Dictionary

All Word

73401 मुसल ना. १. प्राचीन समयको एक शस्त्र; गदा।
73402 मुसल ना. २. चिउरा आदि कुट्ने काठको साधन; लुसी।
73403 मुसलधार/धारा ना. मुसलजत्रै ठुलठुला पानीका धारा।
73404 मुसलधारे वि. मुसलजत्रै धारा भएर झर्ने वा दर्कने (पानी)।
73405 मुसलमान ना. मुहम्मद साहबले चलाएका धर्म वा सम्प्रदायको अनुयायी वर्ग; मुहम्मदी; इस्लामी; मुस्लिम।
73406 मुसलमानी वि. मुसलमानसम्बन्धी; मुसलमानको।
73407 मुसल जुत्ता ना. चुच्चो एकदम तिखो र लामो भएको एक किसिमको जुत्ता।
73408 मुसलिन्डी ना. हे. मुशलीकन्द।
73409 मुसली ना. हे. मुशली।
73410 मुसलीकन्द ना. हे. मुशलीकन्द।
73411 मुसाउरो ना. मुसो पार्ने खोर; मुसो समात्ने वा अल्झाउने खोर।
73412 मुसाकानी/मुसाकाने ना. १. साना पात हुने एक प्रकारको उद्भिद्।
73413 मुसाकानी/मुसाकाने ना. वि. २. मुसाका जस्ता साना कान हुने।
73414 मुसाफिर ना. भ्रमण गर्ने मानिस; यात्री; पर्यटक; परदेशी; बटुवा।
73415 मुसाफिरखाना ना. १. मुसाफिरका निम्ति बनाइएको घर; धर्मशाला।
73416 मुसाफिरखाना ना. २. नश्वर संसार।
73417 मुसाबर ना. घिउकुमारीको रस सुकाएर विशेष विधिद्वारा तयार पारिएको एक औषधी।
73418 मुसार्नु स.क्रि. १. जुँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु।
73419 मुसार्नु स.क्रि. २. सुमसुम्याउनु; तह लगाउनु।
73420 मुसाराइ ना. मुसार्ने क्रिया वा प्रक्रिया।
73421 मुसारिनु क.क्रि. जुँगा, दाह्री आदि तह लाइनु वा सम्याइनु; सुमसुम्याइनु।
73422 मुसी ना. घरको छानो अड्याउने मोटो लामो दलिन।
73423 मुसुक्क क्रि.वि. आवाज ननिकाली ओठ मात्र चलाएर हाँस्ने किसिमले; मिठो गरी मुस्कुराएर।
73424 मुसुमुसाइ ना. मुसमुसाउने भाव, क्रिया वा प्रक्रिया।
73425 मुसुमुसाइनु क.क्रि. मुसुमुसु हाँसिनु।
73426 मुसुमुसाउनु अ.क्रि. मुसमुस हाँस्नु; मुस्कुराउनु।
73427 मुसुमुसु क्रि.वि. आवाज ननिकाली हाँस्ने गरी; मुसुमुसाउने चालले।
73428 मुसुरी १ ना. झुल; मच्छरदानी ( बङ्गाल र आसामका नेपालीमा प्रचलित)।
73429 मुसुरी २ ना. मुसुरो (दालविशेष)।
73430 मुसुरी ३ ना. १. गोडामा लगाउने एक प्रकारको पुरानो ढाँचाको गहना; पाउजेब।
73431 मुसुरी ३ ना. २. मुसो (बालबोलीमा, जस्तै- यति नाना फाट्यो मुसुरीले काट्यो।
73432 मुसुरी कटुस ना. एक जातको सानो कटुस; मुसुरे कटुस।
73433 मुसुरे वि. कलिला पात भएको; मसिना- मसिना पात हुने।
73434 मुसुरे अर्चले ना. सानो पोथ्रो तथा मसिना पात हुने र काला दाना फल्ने, अचार खाइने एक जातको अर्चले; मुसेअर्चले।
73435 मुसुरे कटुस ना. मुसुरी कटुस।
73436 मुसुरे च्याउ ना. खान हुने एक प्रकारको च्याउ।
73437 मुसुरो १ ना. मासका छाँटको तर रातो दाना खैरो बोक्रो हुने दालविशेष; मुसुरी; मुसुरो।
73438 मुसुरो २ ना. १. कलिलो पात; मसिनो पात; मुजुरो।
73439 मुसुरो २ ना. २. पशुजातमा खास गरी घोडाको पहिले आउने दाँतको कोथो।
73440 मुसुली ना. मसिना र लाम्चा गेडा हुने एक प्रकारको धान वा चामल।
73441 मुसे वि. १. मुसो भएको या मुसो आएको।
73442 मुसे वि. २. मुसोजस्तो।
73443 मुसे वि. ३. साना गाँठीको।
73444 मुसे वि. स्त्री. मुसी।
73445 मुसे अर्चले ना. हे. मुसुरे अर्चले।
73446 मुसे खरी ना. दुबोका जस्ता पात हुने र खैरो बाला हुने तथा घाँस र सोतर बनाइने एक जातको खरविशेष।
73447 मुसे खरुकी ना. डाँख्ला रातो हुने र बस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी।
73448 मुसे घाँटी ना. ज्यादै सानो घाँटी; झिनो घाँटी |
73449 मुसे थापा ना. गेहेन्द्रशमशेरका सहयोगी वैज्ञानिक।
73450 मुसे दाँत ना. बुढेसकालमा पहिलेका दाँत फुक्लेर फेरि आएका दाँ।