Dictionary

All Word

72151 मार्जनी ना. बढारकुँढार गर्ने साधन; कुचो वा झाडु।
72152 मार्जनीय वि. मार्जन गर्न उचित वा आवश्यक; माझ्नुपर्ने।
72153 मार्जार ना. बिरालो।
72154 मार्जित वि. मार्जन गरिएको; माझिएको; स्वच्छ पारिएको।
72155 मार्जिन ना. १. लेख्दा वा छाप्दा बायाँपट्टि छाडिने भाग; खाली किनारा।
72156 मार्जिन ना. २. मूल्यनिर्धारण गर्दा स्फीतिलाई समेत ध्यानमा राखी कटाइने अंश।
72157 मार्तण्ड ना. १. सूर्य; भानु।
72158 मार्तण्ड ना. २. सुनामक्खी।
72159 मार्तण्ड ना. ३. आँकको रुख।
72160 मार्तोल ना. पेच कस्दा वा खोल्दा प्रयोग गरिने एक हतियार; पेचकस; घन; हथौडा।
72161 मार्दङ्गिक वि. मृदङ्ग बजाउने; मृदङ्गिया।
72162 मार्फत ना. यो. कसैका माध्यमबाट; द्वारा; तर्फबाट; हस्ते।
72163 मार्फा ना. १. ट्याम्कोभन्दा ठुलो र दमाहाभन्दा सानो एउटै गजाले बजाइने एक तालबाजा।
72164 मार्फा ना. २ . टुकुचे बजार र जोमसोमका बिचमा पर्ने एक बस्तीको नाम।
72165 मार्बल १ ना. एक प्रकारको कडा र टल्कने सेतो वा रङ्गीन ढुङ्गो; सिङ्गमर्मर; सङ्गमर्मर।
72166 मार्बल २ ना. एक जातको शाली धान |
72167 मार्मिक वि. १. मर्मसम्बन्धी; मर्मको।
72168 मार्मिक वि. २. मर्मलाई छुने; हृदयलाई प्रभावित पार्ने; मर्मस्पर्शी।
72169 मार्मिक वि. ३. मर्म बुझ्ने वा मर्मको विचार गर्ने; मर्मज्ञ।
72170 मार्मिकता ना. मार्मिक हुनाको भाव वा अवस्था।
72171 मार्रा ना. बाजी थापिने वा जूवा आदि खेलमा जित्नेले गड्केर भन्ने शब्द; मारा।
72172 मार्सल वि. १. लडाइँका निमित्त उपयोगी ; युद्धोपयोगी।
72173 मार्सल वि. २. फौजी; जङ्गी।
72174 मार्सल वि. ना. ३. फौजी कमान्डर।
72175 मार्सल वि. ४. संसद्को मर्यादापालक।
72176 मार्सल ल ना. फौजी कानुन; जङ्गी कानुन; जङ्गी नियम वा व्यवस्था।
72177 मार्सी ना. एक जातको असल धान वा त्यसको चामल।
72178 माल १ ना. गाईगोरु, छेपारो आदिका घाँटीमा झुन्डिने छाला; गलकम्बल।
72179 माल २ ना. खिइएर वा घिस्सिएर ठाउँठाउँमा खाल्टाखुल्टी परेका वा पातलो भएका कलपुर्जामा पछिबाट थपिने धातुको रसायन।
72180 माल ३ ना. १. व्यावहारिक जीवनमा उपयोग हुने तथा किनबेच गरिने कुनै पनि प्राकृतिक वा मानवीय श्रमद्वारा उत्पादित वस्तु; चिजबिज; जिन्सी सामान; जिनिस।
72181 माल ३ ना. २. धन; सम्पत्ति।
72182 माल ३ ना. ३. जग्गा–जमिनको तिरो तहसिल गर्ने अर्थ- मन्त्रालयअन्तर्गतको एक अड्डा; मालपोत कार्यालय; मालअड्डा।
72183 माल ३ ना. ४. मदेस; तराई।
72184 माल ३ ना. ५. गाँजा।
72185 माल कागुनु ना. लाम्चा पात हुने, मञ्जरीका आकारका साना फूल फुल्ने, केराउजत्रा पहेँला दाना फल्ने लहरो वा त्यसैको फल।
72186 मालकोश ना. सङ्गीतशास्त्रअनुसार ऋषभ र पञ्चम स्वर नरहने, गान्धार, धैवत र निषाद कोमल हुने, शास्त्रअनुसार रातको चौथो प्रहर र विशेष गरी शिशिर ऋतुमा गाइने औडवजातिको एक राग।
72187 मालगाडी ना. मालसामान ओसारपसार गर्ने रेलगाडी।
72188 मालगुजार ना. मालगुजारी बुझाउने जमिन्दार।
72189 मालगुजारी ना. जमिन्दारले सरकारलाई तिर्ने जमिनको तिरो; भूमिकर; जग्गाकर।
72190 माल गोदाम ना. व्यापारका मालसामान राख्ने घर वा ठाउँ; रेल, जहाज, भन्सार आदिको गोदाम |
72191 मालचरी ना. कऱ्याङकुरुङ; क्रौञ्च पक्षी।
72192 मालजाँच ना. आयात गरिएका मालसामानहरूको सम्बन्धित अधिकारी वा भन्सार आदिद्वारा गरिने जाँच।
72193 मालता ना. भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा हुने, हाँगा, पात झर्दा सेतो चोप निस्कने, हिमाली भेकमा हुने एक रुख।
72194 मालताल ना. मालहरूको समूह; मालमत्ता।
72195 मालती ना. १. दुई-दुई पात जोरिएको लाम्चा पात हुने, लाम्चै झुप्पा भएर सुगन्धित सेता फूल फुल्ने एक लहरो वा त्यसैको फूल।
72196 मालती ना. २. एक नगण, दुई जगण र एक रगणको योगबाट बन्ने (जगतीको भेद) एक वार्णिक छन्द।
72197 मालती ना. ३. जात्री वा जाइफलको वृक्ष।
72198 मालती फल ना. जाइफल।
72199 मालदह ना. १. भारतको पश्चिम बङ्गालको असल जातको आँप हुने एक स्थान।
72200 मालदह ना. २. सोही ठाउँबाट प्रसिद्ध हुँदै गएको उत्तम खालको कलमी आँप।