Dictionary

All Word

72951 मुचकुन्द/मुचुकुन्द ना. २. ठुलठुला खस्रा पात हुने, झुस भएका पहेँला ठुलठुला फूल फुल्ने र लाम्चा खैरा फल फल्ने एक वृक्षविशेष; सोही वृक्षको फूल।
72952 मुचुमुचु ना. १. चाम्रो वस्तु (चुइगम आदि) को चपाइको चाल वा ध्वनि।
72953 मुचुमुचु ना. क्रि.वि. २. त्यस्तो वस्तु चपाइरहने गरी।
72954 मुचुल्का ना. सरजमिन हुँदा कसैले कुनै कामकारबाई भएबापत आफूले जानेसुनेको बयान लेखिदिएको कागज; सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज।
72955 मुचो ना. १. मुठो; झुप्पो।
72956 मुचो ना. २. साँचोको पूरक, जस्तै- साँचोमुचो।
72957 मुछ्नु स.क्रि. १. रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा सालेमाले पार्नु (दालभात, दुधभात, दहीचिउरा आदि )।
72958 मुछ्नु स.क्रि. २. कुनै दोष वा अपराधमा आरोपित गर्नु; बोर्नु।
72959 मुछ्माछ ना. सबै मुछ्नेवर्ने काम।
72960 मुछाइ ना. मुछ्ने क्रिया वा प्रक्रिया।
72961 मुछाइनु क.क्रि. मुछ्न लाइनु; फतेलाइनु।
72962 मुछाउनु प्रे. क्रि. मुछ्न लाउनु; फतेलाउनु।
72963 मुछामुछ ना. परस्परमा मुछ्ने काम।
72964 मुछिनु क.क्रि. १. सालेमाले गरिनु; सरोबर पारिनु।
72965 मुछिनु क.क्रि. २. बोरिनु।
72966 मुज ना. कुशका छाँटका पात र काँसका जस्ता सेता फूल फुल्ने, पातको डोरी आदि बाटिने र व्रतबन्धमा डोरीको कन्धनीसमेत लगाइने एक जातको झार वा त्यसैको लट्ठी।
72967 मुजा ना. १. मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी।
72968 मुजा ना. २. मुजो।
72969 मुजिनु अ.क्रि. १. मुजा पर्नु; चाउरी पर्नु।
72970 मुजिनु अ.क्रि. २. बाध्य हुनु; विवश बन्नु।
72971 मुजी ना. १. स्त्रीका योनि ओरिपरि उम्रने रौँ।
72972 मुजी ना. २. उपेक्षा; गालीबोधक अश्लील शब्द।
72973 मुजुक्क क्रि.वि. १. खुम्चिने वा चाउरी पर्ने किसिमले; खुम्चुङ।
72974 मुजुक्क क्रि.वि. २. मुजिने वा मुजा पर्ने चालसँग।
72975 मुजुक्क क्रि.वि. ३. विवशता वा बाध्यताका साथमा।
72976 मुजुर ना. फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखैपिच्छे टल्कने टीका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही ठुलो आकारको प्रसिद्ध सुन्दर पक्षी; मयूर; मजुर; मजूर।
72977 मुजुरखुट्टे ना. १. टुप्पो मुजुरको खुट्टा झैँ हुने र निहुरो झैँ तरकारी खाइने एक जातको औल्याहा वनस्पति।
72978 मुजुरखुट्टे ना. वि. २. मुजुरको जस्तो झिनो खुट्टा हुने।
72979 मुजुरप्वाँखे वि. १. मुजुरका जस्तो प्वाँख हुने (पखा आदि)।
72980 मुजुरप्वाँखे वि. २. नक्कले; झिल्के।
72981 मुजुरा १ ना. मुना; कोपिला; मुन्टा; टुसा।
72982 मुजुरा २ ना. काँसको सानो झ्याली वा झाम्टा; मजुरा।
72983 मुजुरो ना. कोपिलो; मुनु; मुना; मुजुरा।
72984 मुजो ना. १. सारी, धोती आदि लुगामा मसिनो पारी मिलाइएको पाटो; चुना; भाँज।
72985 मुजो ना. २. मुजा।
72986 मुज्याइ ना. मुजिने वा मुज्याउने क्रिया-प्रक्रिया।
72987 मुज्याइनु क.क्रि. मुजो पारिनु; मुजा पार्ने काम गरिनु।
72988 मुज्याउनु स.क्रि. १. मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु।
72989 मुज्याउनु स.क्रि. २. धडपड गर्नु; बाध्य गर्नु।
72990 मुज्याउनु स.क्रि. ३. कष्ट दिनु; सास्ती दिनु।
72991 मुजूर ना. हे. मुजुर।
72992 मुटु ना. १. शरीरमा छातीभित्र देब्रेपट्टि हुने, शरीरभरि दोहरो रक्तसञ्चार गर्ने र सो नहुँदा ठहरै पार्ने, प्राणीको ज्यादै महत्त्वपूर्ण अङ्ग; हृदय; हृद्।
72993 मुटु ना. २. केन्द्र; प्रमुख।
72994 मुटु कलेजो ना. १. रक्तसञ्चार गर्ने मुटु र रक्तपरिष्कार तथा श्वासशोधन गर्ने कलेजो।
72995 मुटु कलेजो ना. २. मुख्य भित्र्याँस।
72996 मुटुको रोग ना. मुटुसम्बन्धी रोग।
72997 मुटुको व्यथा ना. हृदयगति बन्द भएर मर्ने वा मर्ने सम्भावना हुने कडा बिमारी; मुटुको रोग।
72998 मुटुरिनु अ.क्रि. १. मुटुरो वा पोको पर्नु; कुटुरो झैँ भएर बाँधिनु।
72999 मुटुरिनु अ.क्रि. २. एउटै थलामा कुचि्एर बस्नु।
73000 मुटुरी ना. सानो मुटुरो; कुटुरी।