Dictionary

All Word

71851 मानकन्द ना. कर्कलाका आकारका ठुलठुला पात र गानु हुने, बुटी; माने।
71852 मानगृह ना. १. स्त्रीहरूले पति वा प्रेमीलाई घुर्क्याएर बस्ने घर; मानमन्दिर।
71853 मानगृह ना. २. प्रसिद्ध लिच्छवि राजा मानदेवले बनाएको, एक प्रसिद्ध भवन।
71854 मानगृह ना. (यस दरबारमा टाँगिएको तोरणको अर्को टुप्पो चाँगुनारायण मन्दिरको गजुरमा गाँसिएको उल्लेख अभिलेखहरूमा पाइएको छ)।
71855 मानचङ्गी वि. सानो जातको (सुपारी वा नरिवल)।
71856 मानचङ्गी नरिवल ना. नरिवलकै छाँटका काण्ड, पात, फूल र फल लाग्ने सानो खालको नरिवल।
71857 मानचङ्गी सुपारी ना. सानो एक जातको सुपारीविशेष।
71858 मानचित्र ना. पृथ्वीका सम्पूर्ण महादेश तथा महासागरको चित्र; नक्सा; भूचित्रावली; भूचित्र |
71859 मानदण्ड ना. १. नाप्ने लट्ठी वा दण्ड; गज।
71860 मानदण्ड ना. २. योग्यता, गुण, वैशिष्ट्य आदि खास कुराको मूल्य निश्चित गर्ने वा आधार निर्धारित गर्ने स्वीकृत स्तर वा माध्यम।
71861 मानदेव ना. प्रसिद्ध मानगृहका निर्माता लिच्छविकालीन एक प्रख्यात राजा।
71862 माननीय वि. १. मान वा आदर गर्न योग्य; मान्य; आदरणीय |
71863 माननीय वि. २. मन्त्री, संसदका सदस्य, कुलपति आदि र सोसरहका अन्य व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
71864 मानपत्र ना. अभिनन्दनपत्र।
71865 मान पदवी ना. आभूषण, अलङ्कार, प्रशंसापत्र आदि।
71866 मानभङ्ग ना. अपमान; अप्रतिष्ठा; बेइज्जती; मानहानि।
71867 मानभाउ ना. मान र मर्यादा; मान र कदर; प्रतिष्ठा; इज्जत; मान; मानमनितो।
71868 मानमनितो ना. १. आफ्ना कुलपरम्पराले मान्दै आएका देवदेवीको पूजाआजा।
71869 मानमनितो ना. २. मानभाउ।
71870 मानमन्दिर ना. १. स्त्रीहरू रिसाएर बस्ने घर; कोपभवन; मानगृह।
71871 मानमन्दिर ना. २. ग्रहनक्षत्रहरूको निरीक्षण गर्ने यन्त्रहरू रहेको स्थान; वेधशाला।
71872 मानमर्यादा ना. मानभाउ; मानमनितो।
71873 मानमिजास ना. १. मान र मिजास; आदरसत्कार।
71874 मानमिजास ना. २. शिष्टाचार; सौजन्य।
71875 मानर ना. तराई क्षेत्रमा प्रचलित, मादलका आकारको एक प्रकारको माटाको बाजा |
71876 मानव ना. १. मनुका सन्तति; मनुष्य।
71877 मानव ना. स्त्री. मानवी।
71878 मानव ना. वि. २. मनुसँग सम्बन्धित; मनुको वंशमा उत्पन्न भएको; मनुसम्बन्धी।
71879 मानव अधिकार ना. संयुक्त राष्ट्रसङ्घले इ. १९४८ मा गरेको घोषणाअनुसार विश्वका मानवमात्रले पाउने आधारभूत सामाजिक, आर्थिक र नागरिक हक तथा स्वतन्त्रता।
71880 मानवता ना. मानव हुनाको भाव वा विशेषता; मनुष्य बन्न चाहिने गुण; मनुष्यत्व।
71881 मानवतावाद ना. मानिसका प्रकृति, प्रतिष्ठा, आदर्श आदिमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रो व्यवहारको सिद्धान्।
71882 मानवतावादी वि. मानवतावादमा विश्वास गर्ने; मानवतावादको सिद्धान्तको समर्थक वा अनुयायी।
71883 मानवती वि. १. आफू मानमा रहन चाहने; अभिमानिनी; मानिनी (स्त्री)।
71884 मानवती वि. ना. २. साहित्यमा नायकसित असन्तुष्ट वा रुष्ट भएकी नायिका।
71885 मानव धर्मशास्त्र ना. मानवधर्मको विवेचना गरिएको शास्त्र; मनुस्मृति; मनुसंहिता।
71886 मानव पूर्वकाल ना. नृतत्त्वशास्त्रअनुसार किनिया नर- वानर र त्यसभन्दा पहिलेको समय।
71887 मानव बस्ती ना. मानिसको बसोबास भएको भूक्षेत्र।
71888 मानव युग ना. १. नृतत्त्वशास्त्रअनुसार पृथ्वीमा पहिलोपल्ट मानवको सृष्टि प्रारम्भ हुन थालेको युग; आजभन्दा पचासदेखि चालिस लाख वर्षपहिले प्रारम्भ भएको युग।
71889 मानव युग ना. २. प्रातिनूतनामको समस्त भाग वा हिमकल्पको समस्त भागलाई भनिने युग।
71890 मानवशास्त्र ना. १. मानवजातिको उत्पत्ति, प्रकार, गुण, स्वभाव, संस्कृति आदिको अध्ययन गर्ने एक शास्त्र; नृतत्त्वशास्त्र; नृवंशशास्त्र।
71891 मानवशास्त्र ना. २. मूलतः मानवजातिको उन्नतिप्रगतिमा सहायक हुने इतिहास, दर्शन, पुरातत्त्व, दर्शन, मनोविज्ञान, अर्थशास्त्र, राजनीति, साहित्य आदिसित सम्बन्ध राख्ने सबै शास्त्रविषय |
71892 मानवानुगुण ना. नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास भएकामध्ये अपुच्छको गणनामा आउने मानव र त्यससँग मिल्ने प्राणीको समूह।
71893 मानविकी ना. शिक्षाशास्त्रीय वर्गीकरणका दृष्टिले मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्ये दर्शन, भाषा, साहित्य, कला, भूगोल, गणित, इतिहास आदिसँग सम्बन्धित शाखा।
71894 मानविकी र सामाजिक शास्त्र ना. मानविकी र राजनैतिक, आर्थिक, सामाजिक आदि शास्त्रहरूको समुदाय।
71895 मानविकी र सामाजिक शास्त्र अध्ययन संस्थान ना. उक्त समुदायको पठनपाठनसँग सम्बन्धित संस्था।
71896 मानवीकरण ना. कुनै वस्तुलाई मानवको रूप दिनाको भाव तथा प्रक्रिया वा मानवका रूपमा कल्पित तथा प्रस्तावित गर्ने काम।
71897 मानवीय वि. १. मानवसम्बन्धी; मानव वा मनुष्यको।
71898 मानवीय वि. २. मानिस भएर गरिने; मनुष्योचि।
71899 मानवीय तत्त्व ना. मानिसमा हुनुपर्ने गुण वा वैशिष्ट्य।
71900 मानस ना. १. अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय।