Dictionary

All Word

73301 मुरीभाउ वि. साह्रै सस्तो।
73302 मुरीभुस ना. उमेर पुगेर पनि बुद्धि नपसेको मानिस।
73303 मुरीमाना एक माना बिउ लाग्ने जग्गामा एक मुरीका हिसाबले फल्ने बाली।
73304 मुरुकमुरुक क्रि.वि. १. खरो खालको खानेकुरो (मकै, चिउरा आदि) चपाउँदा आवाज आउने गरी।
73305 मुरुकमुरुक क्रि.वि. २. सुकेका वस्तु बराबर कुल्चिँदा वा भाँचिदा आवाज निस्केर।
73306 मुरुक्क क्रि.वि. १. खरो खालको वस्तु चपाउँदा वा कुल्चँदा शब्द आउने किसिमले।
73307 मुरुक्क क्रि.वि. २. सुकेको ससानो वस्तु भाँच्ता वा भाँचिँदाको झैँ आवाज निस्केर।
73308 मुरुङ ना. मसिनो साह्रो खानेकुरो ( मकै, खट्टे आदि) मुख नउघारीकनै चपाउने किसिम।
73309 मुरुङमुरुङ क्रि.वि. त्यसरी लगातार चपाउने गरी।
73310 मुरुङ्ङ क्रि.वि. मुरुङका चालले एकै खेपमा चपाएर।
73311 मुरुमा ना. काण्ड नहुने, चौडा ठुला बटारिएका पात हुने, ठुलठुला हरिया, सेता फूल फुल्ने, ठुला फल फल्ने (हिमोडोऱ्यासी समूहको) एक वनस्पति।
73312 मुर्कट्टा वि. १. टाउको काटिएको; मुडकटा।
73313 मुर्कट्टा वि. ना. २. टाउको नभएको एक थरी प्रेत वा पिशाच।
73314 मुर्कुचा ना. जुत्तामा काँटी ठोक्ने र छाला तह लाउने काममा प्रयोग गरिने फलामे हतियार।
73315 मुख्र्याइँ ना. मूर्ख हुनाको भाव वा अवस्था; मूर्खता; मूर्खपना।
73316 मुर्चल ना. सिमानामा गाडिने किल्ला वा लट्ठा; लोँकिल।
73317 मुर्चुङ्गा ना. मुखमा राखी दाँतले च्यापेर चोर औँलाले बिचको जिबी चलाएर बजाइने फलामको एक प्रसिद्ध बाजा।
73318 मुर्छा ना. १. शोक, भय, रोग आदिका कारण हुने बेहोसी अवस्था; अचेतनता।
73319 मुर्छा ना. २. बेहोसी हुने रोग; छारे रोग।
73320 मुर्दा ना. १. प्राण नभएको शरीर; लास; मृतक; शव।
73321 मुर्दा ना. वि. २. मरेको; मृत; चेतनाहीन।
73322 मुर्दा ना. ३. केही शक्ति नभएको।
73323 मुर्दावाद ना. शासन आदिको अव्यवस्था वा अन्य कुनै जनहित विपक्षी कार्यप्रति असन्तुष्टि वा विरोध जनाउन नाराबाजी गर्दा 'नाश होस्' भन्ने अभिप्रायले प्रयोग गरिने सामूहिक स्वर वा नारा; जिन्दावादको विपरीतार्थक शब्द |
73324 मुर्दार वि. १. स्वाभाविक रूपले मरेको।
73325 मुर्दार वि. २. अपवित्र।
73326 मुर्दार वि. ३. मरन्च्याँसे।
73327 मुर्दासङ्ख ना. बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहेँलो रङको, घाउखटिरामा लगाइने एक औषधी।
73328 मुर्मी ना. तराईमा बस्ने एक जाति।
73329 मुर्रा ना. १. औँलाले च्यापिने खराउको गट्टी।
73330 मुर्रा ना. २. झ्याल, ढोकाहरूमा जडिने गट्टाका आकारको हत्था।
73331 मुर्रा ना. ३. ढ्याङ्ग्रोको बिँड; मुर्रो।
73332 मुर्रा ना. ४. वीणा, सितार, सारङ्गी आदिमा तार कस्नका लागि ठाउँठाउँमा जडिने गट्टा।
73333 मुर्रा ना. ५. दुधालु भैँसीको एक जा।
73334 मुर्रिनु अ.क्रि. मुकुरिनु; खाँदिनु; रिसाउनु।
73335 मुर्रो ना. १. ढ्याङ्ग्रो; बिँड; हातो; मुर्रा।
73336 मुर्रो ना. २. मास, गहत आदिका झ्याङ उखेल्दा फेदफेद गाँसी बटारेर बनाइएको पाँजो।
73337 मुऱ्ऱ्याइ ना. १. मुर्रिने भाव, क्रिया वा प्रक्रिया।
73338 मुऱ्ऱ्याइ ना. [मुऱ्र्याउ + आइ] २. मुऱ्र्याउने भाव, क्रिया वा प्रक्रिया।
73339 मुऱ्ऱ्याइनु क.क्रि. मुर्रिने पारिनु।
73340 मुऱ्ऱ्याउनु स.क्रि. १. मुकुऱ्याउनु; खाँद्नु।
73341 मुऱ्ऱ्याउनु स.क्रि. २. धेरै खुवाउनु।
73342 मुऱ्ऱ्याहट ना. मुर्रिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
73343 मुलतबी वि. सम्बन्धित अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि); मुल्तबी।
73344 मुलन्धरे ना. गाली गर्दा प्रयोग गरिने शब्द; मुलाङ्खरे; मुला।
73345 मुलम्मा ना. रासायनिक प्रक्रियाद्वारा कुनै धातुमा चढाइने, सुन-चाँदी आदिको जलप; मुलम्बा; मोलम्बा।
73346 मुला ना. १. साग र कन्द दुवै पकाएर वा काँचै खाइने शाकजातीय एक उद्भिद् वनस्पति।
73347 मुला ना. २. बेकम्मा वा रद्दी मान्छे (लाक्षणिक अर्थमा)।
73348 मुलाइजा ना. हे. मुलाहिजा।
73349 मुलाका ना. दाँती नपरेका पात हुने, सेता वा पहेँला फूल फुल्ने, जराका रूपमा मोटो कन्द हुने (क्रुसिफेरी समूहको ) मुला।
73350 मुलाकात ना. भेट; मिलन; संयोग; समागम; भेटघाट।