Dictionary

All Word

71701 मात १ ना. ३. लागु पदार्थको सेवनबाट हुने उन्माद वा असर; मद।
71702 मात २ ना. विशेषतः खेल, कुस्ती, भिडन्त आदिमा हुने हार व पराजय; मा।
71703 मात २ ना. (उदा.- हिजोको फुटबल खेलमा सङ्कटा एघारले ठमेल एघारलाई गजबले मात गरिदियो )।
71704 मातङ्ग ना. १. हात्ती।
71705 मातङ्ग ना. २. नीच मानिस ; चण्डाल।
71706 मातङ्ग ना. ३. किरात; भिल्ल।
71707 मातङ्गी ना. १. दश महाविद्यामध्ये एक (तन्त्र )।
71708 मातङ्गी ना. २. चाण्डाल जाति वा व्यक्तिकी स्त्री।
71709 मातङ्गी ना. ३. वसिष्ठकी पत्नी।
71710 मातङ्गी ना. ४. पार्वती।
71711 मातदिल वि. न धेरै गर्मी न धेरै जाडो; समशीतोष्ण; मधुरो।
71712 मातवर वि. हे. माथवर।
71713 मातहत वि. १. अरूको आश्रय, अधीन, खटन वा नियन्त्रणमा रहेको; अधीनस्।
71714 मातहत वि. ना. २. हाता वा इलाका; अम्बल।
71715 मातहत दर्जा ना. प्रमुख अड्डाभन्दा मुनिका वा अधीनमा रहेका सम्बद्ध अड्डाका कर्मचारीको पद |
71716 मातहती ना. मातहत हुनाको भाव वा अवस्था; अधीनता; अख्तियारी |
71717 माता ना. १. जन्म दिने स्त्री; आमा; मुमा; जननी; महतारी; इजा।
71718 माता ना. २. कुनै आदरणीय पूज्य स्त्री।
71719 माता ना. २. देवी (लक्ष्मी, सरस्वती आदि)।
71720 माता ना. ४. सन्न्यासिनी; जोगिनी।
71721 माता ना. ५. अन्न दिएर पाल्ने धर्ती।
71722 माता ना. ६. दुध खुवाउने गाई।
71723 मातापुला ना. साह्रै पातलो सेतो लुगा।
71724 मातिनु अ.क्रि. हे. मात्तिनु।
71725 मातुल ना. मामा।
71726 मातुली माइजू।
71727 मातुलेय ना. मामाको छोरो।
71728 मातृ ना. माता; जननी।
71729 मातृक वि. १. मातासम्बन्धी; माताको।
71730 मातृक वि. २. माताका तर्फबाट प्राप्त हुने व्यवहार, अधिकार इ.)।
71731 मातृका ना. १. आमा; माता; जननी।
71732 मातृका ना. २. धाईआमा।
71733 मातृका ना. ३. विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यको पूर्वाङ्गका रूपमा पूजा गरिने सोह्रवटी देवीहरूको वर्ग (गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति)।
71734 मातृका ना. ४. तन्त्रशास्त्रका अनुसार सातवटी देवी (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही )।
71735 मातृका ना. ५. पञ्चाशत् वर्णमातृका।
71736 मातृका ना. ६. स्रोत; मूल।
71737 मातृका ना. ७. जादुको शक्ति निहित रहने अक्षरहरूको खास प्रकारको रेखाचित्र |
71738 मातृकुल ना. आमापट्टिको वंश; मामालीको कुल।
71739 मातृगण सात वा सोह्र मातृकाको गण वा वर्ग (सप्तमातृका र षोडशमातृका)।
71740 मातृघातक / घाती वि. आमाको हत्या गर्ने; आमालाई मार्ने।
71741 मातृतन्त्र ना. माता नै गृहस्वामिनी मानिने र उनैले घरेलु व्यवस्था पनि गर्ने केही प्राचीन जातिमा तथा वर्तमानमा पनि कतैकतै प्रचलित एक सामाजिक व्यवस्था।
71742 मातृत्व ना. माता वा आमा हुनाको गुण, अवस्था वा भाव।
71743 मातृपक्ष वि. मातृकुलसँग सम्बद्ध पक्ष ( मामा, मातामह आदि); मातृकुल।
71744 मातृभाषा ना. आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा।
71745 मातृशिशु कल्याण केन्द्र ना. स्वास्थ्यकार्यक्रमअन्तर्गत परिवार नियोजनका साथसाथै बच्चा र बच्चाको आमाको स्वास्थ्यसेवाका नम्ति खोलिएको केन्द्र |
71746 मातृसत्ता ना. १. परिवारमा आमाकै सत्ता सर्वोच्च तथा सर्वोपरि रहने सामाजिक व्यवस्था; मातृतन्त्र।
71747 मातृसत्ता ना. २. आमाका नामबाट वंशपरम्परा चल्ने सामाजिक व्यवस्था।
71748 मातृसत्तात्मक वि. मातृसत्ता प्रमुख भएको; मातृसत्ताका रूपमा चलेको।
71749 मात्त क्रि.वि. मात्र; खालि; केवल (उदा.- म मात्त एक्लै त्यहाँ जान्न।)।
71750 मात्तिनु अ.क्रि. १. मत्त हुनु; माद चढ्नु; लागु पदार्थको नशा लाग्नु।