Dictionary

All Word

73101 मुढिनु अ.क्रि. १. मुढोजस्तो हुनु।
73102 मुढिनु अ.क्रि. २. हतियारको धार दोब्रिनु; भुत्ते हुनु; नलाग्ने हुनु।
73103 मुढे वि. मुढो भएको; मुढोजस्तो।
73104 मुढे वि. ना. १. बुद्धिसुद्धी नभएको बल; मुढपेलाइ; जबर्जस्ती।
73105 मुढे वि. २. मूर्खता; मुख्र्याइँ।
73106 मुढो ना. १. ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिँड; मुढ।
73107 मुढो ना. वि. २. चेत हराएको; मधौरु।
73108 मुढो ना. ३. धार मोडिएको; नलाग्ने; भुत्ते।
73109 मुढ्याइ ना. मुढिने क्रिया वा प्रक्रिया।
73110 मुढ्याइ ना. [मुढ्याउ+आइ ] ना. मुढ्याउने क्रिया वा प्रक्रिया।
73111 मुढ्याइनु क.क्रि. मुढिने पारिनु; भुत्ते तुल्याइनु।
73112 मुढ्याउनु स.क्रि. हतियारको धार मार्नु; नलाग्ने बनाउनु; भुत्त्याउनु।
73113 मुण्ड ना. १. टाउको; शिर; खप्पर।
73114 मुण्ड ना. २. कपाल खौरेको टाउको।
73115 मुण्ड ना. ३. शरीरबाट काटिएर छुट्टिएको टाउको; काटिएको शिर।
73116 मुण्ड ना. ४. लिङ्ग वा भगाङ्कुरको टुप्पाको भाग।
73117 मुण्डन ना. कपाल खौरने काम; हजामत; मुडाइ; क्षौर; खौराइ।
73118 मुण्डनमाला ना. शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला।
73119 मुण्डित वि. मुण्डन गरिएको; कपाल खौरेको; मुडुलो।
73120 मुण्डी वि. १. मुण्डन गरेको।
73121 मुण्डी वि. ना. २. सन्न्यासी; जोगी।
73122 मुण्डी वि. ३. गोरखमुण्डी।
73123 मुण्डी वि. ४. शिव।
73124 मुत्नु स.क्रि. १. पिसाब गर्नु; पिसाब फेर्नु; छुल्क्याउनु; तुर्क्याउनु; तुरी गर्नु।
73125 मुत्नु स.क्रि. २. डराउनु; छुलछुल हुनु।
73126 मुत ना. खाएको झोल वस्तु पेटमा पुगेर प्राणीको जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; पिसाप; मूत्र।
73127 मुताइ ना. मुत्ने क्रिया वा प्रक्रिया।
73128 मुताइनु क.क्रि. १. मुत्न लाइनु।
73129 मुताइनु क.क्रि. २. छुलछुल पारिनु।
73130 मुताउनु प्रे.क्रि. १. मुत्न लाउनु।
73131 मुताउनु प्रे.क्रि. २. छुलछुल पार्नु; कुस्तुर तुल्याउनु।
73132 मुतको न्यानो ना. क्षणभर मात्रको सुख वा आनन्द।
73133 मुताबिक ना. यो. १. अनुसार; माफिक।
73134 मुताबिक ना. यो. वि. २. अनुरूप; सुहाउँदो।
73135 मुताहा वि. १. निद्रामा ओछ्यानैमा वा बिउँझोमा पनि जहाँ पायो त्यहीँ मुत्ने।
73136 मुताहा वि. २. धेरै मुत्ने; मुतुवा।
73137 मुताहा वि. ३. डरछेरुवा; काथर।
73138 मुताहा वि. ४. हार्ने; हरुवा।
73139 मुतिनु क.क्रि. पिसाब फेरिनु।
73140 मुती १ ना. पहिलोपल्ट निकालिएको कडा र असल कोटिको रक्सी; एकपाने रक्सी।
73141 मुती २ ना. पिसाब; मुत; सुसु (बालबोलीमा)।
73142 मुतुनु / मुतुनो ना. मुत्ने अङ्ग; मूत्रेन्द्रिय; मुतौरो; मुत्ने।
73143 मुतुरो ना. मूत्रेन्द्रिय; मुतुनु; मुतुनो; तुरी।
73144 मुतुवा वि. १. कुठाउँमा मुत्ने वा मुतिरहने।
73145 मुतुवा वि. २. मुताहा।
73146 मुतौरो ना. मुतुनु; मुतुनो; मुतुरो।
73147 मुत्ने ना. मुतुरो; मुतौरो।
73148 मुदगापर्नी ना. मुङको झैँ पात हुने एक लहरो।
73149 मुदित वि. १. प्रसन्न; हर्षित; आनन्दि।
73150 मुदित वि. ना. २. खुसी; आनन्द; हर्ष।