Dictionary

All Word

72851 मुखशुद्धि ना. १. मुख सफा गर्ने वा धुने काम; मुखारी।
72852 मुखशुद्धि ना. २. खानापछि पानसुपारी आदि खाएर मुखलाई सुगन्धित तुल्याउने काम।
72853 मुखश्री ना. मुखको सौन्दर्य; प्रिय मुखमुद्रा; चेहराको प्रसन्नता।
72854 मुखसन्धि ना. पञ्चसन्धिमध्ये बीज र आरम्भको योगबाट अनेक रस र अर्थलाई अभिव्यञ्जित गर्ने, बीज उत्पन्न भएको भाग; पञ्चसन्धिमध्ये पहिलो सन्धि।
72855 मुखसाबित वि. अपराध भएको भए पनि नभए पनि मुखले स्वीकार गर्ने; मुखपति।
72856 मुखसार वि. वारेसले झैँ अघि सरी बोल्ने काम।
72857 मुखसारी वि. अर्काको मामलामा अघि सरी बोल्ने; वारेस भई अघि सर्ने वा बोल्ने; लाफ्रे।
72858 मुखाकृति ना. १. मुखको आकृति वा आकार; मुख; चेहरा।
72859 मुखाकृति ना. २. कुनै गोलो वस्तु वा माझमा टोड्को भएको वस्तुको अगाडिपट्टि देखिने भाग।
72860 मुखाग्र वि. कण्ठ आउने; कण्ठ भएको; कण्ठस्थ; कण्ठाग्र।
72861 मुखापेक्षी वि. अर्काको मुख ताक्ने; अरूमा अवलम्बित; पराश्रित; अरूका भरमा पर्ने।
72862 मुखामुख १. प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एक-अर्कामा हुने मुखको हेराहेर।
72863 मुखामुख २. दुई थरीका बिच कुनै वैमनस्यले हुने भनाभन; परस्परको बाझो।
72864 मुखामुख क्रि.वि. ३. एक अर्काको सामुन्ने; आमुन्नेसामुन्ने।
72865 मुखामुखी क्रि.वि. मुखकै अगिल्तिर; मुखेन्जी; मुखामुख।
72866 मुखारी ना. १. मुख धुने काम (दरबारिया शिष्ट बोलीमा)।
72867 मुखारी ना. २. गाईबस्तुको थुतुनो खुकुलो पारेर बाँध्ने डोरी (साधारण बोलचालमा)।
72868 मुखाले वि. मर्यादा नराखी बोल्ने; मुख लाग्ने; चोथाले; थुतुने; दुर्मुखा।
72869 मुखिनी ना. १. मुखिया दर्जावालकी पत्नी; मुखेनी।
72870 मुखिनी ना. २. क्षत्रिय आदि जातका स्त्रीलाई आदरपूर्वक गरिने सम्बोधन।
72871 मुखिनी ना. ३. आफैँ मुख्य भएर काम-कुरा गर्ने स्त्री; नाइकिनी; नाइकेन।
72872 मुखिजी /मुखिजेल क्रि.वि. अघिल्तिर; सामुमा; मुखेन्जी।
72873 मुखिया ना. १. निजामती वा अन्य सेवातर्फको राजपत्र अनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद।
72874 मुखिया ना. २. गाउँको तालुकदार वा ठालु।
72875 मुखिया ना. ३. छेत्रीलाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानसूचक शब्द।
72876 मुखिया ना. ४. माझी वा सुनुवार जातिको एक थर।
72877 मुखी वि. १. मुख भएको वा गरेको।
72878 मुखी वि. २. मुख फर्केको वा फर्काएको।
72879 मुखेनी ना. मुखिनी।
72880 मुखेन्जी क्रि.वि. मुखैनेर; मुखको नजिक; सामुन्ने; अघिल्तिर; अगाडि; सामुमा; दृष्टिमा; मुखिन्जेल; मुखिन्जी।
72881 मुखौटो ना. १. मुख ढाक्ने वस्त्र।
72882 मुखौटो ना. २. मुखुन्डो।
72883 मुख्तियार ना. १. राणाकालमा मुख्य मन्त्री वा प्रधानमन्त्रीको उत्तराधिकारी; चिफ साहेब।
72884 मुख्तियार ना. २. अधिकारप्राप्त प्रतिनिधि वा वारेस।
72885 मुख्तियारनामा ना. मुख्तियार बनाइएको कागज वा लेख।
72886 मुख्तियारी ना. मुख्तियारीको काम वा पद।
72887 मुख्य वि. १. अरूभन्दा ठुलो वा महत्त्वपूर्ण; प्रधान; मूल।
72888 मुख्य वि. २. विशेष; खास।
72889 मुख्य वि. ३. वर्ग वा समाजको जेठो; प्रमुख (व्यक्ति)।
72890 मुख्य वि. ४. अगुवा; नेता।
72891 मुख्य अधिकारी ना. कार्यालय आदिको अधिकारप्राप्त प्रमुख पदाधिकारी; मूल हाकिम।
72892 मुख्य आयुक्त ना. विशेष उद्देश्यका निमित्त गठित कुनै आयोगको प्रधान अधिकारी।
72893 मुख्य चौतरिया ना. राणाशासनको सुरुमा राजाद्वारा राजपरिवारको नातेदारमध्ये उच्च चौतरिया पदमा नियुक्त गरिएको व्यक्ति; चौतरियाहरूमा प्रमुख।
72894 मुख्यतः क्रि. वि. विशेष गरेर; खास गरी; प्रधानतः।
72895 मुख्य नियन्त्रण कक्ष ना. रेडियोबाट सञ्चालित कार्यक्रमहरू नियन्त्रण गर्ने एकाइ।
72896 मुख्य न्यायाधीश ना. अधिराज्यका अञ्चल वा क्षेत्रीय अदालतहरूमा रहने प्रमुख न्यायाधिपति।
72897 मुख्यमन्त्री ना. सङ्घात्मक शासनपद्धति भएका मुलुकमा केन्द्रीय मन्त्रिमण्डलबाहेक राज्यका मन्त्रिमण्डलको प्रमुख मन्त्री।
72898 मुख्यवाक्य ना. मिश्रित वाक्यमा आफैंमा अर्थपूर्ण भएको, अर्को वाक्यांशमा आश्रित नभएको वाक्यांश।
72899 मुख्यसचिव ना. विभागीय सचिवहरूभन्दा माथिल्लो तहको सचिव; चिफ सेक्रेटरी।
72900 मुख्यालय ना. अञ्चल वा जिल्लास्तरीय मुख्य कार्यालय।