Dictionary

All Word

74601 यन्त्र ना. १. कलपुर्जा आदिबाट चल्ने कुनै उपयोग्य वस्तु; मेसिन।
74602 यन्त्र ना. २. तान्त्रिक विधिअनुसार देवदेवीका नाम, अक्षर, चित्र आदि लेखेर बनाइएको, उपासक वा रोगीले धारण गर्ने वस्तु; जन्तर।
74603 यन्त्र ना. ३. वाद्य; वाद्ययन्त्र।
74604 यन्त्र ना. ४. सन्दुस, ढोका आदिमा लगाइने ताल्चा।
74605 यन्त्र ना. ५. जुनसुकै कार्यमा प्रयोग हुने औजार; साधन।
74606 यन्त्र ना. ६. प्रणाली; पद्धति।
74607 यन्त्रकला ना. यन्त्रलाई उपयुक्त ढङ्गले सञ्चालन गर्ने विद्या; यन्त्र चलाउने ज्ञान, प्रविधि वा सिप।
74608 यन्त्रगृह ना. यन्त्र राख्ने घर वा कोठा।
74609 यन्त्रचातुर्य ना. यन्त्रलाई जडान गर्ने, सञ्चालन गर्ने आदि ज्ञान; यन्त्रसञ्चालनको योग्यता; कालिगडी।
74610 यन्त्रचालित वि. यन्त्रद्वारा चलाइएको; यन्त्रले चलाइएको ( कारखाना, भट्टा, मिल आदि)।
74611 यन्त्रज्ञ वि. १. यन्त्रनिर्माण गर्न, मर्मत गर्न वा सञ्चालन गर्न जान्ने; यन्त्रसम्बन्धी ज्ञान भएको।
74612 यन्त्रज्ञ वि. २. नियन्त्रण वा बन्देजमा राख्ने; बन्धनमा पार्ने।
74613 यन्त्रज्ञ वि. ३. यन्त्रविद्याको ज्ञाता।
74614 यन्त्रज्ञ वि. ना ४. मिस्त्री; कालिगड।
74615 यन्त्रणा ना. १. कसैलाई दिइने यातना; सास्ती।
74616 यन्त्रणा ना. २. वेदना; पीडा; कष्ट।
74617 यन्त्रमन्त्र ना. १. टुनामुना; तन्त्रमन्त्रद्वारा गरिने मोहनी; वशीकरण।
74618 यन्त्रमन्त्र ना. २. झारफुक।
74619 यन्त्रमन्त्र ना. ३. यन्त्र र विधिविधानद्वारा जन्तर बाँध्ने काम।
74620 यन्त्रविद् ना. यन्त्रसम्बन्धी वा यन्त्रविज्ञानको ज्ञान भएको व्यक्ति; यन्त्रज्ञ।
74621 यन्त्रविद्या ना. यन्त्रनिर्माण गर्ने वा चलाउने विद्या; यन्त्रसम्बन्धी शास्त्र।
74622 यन्त्रशाला ना. १. यन्त्रद्वारा काम गर्न मिसिन जडान गरिएको ठाउँ; कलघर; इन्जिनघर; यन्त्रगृह।
74623 यन्त्रशाला ना. २. ग्रहनक्षत्रको गति- स्थिति अध्ययन गर्ने यन्त्र जडान गरिएको ठाउँ; वेधशाला।
74624 यन्त्रशास्त्र ना. यन्त्रसञ्चालन गर्ने विधिको निर्देशन गर्ने शास्त्र; यन्त्रनिर्माण गर्ने विज्ञान; यन्त्रविद्या।
74625 यन्त्रसज्जित वि. सामरिक महत्त्वका सम्पूर्ण हातहतियारयुक्त; आधुनिक सामरिक उपकरणयुक्त (सेना)।
74626 यन्त्रालय ना. यन्त्रगृह; यन्त्रशाला।
74627 यन्त्रित वि. यन्त्र जडिएको।
74628 यपलाङ कोगे ना. मुगु जिल्लाका तामाङ युवायुवतीले प्रतिवर्ष हिउँदमा एकपल्ट र वर्षामा एकपल्ट जाँडरक्सी खाई रातभर नाचगान गरी मनाउने चाड।
74629 यम ना. १. मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने भनिएका देवता; यमराज; धर्मराज।
74630 यम ना. २. सूर्यकी विवाहिता पत्नी संज्ञाका पुत्र; दक्षिणदिशाका स्वामी।
74631 यम ना. ३. जुम्ल्याहा; यमज।
74632 यम ना. ४. अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह-यति पाँचवटा तत्त्व पालन गर्नाले पूर्ण हुने अनुशासन।
74633 यम ना. ५. अष्टाङ्ग योगमध्येको पहिलो योग।
74634 यम ना. ६. गति।
74635 यम ना. ७. सद्गति; मृत्यु।
74636 यम ना. ८. आयतनको हिसाबबाट आठौँ ग्रह।
74637 यमक ना. समान पद वा ध्वनि लगातार एकै वाक्य वा पद्यमा दोहोरिँदा पर्ने एक शब्दालङ्कार (जस्तै- मकल-कल, शिशिर - शिर इ.)।
74638 यमज वि. १. एकै गर्भबाट एकै समयमा जन्मेका; युगल; जुम्ल्याहा।
74639 यमज वि. ना. २. एकैपल्ट एउटै गर्भबाट जन्मेका जोडी बच्चा ; जुम्ल्याहा।
74640 यमज वि. ३. अश्विनीकुमार; स्वर्वैद्य।
74641 यमदण्ड ना. १. यमराजले लिने दण्ड; कालदण्ड।
74642 यमदण्ड ना. २. असह्य प्रहार।
74643 यमदण्ड ना. ३. मानिसका निधारमा रहने दुई प्रकारका रेखामध्ये एक।
74644 यमदूत ना. १. धर्मराजका आज्ञाले पापात्माहरूलाई यातना दिने काममा खटिएका दूत; धर्मराजका प्यादा।
74645 यमदूत ना. २. काग।
74646 यमद्वार ना. १. यमराजको दरबारको ढोका।
74647 यमद्वार ना. २. मृत्युको मुख।
74648 यमद्वितीया ना. कार्तिक शुक्लपक्षको द्वितीया; यमपञ्चकको अन्तिम दिन; भाइटीका।
74649 यमपञ्चक ना. कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन; कागतिहारदेखि भाइतिहारसम्मका पाँच दिन।
74650 यमपाश ना. १. पापीहरूलाई बाँधेर नरकतिर घिस्याउने पासो; यमराजको पासो।