Dictionary

All Word

73001 मुटुरो ना. सानो कुम्लो वा पोको; कुटुरो; पन्तरो; पोटलिका।
73002 मुटुऱ्याइ ना. मुटुऱ्याउने क्रियाप्रक्रिया।
73003 मुटुऱ्याइनु क.क्रि. मुटुरो पारिनु।
73004 मुटुऱ्याउनु स.क्रि. मुटुरो तुल्याउनु; पोको पार्नु।
73005 मुट्ठी ना. हे. मुठी।
73006 मुट्ठीभर क्रि.वि. मुठीभर।
73007 मुठ ना. १. हातले समाइने, हतियार वा औजारको बिँडको भाग; मुष्टि।
73008 मुठ ना. २. बट्टाई मुठ्याउने काम।
73009 मुठ ना. वि. ३. जो भएको सबै; भएभरको।
73010 मुठभेट/मुठभेड ना. १. परस्परको भिडन्त; मुक्की हानाहान; मुक्कामुक्की।
73011 मुठभेट/मुठभेड ना. २. प्रायः मन नपर्दो मानिससँग अप्रत्याशित रूपले भएको भेट; जम्काभेट।
73012 मुठरी ना. सानो पोको; मुटु।
73013 मुठल ना. छानाको दाँतीछेउ रहने फल्याकजस्तो तेर्सो लामो काठ।
73014 मुठा ना. हे. मुठो।
73015 मुठाका मुठा ना. १. धेरै मुठा; थुप्रै मुठा।
73016 मुठाका मुठा ना. २. मुठामाथि थप मुठा।
73017 मुठामुठी ना. सानाठुला धेरै मुठाको समूह।
73018 मुठार्नु स.क्रि. फेद वा टुप्पो मिलाएर काट्नु; सम्म पारेर ताछ्नु; मठार्नु।
73019 मुठाराइ ना. मुठार्ने क्रिया वा प्रक्रिया।
73020 मुठारिनु क.क्रि. सम्म पारेर काटिनु वा ताछिनु।
73021 मुठिनु अ.क्रि. १. मुठीमा आउनु; मुठीभित्र पर्नु।
73022 मुठिनु अ.क्रि. २. चङ्गुलमा पर्नु।
73023 मुठी ना. १. हातका औँलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ।
73024 मुठी ना. २. एक मानाको दसौँ भागको परिमाण; मुठ्ठी / मुठी।
73025 मुठी ना. ३. थोरै परिमाण।
73026 मुठी ना. ४. मुड्की; मुक्का |
73027 मुठीएक वि. १. एक मुठीजति।
73028 मुठीएक वि. २. अलिकति; थोरै।
73029 मुठीभर क्रि.वि. मुठीमा आए वा अटाएजति; एक मुठी बराबर।
73030 मुठी लिवाइ ना. नयाँ धान काट्ता परम्पराअनुसार साइत गर्ने काम।
73031 मुठीहात ना. मोडिएका हातको कुहनादेखि मुठीसम्मको नाप; मढीहात |
73032 मुठ्ठी ना. हे. मुठ्ठी।
73033 मुठ्ठी भर क्रि.वि. मुठीभर |
73034 मुठे ना. १. परालको सादा डालीजस्तो बनाई बिउका लागि त्यसमा पोको पारिएको धान |
73035 मुठे ना. वि. २. मुठो बनाएको; मुठो पारेको।
73036 मुठी पराल ना. मुठा वा कल्ली पारी बाँधिएको पराल।
73037 मुठो ना. घाँस, पराल, कागत आदिको बिटो वा कल्ली।
73038 मुठ्याइ ना. मुठिने क्रिया वा प्रक्रिया।
73039 मुठ्याइनु क.क्रि. मुठीले समाइनु वा लिइनु।
73040 मुठ्याउनु स.क्रि. १. कुनै चिज मुठीमा अटाएसम्म लिनु; हातले सकेसम्म झक्नु।
73041 मुठ्याउनु स.क्रि. २. मुठीमा लिनु; मुठीले बेसरी समाउनु वा निकाल्नु।
73042 मुड्नु १ स.क्रि. १. कपाल खौरनु; मुण्डन गर्नु।
73043 मुड्नु १ स.क्रि. २. जोगी बनाउनु; सन्न्यासको दीक्षा दिनु।
73044 मुड्नु १ स.क्रि. ३. आफ्ना मत, दल आदिमा ल्याउनु; आफ्नो पक्षको बनाउनु।
73045 मुड्नु १ स.क्रि. ४. लटीपटी गर्नु; ठग्नु; धुतधात पार्नु; धुत्नु।
73046 मुड्नु १ स.क्रि. ४. भुल वा अपराध गरेबापत जातबाट हट गर्नु।
73047 मुड्नु २ ना. एक ठाउँबाट अर्का ठाउँतिर लाग्नु; विपरीत दिशातिर फर्कनु।
73048 मुड्नु २ ना. २. दोब्रिनु।
73049 मुड १ ना. मानसिक तत्परता वा भाव; मनःस्थिति; चित्तवृत्ति।
73050 मुड २ ना. १. टाउको; शिर; खप्पर।