वा नाप्ने भाँडो; मानो।
71940 मानु ना. २. त्यति अन्नको परिमाण।
71941 मानु ना. ३. पेटपालोको साधन; दानापानी।
71942 मानुचामल ना. हे. मानाचामल।
71943 मानु छुट्टिनु टु. अंशबन्डा गरेर बेग्लै बस्नु; अलग घरजम गर्नु।
71944 मानुमुठी ना. १. धेरथोर अन्नपात; अलिअलि अनाज; दुई-चार मुठी |
71945 मानुमुठी ना. २. विशेषतः असहाय व्यक्तिलाई वा सघाउनुपर्ने स्थितिमा दिइने अलिअलि अन्नपात वा खर्च।
71946 मानुमुरी ना. खेती गर्दा एक मानाको एक मुरीका दरले फल्ने उब्जनी हुने धान आदि अन्न।
71947 मानुष ना. मानिस; मनुष्य।
71948 मानुषिक वि. मनुष्यसम्बन्धी; मानिसको जस्तो; मानवीय |
71949 मानुषी ना. आइमाई; स्वास्नीमान्छे; स्त्री; महिला।
71950 मानूँ संयो. जस्तो; तुल्य; समान; मानौँ।