Dictionary

All Word

71651 माझनु क.क्रि. पखालिनु; टल्काइनु।
71652 माझी ना. १. पुख्र्यौलीदेखि डुङ्गा खियाएर तथा माछा मारेर जीविका गर्ने एक जाति।
71653 माझी ना. वि. २. बिचको; माझको।
71654 माझी औँलो ना. चोर औँलो र साहिली औँलाका बिचको औँलो।
71655 माझी किरो ना. पानीमाथि रगरग खेल्ने, ठुलो भटमासको दिउलजस्तो कालो रङको एक किरो।
71656 माझीटार ना. १. माझीहरूको बस्ती भएको समथर जमिन।
71657 माझीटार ना. २. खोलामाथिको सम्म परेको कुलो नलाग्ने जग्गा।
71658 माझीबार मदिसे सिउँडीका भन्दा ठुला पात लाग्ने लामा तिखा काँडा हुने एक वृक्षविशेष।
71659 माटमेट ना. छिनाफाना; मारीमेटी |
71660 माटिनु अ.क्रि. १. ज्यादै पुरानो हुनु; बेकम्मा हुनु; सड्नु।
71661 माटिनु अ.क्रि. २. मटिलो बन्नु; माटोजस्तो हुनु।
71662 माटी ना. माटो।
71663 माटीकोरे ना. १. किसान; खेतीवाल।
71664 माटीकोरे ना. २. पहरामा प्वाल पारेर गुँड लाउने, हरियो शरीर, रातो टाउको र तिखो चुच्चो हुने एक चरो।
71665 माटे वि. १. माटोसम्बन्धी; माटाको।
71666 माटे वि. २. माटाको काम गर्ने।
71667 माटे वि. ३. माटो खाने बानी परेको वा माटो खाने इच्छा गर्ने।
71668 माटे वि. ना. ४. गहुँको सुक्खा रोटी |
71669 माटो ना. १. जमिनको माथिल्लो भागमा पाइने, ढुङ्गो, बालुवा, पानी, खनिज पदार्थ आदि बाहेकको, बोटबिरुवा, बालीनाली आदि उम्रने, जीवजन्तु आदि बस्ने र हिँड्ने, भाँडाकुँडा आदि बनाउने काममा प्रयोग हुने, लेउ, सडेपडेका वस्तु आदि मिलेर बनेको उर्वर, बुरबुराउँदो तथा कमलो, गन्धयुक्त वस्तु; मट्टी; माटी।
71670 माटो ना. २. खेतबारी; जमिन; जग्गा।
71671 माटी घिसाइ ना. माटाको अपहरण; माटोक्षय।
71672 माटीक्षय ना. माटोघिसाइ |
71673 माटीविज्ञान ना. हे. मृत्तिकाविज्ञान |
71674 माड्नु स.क्रि. १. मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु।
71675 माड्नु स.क्रि. २. मयकमुरुक पार्नु; कुल्चीमिल्ची गर्नु; थिचोमिचो गर्नु।
71676 माड ना. १. अन्नादिको पिठो पकाएर बनाइएको कागत आदि टाँसिने लेदो पदार्।
71677 माड ना. २. भात पकाउँदा पाक्ने बेलामा निस्कने बाक्लो सेतो झोल।
71678 माड ना. ३. लदरो पारी बनाइएको खाद्य पदार्थ; खोले।
71679 माडमुड ना. बेसरी माड्नेवर्ने काम; रगडाइ।
71680 माडा ना. लप्सी, आँप आदिको गुदी पकाएर पातलो पारी सुकाइएको अमिलो खाद्य पदार्।
71681 माडिनु क.क्रि. माड्ने काम गरिनु; मलिनु; रगडिनु।
71682 माडी/माडु ना. १. ठुलो फराक ठाउँ।
71683 माडी/माडु ना. २. पुण्य स्थल; धार्मिक उद्देश्यले मानिस जम्मा हुने ठाउँ; मेला; मण्डी।
71684 माडो ना. हे. माणो।
71685 माडौँ ना. मण्डप भएको देवमन्दिर (जस्तो- काठमाडौँ।)।
71686 माणक ना. मानकन्द; बुटीविशेष |
71687 माणवक ना. १. बालक; ठिटो।
71688 माणवक ना. २. बाउन्ने।
71689 माणवक ना. ३. मूर्ख मान्छे।
71690 माणवक ना. ४. विद्यार्थी।
71691 माणवक ना. ५. सोह्र गेडा भएको एक प्रकारको मोतीमाला।
71692 माणिक/माणिक्य ना. गुलाफी वा रातो रङको एक रत्न; पद्मरागमणि; लालमणि; मानिक।
71693 माणो ना. विवाह मण्डप; दुलाहादुलहीले बहामा घुम्ने जग्गे; माडो।
71694 माण्डलिक ना. १. कुनै मण्डल वा प्रान्तको प्रमुख शासक; रजौटा।
71695 माण्डलिक ना. २. शासनकार्य वि. ३. मण्डलसम्बन्धी; मण्डलको।
71696 माण्डव्य ना. गोत्र-प्रवर्तक एक प्राचीन ऋषि।
71697 माण्डव्य गोत्र ना. माण्डव्य ऋषिको कुल वा वंशबाट चलेर आएको वा सो कुल वा वंशको परिचायक नाम; ज्ञवाली, बजगाईं आदि हुनेहरूको गोत्र।
71698 माण्डूक्य ना. दश प्रसिद्ध उपनिषद्मध्ये एक।
71699 मात १ ना. १. कुनै नशालु वस्तु वा लागु पदार्थ (रक्सी, जाँड, अम्मल इ.)।
71700 मात १ ना. २. धन, मान, यौवन, इज्जत आदिको घमन्ड; तमक।