Dictionary

All Word

71801 मादले वि. २. मादलजस्तो।
71802 मादले वि. ३. ठुलो; बडेमाको।
71803 मादले वि. ४. रमाइलो गर्ने; रमिता देखाउने।
71804 मादा १ ना. हात्तीका पीठमा कसिने पछुवा अड्ने डोरी; माझा।
71805 मादा २ वि. पोथी।
71806 मादी ना. १. अन्नपूर्णा हिमालका हिमनदीहरूबाट उत्पत्ति भई तनहुँ जिल्लाको दमौलीमा आई सेतीमा मिसिने एक नदी।
71807 मादी ना. २. कोसी अञ्चल सङ्खुवासभा जिल्लाअन्तर्गत पर्ने एक गाउँ।
71808 माधव ना. १. विष्णु।
71809 माधव ना. २. वैशाख महिना।
71810 माधव ना. ३. वसन्त ऋतु।
71811 माधवी ना. १. सुगन्धित सेतो फूल फुल्ने वासन्ती लता।
71812 माधवी ना. २. तुलसी।
71813 माधवी ना. ३. महबाट तयार पारिएको एक पेय पदार्।
71814 माधवी ना. ४. सं. १९६५-मा मातृप्रसादका नाउँले स्व. राममणि आ. दी. द्वारा सम्पादित र काशीबाट प्रकाशित नेपाली साहित्यिक मासिक पत्रिका।
71815 माधवी लता ना. दशपन्ध्र सेन्टिमिटर लामा हरिया पात हुने, माथि पहेँलो र तल सेतो रङको सुगन्धित फल हुने सदाबहार एक लहरो।
71816 माधिमे ना. नाङ्गै हात र बेतको घुमेको गजाले बजाइने, धुन्या बाजासमूहको मुख्य तालबाजा; काठमाडौँ उपत्यकाको धिमे बाजाको ठुलो प्रकार |
71817 माधुरी ना. १. मिठास; मधुरता।
71818 माधुरी ना. २. रक्सी |
71819 माधुर्य ना. १. मिठोपन; मधुरोपना; मधुरता; सौन्दर्य; लावण्य।
71820 माधुर्य ना. २. साहित्यमा सरस र सुगम हुने तथा पाठकलाई मनोहर लाग्ने पाञ्चाली रीतिसँग सम्बन्धित काव्यात्मक गुण।
71821 माध्य वि. मध्यवर्ती; माझको; केन्द्रीय; बिचको।
71822 माध्यम वि. १. मध्यवर्ती अंशसँग सम्बद्ध; केन्द्रीय; एकदम माझको।
71823 माध्यम वि. ना. २. कुनै काम सिद्ध गर्ने साधन वा उपाय; कुनै काम सम्पन्न गर्ने साधन वा व्यक्ति।
71824 माध्यमिक वि. १. माझको; बिचको।
71825 माध्यमिक वि. ना. २. बौद्ध धर्मका चार सम्प्रदायमध्ये एक।
71826 माध्यमिक विद्यालय ना. निम्न माध्यमिकभन्दा माथिल्लो, प्रवेशिका परीक्षाका तहसम्मको नियमित पढाइ हुने विद्यालय; आठौँदेखि दसौँ कक्षासम्म मात्र पढाइ हुने विद्यालय |
71827 माध्यमिक शिक्षा ना. माध्यमिक विद्यालयमा दिइने वा पूरा हुने शिक्षा।
71828 माध्याह्निक वि. मध्याह्नको; मध्यदिनको; मध्याह्न सम्बन्धी।
71829 माध्व वि. १. मधुबाट बनेको वा तयार भएको; मधुनिर्मि।
71830 माध्व वि. २. मधुर; मिठो।
71831 माध्व वि. ना. ३. मध्वाचार्यद्वारा चलेको एक वैष्णव सम्प्रदाय।
71832 माध्वी ना. १. मधुबाट बनाइएको एक किसिमको रक्सी |
71833 माध्वी ना. २. माधवीलता।
71834 माध्वीक ना. १. महुवाको रक्सी।
71835 माध्वीक ना. २. अङ्गुरको रक्सी।
71836 माध्वीक ना. ३. अङ्गुर।
71837 मान्नु स.क्रि. १. भनेको कुरो टेर्नु; आज्ञापालन गर्नु।
71838 मान्नु स.क्रि. २. मान गर्नु; मानितो राख्नु; आदर वा श्रद्धा गर्नु।
71839 मान्नु स.क्रि. ३. पूजा वा भक्तिभावना गर्नु; सेवा गर्नु।
71840 मान्नु स.क्रि. ४. स्वीकार गर्नु; मन्जुर गर्नु; राजी हुनु।
71841 मान्नु स.क्रि. ५. ठिक ठान्नु; ठहराउनु।
71842 मान्नु स.क्रि. ६. चाडपर्व आदि मनाउनु।
71843 मान्नु स.क्रि. ७. विश्वास गर्नु; पत्याउनु।
71844 मान ना. १. आदर; सत्कार; सम्मान; प्रतिष्ठा।
71845 मान ना. २. अभिमान; अहङ्कार; घमन्ड।
71846 मान ना. ३. दर्जा; पदवी।
71847 मान ना. ४. नाप; तौल; परिमाण।
71848 मान ना. ५. नायकले गरेको अपराध देखेर नायिका अप्रसन्न हुने काम वा स्थिति।
71849 मान ना. ६. नक्सामा धरातलीय दुरी जनाउने हिसाब वा तथ्याङ्कीय परिमाण।
71850 मान ना. मानक- ना. विशिष्ट वस्तुको आकार - प्रकार, महत्त्व आदि जाँच्ने कुनै आधिकारिक स्तर, मानदण्ड वा रूप।