Dictionary

All Word

74901 युगादि नवमी ना. १. कार्तिक शुक्ल पक्षको नवमी तिथि; कुष्माण्ड नवमी (त्यस दिन अमलाका फेदमा भात पकाएर वनभोज खाइन्छ)।
74902 युगानुकूल वि. समयअनुसारको; जुन समयमा जस्तो कुरा राम्रो मानिन्छ त्यस्तो; युगसुहाउँदो।
74903 युगानुयुग क्रि.वि. १. अनेकौँ युग बितिसक्दासम्म; युगौँसम्म; अनन्त प्रवाहसम्म।
74904 युगानुयुग क्रि.वि. ना. २. एकपछि अर्को गर्दै बित्ने युगहरूको समुदाय।
74905 युगान्त ना. १. कुनै निश्चित मानिने समयको समाप्ति; युगको अन्तिम समय।
74906 युगान्त ना. २. सृष्टिको प्रलय।
74907 युगान्तक वि. १. युगलाई नष्ट पार्ने।
74908 युगान्तक वि. २. एक युग समाप्त गरी अर्को युग ल्याउने।
74909 युगान्तकारी वि. युगान्तक।
74910 युगान्तर ना. १. दोस्रो युग; अर्को युग।
74911 युगान्तर ना. २. युगपरिवर्तन।
74912 युगान्तर ना. ३. समय परिवर्तन।
74913 युगोचित वि. समयअनुसारको; जुगजमाना सुहाउँदो; युगानुकूल।
74914 युगौँ ना. १. अनेक युग।
74915 युगौँ ना. क्रि.वि. २. जुगानजुग।
74916 युग्म वि. १. जोडा; युगल; जुम्ल्याहा।
74917 युग्म वि. २. अन्योन्याश्रित सम्बन्ध भएका; युगल; द्वन्द्व।
74918 युग्म वि. ना. ३. बाह्र राशिमध्ये तेस्रो राशिको नाम; मिथुन।
74919 युग्मक वि. १. जोडा; जुम्ल्याहा; युग्म।
74920 युग्मक वि. २. एकअर्कामा सम्मिलित हुने।
74921 युग्मक वि. ना. ३. स्त्रीपुरुषका रजबीजाणुको मेल भएको अवस्था।
74922 युग्मज वि. जुम्ल्याहा।
74923 युत वि. १. मिलेको; संयुक्।
74924 युत वि. २. सहित; युक्।
74925 युद्ध ना. परस्परविरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मार्ने आदि उद्देश्यले गरिने आक्रमण; लडाइँ; सङ्ग्राम; जुद्दे; कटक।
74926 युद्धक्षेत्र ना. परस्परका विपक्षीहरू भिड्ने ठाउँ; लडाइँ भएको वा हुने ठाउँ; युद्धभूमि।
74927 युद्ध परिषद् ना. युद्ध थाल्ने, सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको विशेष समिति।
74928 युद्धपोत ना. जलक्षेत्रमा युद्ध गर्दा पानीमुनि भित्र भित्र पनि हिँड्ने लडाकु नाउ; लडाकु सानो पानीजहाज वा मोटर।
74929 युद्धबन्दी ना. युद्धका समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धा।
74930 युद्धभूमि ना. युद्धक्षेत्र; रणक्षेत्र।
74931 युद्धविद्या ना. युद्धसम्बन्धी शस्त्रास्त्र प्रयोगसँग सम्बन्धित विद्या; सामरिक विज्ञान।
74932 युद्धविराम ना. परस्परबाट चर्केको लडाइँलाई रोक्ने काम; विभिन्न उपायले युद्धलाई रोक्ने काम।
74933 युद्धविराम रेखा ना. युद्धविराम गर्दा तोकिएको हदबन्दी।
74934 युद्धवीर ना. १. युद्ध गर्ने काममा ठुलो पराक्रम देखाउने व्यक्ति।
74935 युद्धवीर ना. २. वीररस प्रधान हुने नाटक, काव्य आदिमा रहने नायक; दानवीर, धर्मवीर र युद्धवीर यी तीनमध्ये तेस्रो वीर।
74936 युद्धवीर ना. ३. युद्धसम्बन्धी वीरता प्रदर्शन हुने कृतिको नायक।
74937 युद्धशास्त्र ना. युद्धविद्या।
74938 युद्धस्थगन ना. १. युद्ध चर्किरहेका बेलामा स्थायी वा अस्थायी सम्झौता हुनुभन्दा पनि पहिले नै युद्ध रोक्नुपर्ने स्थिति; लडाइँ बन्द गर्नुपर्ने अवस्था।
74939 युद्धस्थगन ना. २. अस्थायी युद्धविराम।
74940 युधिष्ठिर ना. महाभारत, पुराण आदिका अनुसार पाण्डुराजाकी रानी कुन्तीका गर्भबाट जन्मेका तीन भाइ छोरामध्येका जेठा; पञ्चपाण्डवमध्येका पहिला भाइ; जेठा पाण्डव; धर्मराज।
74941 युनान ना. १. युरोपको एक देश; ग्रिस।
74942 युनान ना. २. मिस्र देशको एक प्रान्त; यायोनिया।
74943 युनानी वि. १. युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी।
74944 युनानी वि. ना. २. युनानका निवासी; युनानसँग सम्बन्धित वस्तु वा व्यक्ति।
74945 युनानी वि. ३. ग्रिसेली भाषा।
74946 युनिट ना. कुनै पनि वस्तुको न्यूनतम एकाइ; एकएक भागमा छुट्ट्याउन सकिने वस्तुको एकाइ।
74947 युनिफर्म ना. १. कुनै विशेष संस्था वा कार्यालयसँग सम्बन्धित औपचारिक पहिरन; सम्बन्धित सबैले लगाउनुपर्ने मिल्दोजुल्दो साझे पोसाक।
74948 युनिफर्म ना. २. तानाबाना; बर्दी।
74949 युनियन ना. कुनै तहका जनता, विद्यार्थी, मजदुर आदिको सङ्गठन, समिति वा सङ्घ।
74950 युरिया ना. कृषिक्षेत्रमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल; मूत्रज; मलमूत्रज; नाइट्रोजन मल।