Dictionary

All Word

71751 मात्तिनु अ.क्रि. २. धन, मन, यौवन आदिले गम्कनु; माथि पुगेर पनि चढेको हुनु; उन्मत्त हुनु।
71752 मात्तिनु अ.क्रि. ३. पात्तिनु; पुलपुलिनु।
71753 मात्तिनु अ.क्रि. ४. निहुँ खोज्नु; जोरी खोज्नु।
71754 मात्तै क्रि.वि. मात्र नै; मात्।
71755 मात्र क्रि.वि. केवल; खालि; एकलै; मात्रै; मात्तै।
71756 मात्रा ना. १. कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण।
71757 मात्रा ना. २. एक खेपमा खाइने ओखतीको परिमाण वा अंश।
71758 मात्रा ना. ३. व्यञ्जनका साथ जोडिने आकार, इकार, उकार आदि चिह्न (ा , ि, ु आदि)।
71759 मात्रा ना. ४. स्वरचिह्न।
71760 मात्रा ना. ५. अक्षरको उच्चारण गर्दा लाग्ने समय।
71761 मात्रा ना. ६. धनसम्पत्ति।
71762 मात्रावृत्त ना. मात्रिक छन्द।
71763 मात्रिक वि. मात्रासम्बन्धी; मात्राको गणना गरिने।
71764 मात्रिक छन्द ना. मात्राहरूलाई ध्यानमा राखेर वा मात्राको गणनाबाट चरण मिलाइने छन्दविशेष |
71765 मात्रै क्रि.वि. मात्र नै; मात्रै।
71766 मात्सर्य ना. १. मत्सरको भाव वा अवस्था।
71767 मात्सर्य ना. २. अरूको उन्नति देखेर हुने डाहा; ईर्ष्या, डाढो; जलन।
71768 माथ १ ना. टाउको; शिर; माथा।
71769 माथ २ ना. हे. मात २।
71770 माथवर वि. १. पत्यार गर्न सकिने; भरपर्दो; विश्वासी; मातवर।
71771 माथवर वि. २. भलादमी; सज्जन।
71772 माथवर वि. ३. पुँजीवाल; धनाढ्य; सम्पन्न।
71773 माथवरसिंह ना. नेपालको इतिहासमा विक्रमको उन्नाइसौँ शताब्दीको अन्ततिर प्रधानमन्त्री बनेका थापा कुलका एक प्रसिद्ध व्यक्ति।
71774 माथा ना. शिर; टाउको; माथा।
71775 माथापच्ची/ पच्चिसी ना. धेरै दिमाग खियाउनुपर्ने काम; गिदीपगालाइ।
71776 माथि ना. यो. १. मास्तिर; उँभो; उपर।
71777 माथि ना. यो. क्रि.वि. २. उच्च श्रेणी वा कोटिमा।
71778 माथि ना. यो. ३. अग्लो ठाउँमा मास्तिर।
71779 माथि ना. यो. ४. पहिले; अगाडि (लेख, वक्तव्य आदिमा )।
71780 माथि ना. यो. ५. माथिल्लो ठाउँ वा भाग; चोटो।
71781 माथि ना. यो. ६. अतिरिक्त; थप।
71782 माथिको देउता ना. आकाशदेवी (केटाकेटीका सामु नाउँ नलिने चलनअनुसार)।
71783 माथिल्लो वि. १. मास्तिर वा उँभो रहेको; उपल्लो; माथिको।
71784 माथिल्लो वि. २. उच्च श्रेणी वा उपल्लो तहको (दर्जा, विभाग इ.)।
71785 माद ना. १. मद; मात; नशा।
71786 माद ना. २. अभिमान; घमन्ड।
71787 माद ना. ३. प्रसन्नता; हर्ष।
71788 मादक वि. १. मताउने; नशा लाग्ने; बेहोस पार्ने।
71789 मादक वि. २. आनन्ददायक |
71790 मादकता ना. मादक हुनाको भाव वा अवस्था।
71791 मादक पदार्थ ना. मात लगाउने वस्तु ( रक्सी, गाँजा, चरेस इ.)।
71792 मादक फसल ना. गाँजा, सुर्ती आदिको बाली वा उत्पादन।
71793 मादन ना. १. मद; मात; नशा।
71794 मादन ना. २. कामदेव |
71795 मादन ना. वि. ३. नशामा लट्ठ पार्ने; मादक।
71796 मादल ना. १. रोटेपिङको दुई खाँबाका बिचमा रहने बलो।
71797 मादल ना. २. धुरा वा धुरी पस्ने रथ, बग्गी वा गोरुगाडाका पहियाका बिचको अवयव; नाउ।
71798 मादल ना. ३. दाहिनेतिर साँगुरो र देब्रेतिर केही ठुलो मुख भएको, तेर्सो पारेर कम्मरमा भिरी नाङ्गो हातले बजाइने छालाका खरीसहितको नेपालको अति लोकप्रिय तालबाजा।
71799 मादलु ना. मादल (कविता, गीत र लोकगीतमा प्रचलित )।
71800 मादले वि. १. मादल भिर्ने वा बजाउने।