Dictionary

All Word

71601 मागढोल ना. जे पाए पनि माग्ने काम; यताउति घुमेर माग्ने काम।
71602 मागपूर्ति ना. चाहनाको पूर्ति; खाँचोपूर्ति।
71603 मागमुग ना. माग्नेवर्ने काम; माङमुङ।
71604 मागधी ना. १. प्राकृत भाषाको एक भेद।
71605 मागधी ना. वि. २. मगध देश; मगध देशसम्बन्धी।
71606 माग फाराम ना. कार्यालयहरूमा कागज, मसी आदि मसलन्द तथा अन्य सामग्रीहरू प्राप्त गर्न सामानको विवरण खोली भरिने एक प्रकारको फाराम |
71607 मागल ना. विवाह आदि मङ्गलकार्यमा गाइने गीत; महाल।
71608 मागलिनी ना. मागल गाउने कन्या र ऐभाँती नारी।
71609 मागिनु क.क्रि. याचना गरिनु; भिक्षा थापिनु।
71610 माग्ने वि. १. माग वा प्रार्थना गर्ने।
71611 माग्ने वि. ना. २. घरघर मागेर जीवननिर्वाह गर्ने व्यक्ति; मगन्ते; भिक्षुक।
71612 माग्ने वि. ३. नामको पछिल्तिर जोडिई कार्यभागी भएको बुझाउने शब्द (भनाइमाग्ने पोलाइमाग्ने आदि)।
71613 माघ ना. १. पुसपछि र फागुन अघिको महिना।
71614 माघ ना. २. कालिदास, भारविकै कोटिका संस्कृति साहित्यका ठुला कवि।
71615 माघे वि. १. माघ महिनाको माघ महिनासम्बन्धी।
71616 माघे वि. २. माघ महिनामा पर्ने वा हुने |
71617 माघे झरी ना. माघ महिनामा पर्ने झरी |
71618 माघे ठिही ना. माघ महिनाको ज्यादै ठिहिऱ्याउने जाडो; अति जाडो।
71619 माघे सग्राँती ना. चेलीतिहार।
71620 माङ्गलिक वि. १. मङ्गलसूचक; मङ्गलसम्बन्धी; शुभ।
71621 माङ्गलिक वि. २. सौभाग्यशाली।
71622 माङ्गलिक वि. ना. ३. नाटक आदिमा प्रारम्भमै मङ्गलपाठ गर्ने पात्र।
71623 माङ्गल्य वि. १. मङ्गलकारक; शुभ।
71624 माङ्गल्य वि. २. भाग्यवान्।
71625 माङ्गल्य वि. ना. ३. मङ्गल हुनाको भाव वा अवस्था।
71626 माङबा ना. लिम्बूजातिमा भूतप्रेत आदि मन्साउने पुरोहि।
71627 माच ना. बस्तुभाउलाई खुवाउनका निम्ति घाँस, पराल आदि सुरक्षित राख्न बनाइने अग्लो टार; टौवा; मचान।
71628 माचाङ्गी वि. हे. मानचङ्गी।
71629 माछा ना. हे. माछो।
71630 माछाकत्ले वि. माछाको कत्लाजस्तो (बुट्टा, भुईं आदि)।
71631 माछाकाँडे वि. माछाको काँडाजस्तो भएको; माछाको काँडाको आकारको (सियाको टाँका, बुट्टा, कपाल आदि)।
71632 माछाभाला ना. माछा मार्ने एक प्रकारको भाला।
71633 माछो ना. १. पानीभित्र रहने, चिसो रगत साथै प्रायः कत्ला पनि हुने विभिन्न आकारप्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा।
71634 माछो ना. २. बन्द गरिएको झ्यालढोका अड्याउने एक किसिमको चुकुल।
71635 माजा ना. हे. माझा।
71636 माजु ना. काँडैकाँडा हुने र भाँच्दा एक प्रकारको चोप वा गुँद निस्कने झारविशेष।
71637 माजु फल ना. माजुबाट निकालिएको चोपको डल्लो; मायाफल।
71638 माझ्नु स.क्रि. १. भाँडाबर्तन, दाँत आदिमा भएको कस वा मैलो फ्याँक्नु; मल्नु।
71639 माझ्नु स.क्रि. २. सफासुग्घर गर्नु; स्वच्छ पार्नु।
71640 माझ्नु स.क्रि. ३. पखाल्नु; धुनु।
71641 माझ ना. १. दुई वस्तुका बिच रहने अन्तर।
71642 माझ ना. २. मध्य; बिच।
71643 माझ ना. ना. यो. ३. भित्र।
71644 माझमुझ ना. भाँडाबर्तन आदि माझ्ने, पखाल्ने काम।
71645 माझा १ ना. हात्तीको पिठ्यूँमा कसिने पछुवा अडिने डोरी; मादा।
71646 माझा २ ना. चङ्गा उडाउने धागो बलियो तथा धारिलो पार्नका लागि लगाइने काँच, चरेस आदिको धुलो वा मसला; माजा।
71647 माझामाझी ना. यो. बीचोबिच; ठिक्क माझमा; माझनेर।
71648 माझाली वि. १. माझमा बस्ने वा रहने।
71649 माझाली वि. २. माझखण्डको; माझको।
71650 माझाली वि. ना. ३. कर्णाली अञ्चलमा बोलिने नेपाली भाषिका; नेपाली भाषाको केन्द्रीय भाषिका; खसानी।