Dictionary

All Word

71951 माने १ ना. खान हुने जङ्गली कर्कलो; मानकन्द।
71952 माने २ ना. अर्थ; आशय; अभिप्राय; मतलब; तात्पर्य।
71953 माने ३ वि. १. मानुको; मानासम्बन्धी (परिमाण वा नापो )।
71954 माने ३ वि. २. मानाभर रहने, अटाउने, हालिने वा पाक्ने र त्यत्ति नै खाने वा खान सक्ने, जस्तो - एकमाने, तीनमाने, पाँचमाने (भाँडो, व्यक्ति आदि)।
71955 माने ४ ना. जाँतोको तल्लो तथा घट्ट आदिका माझमा माथिल्लो फग्ल्याँटाका प्वालमा हालिने काठ वा फलामको डन्डी; हे. मानी पनि।
71956 माने ५ ना. १. बौद्ध धर्मावलम्बीहरूले हातमा लिएर घुमाउने 'ॐ मणिपद्मे हुँ' लेखिएको एक वस्तु।
71957 माने ५ ना. २. बौद्धधर्मावलम्बीहरूले चिहानमाथि ध्वजा गाडी बनाएको स्तम्भ |
71958 माने गाउँ ना. लामा, तामाङहरूको माने भएको ठाउँको बस्ती।
71959 माने डाँडो ना. माने थापना गरिएको डाँडो।
71960 माने भन्ज्याङ माने रहेको भन्ज्याङ।
71961 माने मधौरु ना. बिरामी भएको बहाना गरेर काम नगर्ने मानिस।
71962 मानो १ अव्य. मानूँ; मानौँ।
71963 मानो २ ना. दश मुठी अन्न बराबरको भाँडो; मानु।
71964 मानौँ अव्य. समान; तुल्य; मानूँ।
71965 मान्छे ना. मानिस; मनुष्य।
71966 मान्छेको भाँडो ना. ठिक मानिस; लाजघिनको ख्याल भएको मान्छे (उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ)।
71967 मान्छे खाने कुरा ना. नबुझिने बोली वा भाषा (उदा.- तिमी मान्छे खाने कुरा नगर, नेपालीमा भन )।
71968 मान्द्य ना. १. मन्द हुनाको भाव वा स्थिति; मन्दता; सुस्ती।
71969 मान्द्य ना. २. दुर्बलता; कमजोरी।
71970 मान्द्य ना. ३. रोग; बिमारी।
71971 मान्द्य ना. ४. न्यूनता; कमी।
71972 मान्द्रिलो वि. मान्द्रो जस्तो।
71973 मान्द्रे वि. १. मान्द्रो बुने झैँ गरी बुनेको; मान्द्राको जस्तो बनोट भएको।
71974 मान्द्रे वि. २. बाक्लो र बलियो ( राडी )।
71975 मान्द्रे वि. ना. ३. मान्द्रो बुन्ने र बेच्ने मानिस।
71976 मान्द्रे मेसो ना. १. मान्द्रो बन्दाको जस्तो मेसो वा सिलसिला; मान्द्रो बेरिए झैँ भएको रोल वा ताँती।
71977 मान्द्रे मेसो ना. २. राडीका बुनोटको एक मेसो।
71978 मान्द्रे मेसो ना. ३. मान्द्रो बेरे झैँ भई लुँडिँदै आएको छाल।
71979 मान्द्रे मेसो ना. क्रि.वि. ४. उपर्युक्त किसिमले; ताँतीका ताँती लागेर।
71980 मान्द्रो ना. बाँसको चोयाबाट चित्रो बुने झैं चुल्ठेमेसो पारी बुनिने, तर चित्रोमेसोमा झैँ एक-एक पात नटिपी दुई-दुई पात टिपेर बुनिने, बिस्कुन सुकाउने, कठघरामा ओछ्याउने आदि काम लिइने वस्तु।
71981 मान्धाता ना. अयोध्याका पुराणप्रसिद्ध एक सूर्यवंशी राजा।
71982 मान्य वि. १. मान गर्न लायक; आदरणीय।
71983 मान्य वि. २. मान्न योग्य; स्वीकार गर्न सकिने।
71984 मान्यता ना. १. मान्य हुनाको भाव वा अवस्था; मनाइ।
71985 मान्यता ना. २. मान्ने काम; मान; इज्ज।
71986 मान्यता ना. ३. कुनै विचार, सिद्धान्त, कुरो आदिलाई मान्ने भाव वा प्रक्रिया।
71987 मान्यता ना. ४. काम - कुरो स्विकारी प्रमाणित गर्ने वा ठुलो संस्थाद्वारा सानो संस्था वा त्यसका कामकाजमा दिने स्वीकृति।
71988 मान्यवर वि. मान गर्न योग्य; आदरणीय।
71989 माप ना. १. नाप्ने काम; नापो; मापन।
71990 माप ना. २. नाप्ने उपकरण।
71991 मापक ना. १. नाप्ने उपकरण; माना, पाथी, गज, फुट आदिमध्ये कुनै एक साधन।
71992 मापक ना. २. ढक।
71993 मापक ना. वि. ३. माप गर्ने वा नाप्ने, (जस्तै- स्तरमापक, दुग्धमापक, वर्षामापक)।
71994 मापकुण्डिका ना. अन्न, तेल आदि भर्ने मानो, पाथी, कुरुवा आदि।
71995 मापचोक ना. सम्पत्तिसम्बन्धी नियन्त्रण गर्ने तथा विवाहसम्बन्धी नियम लागु गर्ने लिच्छविकालीन एक अड्डा।
71996 मापदण्ड ना. १. नाप्नका लागि प्रयोग गरिने साधन; २. कुनै एउटा वस्तुको आकार, गुण आदिको लेखाजोखा गर्न प्रयोग गरिने अर्को वस्तु वा आधार।
71997 मापन ना. नाप्ने काम; माप।
71998 मापनीय वि. माप गर्न योग्य; नाप्न सकिने।
71999 मापविज्ञान ना. आयतन नाप्ने एक विज्ञान |
72000 मापा वि. कडा; जङ्गी।