Dictionary

All Word

71451 महिमान्वित वि. महिमाले युक्त भएको; महिमामण्डि।
71452 महिमा मण्डितमय वि. महिमा भएको; महिमायुक्।
71453 महिमावान् वि. महिमाले युक्त; महिमा भएको गौरवशाली।
71454 महिला ना. १. स्त्री; नारी; आइमाई।
71455 महिला ना. २. भद्र नारी।
71456 महिला ना. ३. प्रियंगु नामको लहरो।
71457 महिला ना. ४. एक सुगन्धित वृक्ष।
71458 महिला दीर्घा ना. सभाघरहरूमा महिलावर्गका निम्ति बस्न बनाइएको ठाउँ।
71459 महिला सङ्गठन ना. महिलाहरूको अधिकार तथा हितको संरक्षणका निम्ति बनेको, वर्गीय सङ्गठनको एक अङ्ग।
71460 महिष ना. १. राँगो।
71461 महिष ना. २. महिषासुर दानव।
71462 महिष ना. ३. ठुलठुला कत्ला हुने मोटो खालको एक जातको माछो।
71463 महिषासुर ना. मार्कण्डेय पुराणका अनुसार दुर्गाले मारेको राँगाको आकारको एक दानव।
71464 महिषी ना. १. राजाका साथ अभिषेक भएकी पटरानी; महाराज्ञी।
71465 महिषी ना. २. भैँसी।
71466 मही १ ना. दही, नौनी झिकिसकेपछि रहन गएको तरल पेय पदार्थ; मोही; छान्ना; मट्ठा।
71467 मही २ ना. १. धरती; पृथ्वी।
71468 मही २ ना. २. माटो; भूमि।
71469 मही २ ना. ३. भूसम्पत्ति।
71470 मही २ ना. ४. राज्य; देश।
71471 महीतल ना. संसार; धरातल।
71472 महीतिघ्रे वि. त्यसै पनि ठुलठुला तिघ्रा लागेको; भुसतिघ्रे।
71473 महीधर ना. १. पहाड।
71474 महीधर ना. २. विष्णु।
71475 महीप/महीपति ना. पृथ्वीका अधिपति; राजा।
71476 महीपाल ना. राजा।
71477 महीपुत्र ना. १. भौम; मङ्गल ग्रह।
71478 महीपुत्र ना. २. खेतीवाल; कृषक।
71479 महीपुत्र ना. ३. नरकासुर।
71480 महीश ना. राजा।
71481 महुवर ना. सपेरा, इन्द्रजाली आदिले बजाउने तुम्बासमेत भएको एक किसिमको मुरली।
71482 महुवा ना. सेता फूल फुल्ने, चिउलीजस्ता फल फल्ने, सालका जस्ता ठुलठुला पात हुने एक रुख वा त्यसको फल।
71483 महेन्द्र ना. १. महान् इन्द्र।
71484 महेन्द्र ना. २. एक प्रसिद्ध पर्वत शृङ्खला।
71485 महेन्द्र ना. ३. नेता; प्रमुख व्यक्ति।
71486 महेन्द्र ताल ना. नेपालको एक प्रसिद्ध ताल; रारादह।
71487 महेन्द्र प्रज्ञा पुरस्कार ना. तत्कालीन नेपाल राजकीय प्रज्ञा- प्रतिष्ठानद्वारा प्रत्येक दुई वर्षमा नेपालका कुनै एक उत्कृष्ट साहित्यकारलाई प्रदान गर्ने गरिएको नगद पुरस्कार।
71488 महेन्द्र प्रहरी अलङ्कार ना. नेपालभित्र आन्तरिक अशान्ति मच्चिएका बखतमा सक्रिय रूपले कर्तव्य पूरा गर्ने तथा अद्वितीय बहादुरीका साथ जनधनको सुरक्षाका निम्ति काम गर्ने प्रहरी अधिकृतलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय अलङ्कार।
71489 महेन्द्रमल्ली ना. मध्यकालीन राजा महीन्द्र मल्लले सर्वप्रथम प्रचलनमा ल्याएको मोहर; नेपाली मोहर।
71490 महेन्द्रमाला ना. १. विदेशी राज्यका गद्दीनसिन राजा वा गद्दीनसिन रानीलाई मात्र प्रदान गर्ने गरिएको मध्यमणिसहितको एक मानपदवी।
71491 महेन्द्रमाला ना. २. पहिले जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित भाग- भागमा विभक्त माध्यमिक तहसम्मका नेपाली विषयका पाठ्यपुस्तक।
71492 महेन्द्र रत्न आभूषण ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा महत्त्वपूर्ण रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेलामा सक्रिय रूपले कार्य सम्पन्न गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
71493 महेन्द्र रत्न भूषण ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रशंसनीय रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेको बेलामा प्रशंसनीय कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
71494 महेन्द्र रत्न सुभूषण ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रभावकारी ढङ्गबाट रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेला प्रभावकारी स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
71495 महेन्द्र राजमार्ग ना. १०३० किलोमिटर भएको नेपालको सबभन्दा लामो राजमार्ग; पूर्व-पश्चिम राजमार्ग।
71496 महेन्द्र विद्या भूषण ना. विद्यावारिधि गर्ने वा स्नातकोत्तर तहमा सर्वप्रथम हुने व्यक्तिलाई राजाका तर्फबाट प्रदान गर्ने गरिएको एक पदक |
71497 महेन्द्र वीरविक्रम शाहदेव ना. नेपालका शाह वंशका आठौँ राजा (जन्म: १९७७ - मृत्युः २०२८ )।
71498 महेश ना. १. महादेव।
71499 महेश ना. २. परमेश्वर।
71500 महेश्वर ना. १. परमेश्वर।