Dictionary

All Word

72801 मुक्तावली ना. मोतीको माला वा हार।
72802 मुक्ति ना. १. छुटकारा, उन्मोचन; स्वतन्त्रता।
72803 मुक्ति ना. २. मोक्ष; बारबारको जन्म र मरणबाट आत्माको मोचन।
72804 मुक्ति ना. ३ त्याग; परित्याग।
72805 मुक्ति ना. ४. उद्धार।
72806 मुक्तिक्षेत्र ना. १. नेपालको धवलागिरि अञ्चलअन्तर्गत मुस्ताङ जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थक्षेत्र।
72807 मुक्तिक्षेत्र ना. २. वाराणसी; काशी।
72808 मुक्तिनाथ ना. मुक्तिक्षेत्रमा रहेका देवता।
72809 मुक्तिशुल्क ना. कैदमुक्त भएबापत सरकारलाई बुझाउने रकम।
72810 मुक्तिसङ्ग्राम ना. मुक्तिका निमित्त गरिएको सङ्घर्ष; मुक्तिसङ्घर्ष।
72811 मुक्तिसङ्घर्ष ना. मुक्तिसङ्ग्राम।
72812 मुख ना. १. प्राणीहरूको खाने तथा बोल्ने अवयव।
72813 मुख ना. २. चेहरा; अनुहार; आनन; मुहार।
72814 मुख ना. ३. थुतुनो; चुच्चो।
72815 मुख ना. ४. कुनै वस्तुको अग्रभाग; मोहडा।
72816 मुख ना. ५. मुहान; उद्‍गमस्थान; दिशा।
72817 मुख ना. ६. ढोका; द्वार।
72818 मुख ना. ७. आरम्भ; सुरु; थालनी।
72819 मुख ना. ८. प्रस्तावना।
72820 मुख ना. ९. मुख्य; प्रधान; प्रमुख।
72821 मुख ना. १०. नाटकमा पाँच सन्धिमध्ये एक।
72822 मुख ना. ११. वेद; श्रुति।
72823 मुखगुहा ना. मुखभित्रको खोक्रो भाग।
72824 मुखजमान ना. पक्का वचन; प्रतिज्ञा।
72825 मुखजमानी ना. मुखजमान।
72826 मुखतोड वि. फेरि केही बोल्न नसक्ने गरी दिइएको (जवाफ); मुखभरिको।
72827 मुख देखाउनी ना. मुख देखाउँदा वा विशेष भेटघाटका अवसरमा दिइने पुरस्कार।
72828 मुखद्वीप ना. समुद्रछेउ नदी खस्ने ठाउँमा नदीले ल्याएको माटो जम्मा भएर बनेको समतल जमिन।
72829 मुखनली ना. बोल्दा वा बजाउँदा मुखमा हालिने नली; पिपिरो।
72830 मुखपट ना. घुम्टो; घुम्टी।
72831 मुखपतित वि. आफैँले आफ्नो अपराध स्वीकार गर्ने।
72832 मुखपत्र ना. धार्मिक, राजनीतिक, सामाजिक आदि संस्थाको निजी उद्देश्यको पूर्तिका लागि प्रकाशित गरिएको सामयिक पत्रिका; जर्नल |
72833 मुखपात्र ना. लेखक वा स्रष्टाको वैचारिकता व्यक्त गर्ने पात्र।
72834 मुखपृष्ठ ना. पुस्तक, पत्रिका आदिको आवरणको पहिलो पृष्ठ; आवरण।
72835 मुखबन्ध ना. कुनै ग्रन्थादिको प्रस्तावना; भूमिका।
72836 मुखबिर ना. १. अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रूपमा खबर दिने व्यक्ति; जासुस।
72837 मुखबिर ना. २. सरकारी साक्षी।
72838 मुखबिरी ना. मुखबिरको काम वा पद।
72839 मुखमण्डल ना. अनुहार; चेहरा; मुहार; आनन।
72840 मुखमूल्य ना. १. वस्तुको उत्पादनमा आधारित नरहेको मूल्य |
72841 मुखमूल्य ना. २. मनलागी मोल; मुखको मोलतोल।
72842 मुखर वि. १. मुख लाग्ने; मुखाले; चोथाले; थुतुने।
72843 मुखर वि. २. वाचाल; कुरौटे; वाक्पटु।
72844 मुखर वि. ३. आवाज दिने; बज्ने; ध्वननशील; अनुनादी।
72845 मुखर वि. ४. अभिव्यञ्जक; सूचक।
72846 मुखर वि. ५. अश्लील बोल्ने; छाडा।
72847 मुखर वि. ६. उपहास गर्ने; हँसीमजाक गर्ने।
72848 मुखरित वि. १. राम्ररी बोल्ने, बज्ने वा ध्वनि निकाल्ने।
72849 मुखरित वि. २. शब्द वा ध्वनिले युक्त; अनुनादि।
72850 मुखविवर ना. कलनासो र ओठका बिचको मुखभित्रको खाली भाग; हाब्रो; खाद्रो; खाप्चो।