Dictionary

All Word

73151 मुदित वि. ३. सम्भोगका निम्ति उपयुक्त एक किसिमको आलिङ्गन।
73152 मुदिता ना. १. बौद्ध धर्मअनुसार महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था।
73153 मुदिता ना. २. चैत्यको पहिलो भूमि।
73154 मुदितावृत्ति ना. अर्काले सुख पाएको देखेर आनन्दित हुने चित्तवृत्ति।
73155 मुद्ग ना. मुगी; मुङ।
73156 मुद्गरपर्णी ना. वनमुगी।
73157 मुद्गर ना. १. मुग्रो; घन; हथौडी।
73158 मुद्गर ना. २. पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन।
73159 मुद्गर ना. ३. गदा।
73160 मुद्गर ना. ४. एक प्रकारको चमेली फूल।
73161 मुद्दती वि. १. धेरै दिनसम्म चल्ने वा चलेको; लामो समयसम्म अड्ने; सावधि |
73162 मुद्दती वि. ना. २. कुनै दल, वर्ग, समूह वा सम्प्रदायको नेता; मुख्य व्यक्ति।
73163 मुद्दती खाता ना. बैङ्कमा रुपियाँ जम्मा गरी निर्धारित समयसम्म साउँ - ब्याज नझिकेमा बढी ब्याज पाइने व्यवस्था भएको खाता (फिक्स्ड एकाउन्ट)।
73164 मुद्दती रसिद ना. म्याद नाघेपछि स्वतः रद्द हुने एक प्रकारको रसिद।
73165 मुद्दा ना. झगडा; बाझो; तकरार; मुकद्दमा; कलह; विवाद; बझाइ।
73166 मुद्दा दराइ ना. झगडियाले मुद्दा चलाउन अदालतमा कागज दाखिल वा दर्ता गर्ने काम।
73167 मुद्दा सकार ना. अर्काको मुद्दा सकार्ने वा बोक्ने काम।
73168 मुद्रक वि. मुद्रण गर्ने छाप्ने।
73169 मुद्रण ना. १. यन्त्रद्वारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ।
73170 मुद्रण ना. २. बन्द गर्ने काम।
73171 मुद्रण ना. ३. मुद्राङ्कित गर्ने काम।
73172 मुद्रणयन्त्र ना. मुद्रण गर्ने यन्त्र; छपाइमेसिन; प्रिन्टिङ प्रेस।
73173 मुद्रण स्वतन्त्रता ना. प्रजातान्त्रिक पद्धतिमा जनताले निश्चित सीमामा रही आफ्ना विचार, भावना, प्रतिक्रिया आदि छाप्न पाउने एक मौलिक अधिकार।
73174 मुद्रणालय ना. छापाखाना; प्रेस।
73175 मुद्रा ना. १. कुनै वस्तुलाई आधिकारिक रूपमा प्रमाणित गर्ने नाम, चिह्न आदि लगाउने छाप।
73176 मुद्रा ना. २. नाम वा कुनै व्यक्तिगत चिह्न भएको औँठी।
73177 मुद्रा ना. ३. राणाकालीन नेपालमा मुग्लानबाट आवतजावत गर्नलाई दिइने, उक्त छाप लागेको सरकारी अधिकारपत्र; राहदानी; पारपत्र।
73178 मुद्रा ना. ४. वैष्णव सम्प्रदायका भक्तहरूले आफ्नो छाती, पाखुरा आदिमा डाम्ने वा खोप्ने विष्णुका शङ्ख, चक्र आदि आयुध।
73179 मुद्रा ना. ५. सरकारले प्रचलनमा ल्याउने विभिन्न आकार र मूल्य तोकिएका, कुनै पनि देशका जनताले क्रयविक्रयको माध्यम वा भुक्तानी सङ्कलनका साधनका रूपमा प्रयोग गर्ने वस्तु वा उपकरण (धातुका मुद्रा वा सिक्का, नोट )।
73180 मुद्रा ना. ६. गोरखनाथ सम्प्रदायमा साधुहरूले कानमा लगाउने फटिक आदिको कुण्डल वा मुद्रा।
73181 मुद्रा ना. ७. उठ्ने, बस्ने शरीरका अङ्गको स्थिति वा मनको भाव प्रदर्शित गर्ने आँखा, नाक, कान, मुख, हात आदिको कुनै पनि क्रिया।
73182 मुद्रा ना. ८. देवी-देवताका ध्यान, पूजा, आदिको समयमा प्रदर्शन गराइने आकार (जस्तै- धेनुमुद्रा, मत्स्यमुद्रा आदि )।
73183 मुद्रा ना. ९. आधुनिक मुद्रण-कार्यमा वा पत्रादिको छपाइमा प्रयोग गरिने सिसाका ढालिएका उल्टा अक्षरहरू; टाइप।
73184 मुद्रा ना. १०. साहित्यमा शब्दालङ्कारअन्तर्गत पर्ने श्लेष अलङ्कारको एक भेद।
73185 मुद्रा ना. ११. नाक, कान, आदिमा लगाइने मुन्द्री।
73186 मुद्रा ना. १२. प्रतीकात्मक चिह्न।
73187 मुद्रा ना. १३. पदक; विभूषण; तक्मा।
73188 मुद्राक्षर ना. १. सरकारी कार्यालयका छाप औँठी आदिमा खोपिएको वा कुँदिएको अक्षर।
73189 मुद्राक्षर ना. २. पत्रपत्रिका आदि छाप्ने काममा प्रयोग हुने टाइप।
73190 मुद्राङ्क ना. १. अर्जी आदि लेखेर पेस गर्ने सरकारी छाप लागेको कागत; फाराम।
73191 मुद्राङ्क ना. २. सादा वा एकरङ्गी तस्बिर र अक्षर आदि छाप्ने धातु, रबर आदिको यन्त्र; छाप; मोहर।
73192 मुद्राङ्कन ना. कुनै पनि मुद्राको सहायताबाट चिहन आदि छाप्ने काम।
73193 मुद्राङ्कित वि. १. कुनै तस्बिर आदिको छाप लागेको; छापिएको।
73194 मुद्राङ्कित वि. २. मोहर लागेको।
73195 मुद्राङ्कित वि. ३. डामेर चिह्न अङ्कित गरिएको।
73196 मुद्राङ्कित वि. ४. छापेको।
73197 मुद्रा तत्त्व ना. प्राचीन कालका मुद्रा वा सिक्काहरूको सहायता वा अध्ययनबाट त्यस देशको इतिहास, संस्कृति आदिको ज्ञान गराउने विषय वा विज्ञान |
73198 मुद्रा बाहुल्य ना. आवश्यकताभन्दा बढी मुद्रा प्रचलनमा आएको अवस्था; मुद्रास्फीति।
73199 मुद्राप्रदाय ना. मुद्रा- आपूर्ति।
73200 मुद्रामाला ना. केटाकेटीका रक्षाका लागि लगाइने विभिन्न मुद्रा (चाँदीका सिक्का, पैसा, बाघको दाहा, नङ्ग्रा आदि ) उनिएको माला; रक्षामाला; रक्खेमाला।