Dictionary

All Word

74551 यथार्थता ना. यथार्थ हुने गुण वा प्रक्रिया; वास्तविकता; सत्यता।
74552 यथार्थवाद ना. १. वस्तुजगत्‌को अस्तित्वलाई नै सर्वेसर्वा स्वीकार गर्ने एक दार्शनिक मत; वस्तुसत्यमा विश्वास राख्ने एक अनीश्वरवादी सिद्धान्।
74553 यथार्थवाद ना. २. जीवन र जगत्‌को वस्तुपक्ष जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्ने एक साहित्यिक मान्यता; जीवन र जगत्‌का बिचका सम्बन्धले मान्छेका जीवनमा देखापर्ने र वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने साहित्यिक मूल्य।
74554 यथार्थवादी वि. १. यथार्थवादको अनुसरण गर्ने; यथार्थवादको अनुयायी।
74555 यथार्थवादी वि. २. यथार्थवादसम्बन्धी।
74556 यथावत् क्रि.वि. यसभन्दा पहिले जस्तो रूप र अवस्थाको थियो त्यस्तै; पहिलेको जस्तै; पूर्ववत्।
74557 यथावसर वि. १. समयअनुसारको।
74558 यथावसर वि. क्रि.वि. २. समयसुहाउँदो किसिमले।
74559 यथाविधि क्रि.वि. १. विधि-विधानअनुसार; नियमपूर्वक; रीत पुर।
74560 यथाविधि क्रि.वि. वि. २. विधिअनुसारको; रीत पुगेको।
74561 यथाशक्ति वि. १. क्षमताले भ्याएसम्मको; गच्छेअनुसारको; औकातले पुगेसम्मको।
74562 यथाशक्ति वि. क्रि.वि. २. क्षमताले वा औकातले भ्याएसम्म।
74563 यथाशक्य क्रि.वि./ वि. यथाशक्ति।
74564 यथासङ्ख्य ना. १. अलङ्कारशास्त्रका मतमा पहिले कुनै वस्तुको वर्णन गरेर पछि क्रमशः तिनका उपमान वा आरोपित वस्तु आदिको वर्णन गरिएमा पर्न आउने एक अर्थालङ्कार।
74565 यथासङ्ख्य ना. वि. २. सङ्ख्याअनुसारको; क्रमैसँगको।
74566 यथासङ्ख्य ना. क्रि.वि. ३. सङ्ख्याअनुसार; सङ्ख्यामाफिक।
74567 यथासमय क्रि.वि. जुन काम जतिखेर भए ठिक हुन्छ त्यसै समयमा; निश्चित समयमा; निर्धारित समयमा।
74568 यथासम्भव क्रि.वि. हुन सकेसम्म; भियाएसम्म; भरसक; हुनेसम्म।
74569 यथासाध्य क्रि.वि. साध्य भएसम्म; जति साध्य हुन्छ त्यति; यथासम्भव।
74570 यथास्थान क्रि.वि. जुन ठाउँमा ठिक पर्छ त्यसै ठाउँमा; उचित स्थानमा।
74571 यथास्थित वि. पहिले झैँ रहेको; यथावत् रहेको।
74572 यथास्थिति ना. पहिलेको जस्तै स्थिति; यथावत् अवस्था।
74573 यथास्थितिवाद ना. पूर्वधारणाअनुसार जुन मतमा विश्वास गर्दै आइएको छ त्यसबाट विचलित नभई स्थिर रहने एक सिद्धान्त; स्थिति जस्तो थियो वा छ त्यस्तै रहोस् भन्ने मत; कट्टरतावाद।
74574 यथास्थितिवादी वि. यथास्थितिवादको अनुसरण गर्ने; यथास्थितिवाद- सम्बन्धी।
74575 यथेच्छ क्रि.वि. १. इच्छा भएअनुसारको; मनमाफिक; चिताएबमोजिम।
74576 यथेच्छ क्रि.वि. वि. २. पर्याप्त; पुग्दो; चिताएबमोजिमको।
74577 यथेच्छाचार ना. १. इच्छाअनुसारको आचरण; अनुशासन वा मर्यादालाई वास्ता नगरी जथाभावी गरिने चालचलन।
74578 यथेच्छाचार ना. २. मनोमानी गर्ने काम; उच्छृङ्खल व्यवहार।
74579 यथेच्छाचारी वि. १. जे गर्न मन लाग्छ त्यही काम गर्ने; कुनै नियम र अनुशासनको पालन नगर्ने; स्वेच्छाचारी।
74580 यथेप्सित वि. चाहेअनुसारको ; यथेच्छ।
74581 यथेष्ट वि. , ना., क्रि.वि. १. चिताएजति; चाहेअनुसारको; पर्याप्।
74582 यथेष्ट वि. , ना., क्रि.वि. २. इच्छाबमोजिम; मनमाफिक।
74583 यथोक्त वि. पहिले जस्तो बताइएको छ त्यस्तो; नियमबमोजिमको; कथनानुसारको; भनेजस्तो।
74584 यथोचित वि. १. जस्तो भए ठिक हुन्छ त्यस्तो; जस्ताको तस्तो।
74585 यथोचित वि. २. जति भए पुग्छ त्यति; यथायोग्य; समुचि।
74586 यथोचित वि. क्रि.वि. ३. उचित किसिमले।
74587 यदा क्रि.वि. जहिले; जुन समयमा; जतिखेर।
74588 यदाकदा क्रि.वि. कहिलेकाहीँ; कुनैकुनै समयमा; आकलझुकल।
74589 यदि क्रि.वि. सम्भावनाले गर्दा; संयोगले गर्दा; भने (जस्तै- यदि राम विद्वान् हो त श्याम पनि विद्वान् हो )।
74590 यदु ना. महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा; यदुवंशका प्रवर्तक राजकुमार।
74591 यदु वंश ना. महाभारत आदिमा वर्णित राजा ययातिका छोरामध्ये जेठा छोरा यदुबाट प्रवर्तन भएको वंशपरम्परा; श्रीकृष्ण जन्मेको कुल; यादववंश।
74592 यदृच्छया क्रि.वि. १. जस्तो चिताइएको छ त्यसैअनुसार; कुनै नियम वा कारण नभईकन; मनलाग्दो किसिमले; स्वेच्छया।
74593 यदृच्छया क्रि.वि. २. संयोगवश; अकस्मात्; अपर्झट।
74594 यदृच्छा ना. १. इच्छाअनुसारको क्रियाकलाप; स्वेच्छाभाव; मनमानीपन।
74595 यदृच्छा ना. २. आकस्मिक संयोग।
74596 यदृच्छित क्रि.वि. चिताए जस्तै; स्वेच्छापूर्वक; मनलाग्दो।
74597 यद्यपि संयो. यसो भए तापनि; हुन ता।
74598 यद्यपि संयो. (उदा.- यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु)।
74599 यद्वा संयो. अथवा ; वा; या।
74600 यद्वातद्वा क्रि.वि. जथाभाबीसँग।