Dictionary

All Word

72101 मारामार ना. वि. ४. भरिभराउ; भरपुर; पर्याप्त; यथेष्ट।
72102 मारिनु क.क्रि. मार्ने काम गरिनु।
72103 मारिन्गे ना. तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झैँ फल लाग्ने (आर्टिकेसी समूहको) एक बोट।
72104 मारिष ना. १. नाटकको सूत्रधार।
72105 मारिष ना. २. नाटकमा आदरणीय वा सम्मान्य व्यक्तिलाई गरिने सम्बोधन |
72106 मारी क्रि.वि. मारेर वा टुङ्ग्याएर; बिताएर (जस्तो- महिना मारी)।
72107 मारीमेटी क्रि.वि. भएभरको सबै; सिरीखुरी।
72108 मारीमेटी क्रि.वि. ना. २. लिनुदिनुको चुक्ती; छिनाफाना।
72109 मारु ना. दीपक रागको एक प्रकार वा सो रागमा गाइने गी।
72110 मारुत ना. १. हावा; पवन; वायु।
72111 मारुत ना. २. वायु वा पवनका अधिपति देवता।
72112 मारुति ना. १. हनुमान्।
72113 मारुति ना. २. भीम।
72114 मारुति ना. ३. भारतमा बनेको मोटरको एक प्रकार |
72115 मारुनी ना. आइमाईको भेषमा नाच्ने र गाउने व्यक्ति; नचुवी; नटुवी |
72116 मारुनी नाच ना. मारुनीले नाच्ने, अरूले गानबजान गर्ने र ढुँटुवारेले स्वाङ पार्ने प्रसिद्ध नेपाली लोकनाच।
72117 मार्क १ ना. जर्मनीको मुद्रा |
72118 मार्क २ चिनो; प्राप्ताङ्क।
72119 मार्कण्डेय ना. अष्टचिरञ्जीवीमध्ये एक तथा मृकण्डु ऋषिका पुत्र; एक प्राचीन प्रसिद्ध ऋषि।
72120 मार्कण्डेय पुराण ना. मार्कण्डेय ऋषिद्वारा प्रणीत वा उनका नाममा प्रचलित एक पुराण |
72121 मार्का ना. चिह्न; चिनु; छाप; निसान।
72122 मार्क्स राजनीतिक साम्यवाद र दार्शनिक द्वन्द्वात्मक भौतिकवादका प्रणेता जर्मनीका एक प्रसिद्ध विद्वान् तथा क्रान्तिकारी नेता।
72123 मार्क्स (पूरा नाम कार्ल हेनरिच मार्क्स : १८१८-१८८३ इ.)।
72124 मार्क्सवाद ना. निज विद्वान्द्वारा सहयोगी फ्रेडरिक एङ्गेल्सको साहचर्यमा औपचारिक रूपले प्रतिपादित राजनीतिक, आर्थिक, सामाजिक एवं दार्शनिक सिद्धान्त; हेगेलको द्वन्द्वात्मक सिद्धान्त र फेरवाकको भौतिकवादी सिद्धान्तको सम्मिश्रणका साथै निजले स्वयं आफ्ना मतहरूसमेत समाविष्ट गरी प्रतिपादन गरेको, राज्यव्यवस्थामा श्रमको यथोचित फल मिल्नुपर्छ र पुँजीवाद तथा सामन्तवादलाई सङ्घर्षद्वारा पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने विचार भएको सोही सिद्धान्।
72125 मार्क्सवादी वि. १. मार्क्सवादसित सम्बन्धित; मार्क्सवादको।
72126 मार्क्सवादी वि. २. मार्क्सवादको सिद्धान्तका समर्थक वा अनुयायी।
72127 मार्क्सवादी समालोचना ना. जीवन र जगत्का सम्बन्धमा मार्क्सद्वारा प्रतिपादित सिद्धान्त वा मान्यताअनुसार साहित्यको विवेचना गर्ने पद्धति।
72128 मार्ग ना. १. आउनेजाने बाटो; सडक; प।
72129 मार्ग ना. २. सम्प्रदाय; धर्म।
72130 मार्ग ना. ३. कुनै उपाय; युक्ति; रीति।
72131 मार्ग ना. ४ तरिका; काइदा; ढङ्ग; चाल।
72132 मार्ग ना. ४. मङ्सिर महिना; मार्गशीर्ष।
72133 मार्ग ना. ४. मृगशिरा नामको नक्षत्र।
72134 मार्गदर्शक वि. अरू कसैलाई बाटो देखाउने; मार्ग- प्रदर्शक; पथ- प्रदर्शक |
72135 मार्गदर्शन ना. पथप्रदर्शन; बाटो देखाउने काम; नेतृत्व लिने कार्य।
72136 मार्ग निर्देशन ना. बाटो देखाउने काम; पथप्रदर्शन।
72137 मार्गरक्षक वि. सडकको रेखदेख गर्ने; बाटामा पालोपहरा बस्ने।
72138 मार्गरखा ना. खास कार्य वा प्रक्रियालाई ठिक बाटामा लैजाने निर्देशक बुँदा।
72139 मार्गशीर्ष ना. पूर्ण चन्द्रमा मृगशिरा नक्षत्रमा पर्दा हुने महिना; मङ्सिर महिना।
72140 मार्गस्थ वि. मार्गको; मार्गसम्बन्धी।
72141 मार्ग बिमा ना. स्थलमार्गबाट आयातनिर्यात गर्दा गरिने वस्तुको बिमा।
72142 मार्गी ना. १. मार्गमा हिँड्ने यात्री; बटुवा; पथिक।
72143 मार्गी ना. २. कुनै धार्मिक आदि मार्ग वा सम्प्रदायमा संलग्न (जस्तो- बौद्धमार्गी, वाममार्गी इ.)।
72144 मार्गी ना. ३. मार्गसित सम्बन्धित; मार्गको।
72145 मार्च ना. १. झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना।
72146 मार्च ना. २. सैनिक टोलीको प्रस्थान; कबाज।
72147 मार्जक वि. मार्जन गर्ने; माझ्ने; धोइपखाली गर्ने।
72148 मार्जन ना. १. माझमुझ, धोइपखाली, नुहाइधुवाइ आदिद्वारा मैलो, फोहर र दोष हटाएर निर्मल तुल्याउने काम।
72149 मार्जन ना. २. आफूमाथि जल छर्केर गरिने शुद्धि।
72150 मार्जन ना. ३. दोष, त्रुटि आदिको परिष्कार।