Dictionary

All Word

73251 मुन्डा वि. २. छानो नभएको (घर)।
73252 मुन्डा वि. ना. ३. जोगी; सन्न्यासी।
73253 मुन्तला ना. सुन्तलाको जातको अमलाजत्रो अमिलो हुने एक फलविशेष।
73254 मुन्तिर क्रि.वि. तलतिर; मनितिर।
73255 मुन्दुम ना. हे. मुन्धुम।
73256 मुन्द्रा ना. खास गरी रिसका झमटमा देखिने मानिसका मुखको विशेष अवस्था; झोक (जस्तो- रिसमा मुन्द्रा फेर्नु)।
73257 मुन्द्री ना. स्त्रीहरूले कानमा लगाउने मुद्राकार सुनको गहना; सानो मुन्द्रा।
73258 मुन्द्रे वि. १. मुन्द्रा लाएको; मुन्द्रा भएको।
73259 मुन्द्रे वि. २. मुन्द्रा परेको मुन्द्राजस्तो; मुन्द्राको छाँटको।
73260 मुन्द्रो ना. बुलाकी, कुण्डल, यार्लिङ, औँठी आदि कुण्डलाकार कुनै गहना।
73261 मुन्धुम ना. लिम्बूजातिको धर्मशास्त्र; मुन्धुम।
73262 मुन्सी ना. १. खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी।
73263 मुन्सी ना. २. पुराना खान्दानी राजघरानामा प्रायः अदालतसम्बन्धी लेखापढीको काम गर्ने कर्मचारी।
73264 मुन्सीखाना ना. राणाशासनको समयमा परराष्ट्र- मन्त्रालयको काम गर्ने एक अड्डा।
73265 मुफत वि. १. मूल्यबिनाको; सित्तै।
73266 मुफत वि. क्रि.वि. २. काम न काजसित; बिनसित्ति; मफत; व्यर्।
73267 मुफती त्यसै भेटिएको वा पाइएको; मुफतको।
73268 मुफ्त वि. हे. मुफ।
73269 मुफ्ती हे. मुफती।
73270 मुबारक वि. मङ्गलकारी; शुभ।
73271 मुबारक वि. ना. २. शुभ अवसरमा बधाई दिँदा प्रयोग हुने शब्द।
73272 मुबारकवाद ना. बधाई; शुभकामना; फत्तेमुवारक।
73273 मुबारकवादी वि. बधाई दिने; शुभकामना दिने।
73274 मुमा ना. आमा; माता।
73275 मुमुक्षु वि. मोक्षका लागि प्रयत्नशील; मोक्षको चाहना गर्ने; सांसारिक जीवनबाट मुक्त हुन इच्छा राख्ने।
73276 मुमूर्षा ना. १. मृत्युको चाहना; मर्ने इच्छा।
73277 मुमूर्षु वि. १. मरणासन्न; मर्नै आँटेको।
73278 मुमूर्षु वि. २. मर्न चाहने; मरणेच्छुक; मृत्युकामी।
73279 मुरकुल ना. विशेषतया तराईतिर हुने एक प्रकारको लता।
73280 मुरब्बा ना. बफाएर वा उसिनेर चास्नीमा डुबाइएको सुगन्धी फलको पाक।
73281 मुरमुरिनु अ.क्रि. १. भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु।
73282 मुरमुरिनु अ.क्रि. २. मुरमुराउने काम गरिनु।
73283 मुरमुऱ्याइ ना. मुरमुरिने भाव, क्रिया वा प्रक्रिया।
73284 मुरमुऱ्याइनु अ.क्रि. जङ्गिने पारिनु।
73285 मुरमुऱ्याउनु प्रे. क्रि. भित्रभित्रै क्रुद्ध पार्नु; मुरमुर तुल्याउनु।
73286 मुरमुऱ्याहट ना. मुरमुरिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
73287 मुरली ना. निगालो, बाँस वा काठद्वारा बनेको, लामो - छोटो विभिन्न प्रकारको हुने, औँला चाली विभिन्न स्वरमा फुकेर बजाइने एक बाजा।
73288 मुरली निगालो ना. औँलाजतिको मात्र डोलाइ र पातलो मोटाइ हुने, मुरली बनाउने काममा प्रयोग गरिने एक प्रकारको निगालो।
73289 मुरली बाँस ना. मदेसतिर पाइने, गोलाइ सानो र फेद-टुप्पो पनि झन्डै एकनासको मोटाइ हुने एक किसिमको बाँस।
73290 मुरली मकै ना. टुप्पामा चुच्चो हुने, भुट्दा खुबै फूल उठ्ने एक प्रकारको मकै।
73291 मुरा ना. एक जातको गन्धयुक्त बुटी; गुदबुटी।
73292 मुराद ना. १. मनमा रहिरहेको अभिलाषा; कामना; मनोरथ; मनसुबा।
73293 मुराद ना. २. भित्री आशय; अभिप्राय।
73294 मुरादी वि. मुराद राख्ने; अभिलाषी।
73295 मुरारि/मुरारी ना. मुर नामको राक्षसलाई मार्ने; कृष्ण।
73296 मुरी ना. १. नापतौलको भराइका पद्धतिमा बिस पाथी अन्न आदिको परिमाण।
73297 मुरी ना. २. धेरै ( मुरीमुरी धन्यवाद, मुरीमुरी प्रशंसा इ.)।
73298 मुरी ना. ३. एक रोपनीको चारौँ भाग; जवा।
73299 मुरीपाथी ना. अन्न सापटी लिँदा एक मुरी अनाजको पाथीका दरले लाग्ने ब्याज।
73300 मुरीबाली ना. नयाँ बाली भित्र्याउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक मुरीका दरले पाउने बाली।