Dictionary

All Word

71551 माई ना. १. माता; आमा।
71552 माई ना. २. आराध्या स्त्रीदेवता; देवी।
71553 माई ना. ३. सन्न्यासिनी; जोगिनी।
71554 माई ना. ४. शीतला; बिफर।
71555 माईबेनी ना. इलामका माई र जोगमाई दुई नदीका दोभानको माघभरि मेला लाग्ने स्थान।
71556 माउ ना. १. आमा (पशुपक्षी, किराफटेङ्ग्रा आदिको); पोथी पशुपक्षी।
71557 माउ ना. २. घरपरिवारको मुख्य मानिस, थकाली।
71558 माउ ना. ३. चित्रो, मान्द्रो, गुन्द्री आदि बुन्दा टिपिने तीनवटा चोया वा धागो।
71559 माउ ना. ४. ट्रली वा रेल तान्ने इन्जिन।
71560 माउ ना. ५. ऊनी लुगा, कागज आदि काट्ने किरो।
71561 माउ ना. वि. ६. मुख्य; प्रमुख |
71562 माउ कस्तूरी ना. कस्तूरीको माउ; पोथी कस्तूरी |
71563 माउकुरो ना. मातृभाषा; मातृबोली।
71564 माउते ना. हे. माहुते।
71565 माउथलो ना. १. कुनै जाति, भाषा आदिको पहिलो मुख्य ठाउँ; मूल स्थान; उद्‍गमस्थल।
71566 माउथलो ना. २. मातृभूमि।
71567 माउर ना. हे. माहुर |
71568 माउरी ना. माहुरी; मौरी |
71569 माउसुली ना. घरकोठाका दलिन र भित्ताभित्ता टाँसिएर दगुर्ने, भुसुना, किरा आदि टिपेर खाने, छेपाराको जातको लाम्चो किरो; घरछेपारो।
71570 माऊ ना. हे. माउ।
71571 माकल ना. बाँदर; लङ्गुर।
71572 माकल टोपी ना. चेहराबाहेक कपालको सम्पूर्ण भाग छोप्ने, न्यानो खालको बाँदरमुखे टोपी।
71573 माकुरा ना. हे. माकुरो।
71574 माकुराको जालो ना. १. साह्रै फितलो जाल वा षड्यन्त्र।
71575 माकुराको जालो ना. २. माकुराको जाल।
71576 माकुराजाले वि. माकुराको जालोजस्तो गोलागोला मसिना रेखा भएको (बुट्टा, पछ्यौरा आदि)।
71577 माकुरी ना. १. माडबारीका जस्तो आकारको, बिचमा युँ जडिएको, कानमा लगाउने एक प्रकारको गहना।
71578 माकुरी ना. २. भाद्र शुक्ल पञ्चमीका दिन स्वास्नी मानिसहरूद्वारा सप्तर्षिलाई चढाइने एक प्रकारको फूल।
71579 माकुरे वि. माकुरोजस्तो; माकुराका छाँटको।
71580 माकुरे यान ना. वैज्ञानिकहरूले चन्द्रमामा पदार्पण गर्दा प्रयोगमा ल्याएको माकुराका आकारको यान (लुनार)।
71581 माकुरो ना. शरीरको पछिल्लो भागबाट च्यापच्याप परेको ज्यादै मसिनो तन्तु निकालेर जाल बनाई झिँगा, भुसुना आदि ससाना किराहरू अल्झाएर खाने एक जातको आठखुट्टे किरो।
71582 माक्षिक ना. १. मह; मधु।
71583 माक्षिक ना. २. रूपामक्खी।
71584 माक्षिक ना. ३. सुनामक्खी।
71585 माखा ना. हे. माखो।
71586 माखामुन्द्रो ना. कानमा गहनाका रूपमा लगाइने माखाका आकारको गहना।
71587 माखे वि. माखोजस्तो; माखाका आकारको।
71588 माखेसाङ्लो ना. १. दुईतिरबाट च्यापेर बिचमा अँठ्याउने काम वा काइदा।
71589 माखेसाङ्लो ना. २. रहस्य वा मेसो थाहा नपाई फुकाउन नसकिने एक किसिमको साङ्ली।
71590 माखेसाङ्लो ना. ३. त्यस्तै अप्ठेरो वा उम्कन नसकिने अवस्था; जटिल समस्या; असमञ्जस स्थिति।
71591 माखो ना. १. झिँगो; मक्षिका।
71592 माखो ना. २. नाकमा लाइने एक प्रकारको गहना।
71593 माखेमुन्द्रो ना. गरगहना।
71594 माख्ले ना. धान कुटेर वा मकै पिनेर चामल, च्याँख्ला बनाउँदा आउने वस्तु; कनिका।
71595 माग्नु स.क्रि. १. कुनै कुरो पाउनका निम्ति कसैसित प्रार्थना गर्नु; याचना गर्नु।
71596 माग्नु स.क्रि. २. गरिब वा दरिद्रले अन्न, वस्त्र, पैसा आदि पाऊँ भनेर प्रार्थना गर्नु; भिक्षा गर्नु।
71597 माग्नु स.क्रि. ३. अधिकार वा यस्तै कुनै कामकुरोका लागि प्रार्थना गर्नु; माग गर्नु।
71598 माग ना. १. माग्ने काम याचना; प्रार्थना।
71599 माग ना. २. आग्रह जनाएर गरिने अनुरोध; अधिकारपूर्वक मागिएको कुनै कुरो।
71600 माग ना. ३. कुनै कुराको विशेष आवश्यकता वा खाँचो।