Dictionary

All Word

75001 योग ना. १२. तिथि र नक्षत्रका संयोगले पर्न आउने आनन्द, कालदण्ड आदि सत्ताइसवटा योग।
75002 योग ना. १३. ज्योतिषका मतमा सिद्धि र अमृत नामका योग।
75003 योग ना. १४. छवटा दर्शनमध्ये एक; योगदर्शन।
75004 योग ना. १५. टुनामुना; वशीकरण।
75005 योग ना. १६. तारतम्य; सबै थोकको भरमभेट; काकताली।
75006 योग ना. १७. छलकपटको व्यवहार; धोका।
75007 योग ना. १८. लाभ; फाइदा; आम्दानी।
75008 योगक्षेम ना. १. प्राप्त वस्तुको सुरक्षाका निम्ति प्रयत्नरत रहने र अप्राप्त वस्तुको प्राप्तिका निम्ति दत्तचित्त रहने काम।
75009 योगक्षेम ना. २. राष्ट्रको शान्ति-सुरक्षा र सुव्यवस्था।
75010 योगक्षेम ना. ३. जीवननिर्वाहको काम।
75011 योगक्षेम ना. ४. कुशल- मङ्गलको समाचार; पिरपिराउ, आरामविराम आदिको जानकारी।
75012 योगदर्शन ना. चित्तलाई एकाग्र रूपले ईश्वरमा लीन गराउने शास्त्र; योगशास्त्र।
75013 योगदान ना. कुनै काममा महत्त्वपूर्ण सहायता दिने काम; सहभागिता।
75014 योगधारणा ना. योगमा एकाग्र भई ध्यानमग्न भएको अवस्था; योगधारण गरेको अवस्था।
75015 योगनिद्रा ना. १. योगमा अवस्थित महापुरुषको समाधि; समाधिका अवस्थाको निद्रा।
75016 योगनिद्रा ना. २. युगका अन्त्यमा हुने प्रलयअवस्थामा लाग्ने विष्णुको निद्रा।
75017 योगफल ना. गणितमा विभिन्न सङ्ख्या जोड्दा हुन आउने उत्तर; योगको परिणाम।
75018 योगबल ना. योगको साधनबाट प्राप्त हुने ईश्वरीय शक्ति।
75019 योगमाया ना. १. समाधि अवस्थामा प्राप्त हुने अलौकिक शक्ति।
75020 योगमाया ना. २. भगवती; महामाया।
75021 योगमाया ना. ३. ईश्वरको सृजनशक्ति, प्रकृति।
75022 योगमार्ग ना. ईश्वरप्राप्तिका विभिन्न मार्गमध्ये एक मार्ग।
75023 योगरूढ वि. १. योग नै रूढ भएको।
75024 योगरूढ वि. २. व्याकरणमा यौगिक देखिए पनि अर्थचाहिँ रूढ भएको।
75025 योगशास्त्र ना. योगविद्या।
75026 योगसूत्र ना. पतञ्जलिको योगसम्बन्धी सूत्रसङ्ग्रह; योगदर्शन।
75027 योगात्मा ना. योगी।
75028 योगानुशासन ना. योगशास्त्रले बताएको अनुशासन।
75029 योगाभ्यास ना. योगशास्त्रबमोजिम योगका आठवटा अङ्गहरूको विधिपूर्वकको अनुष्ठान; योगको साधन; योगानुशासनको पालन।
75030 योगाभ्यासी वि. योगको साधनमा लीन।
75031 योगाश्रम ना. १. योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम।
75032 योगाश्रम ना. २. योग सिकाउने ठाउँ; योगाभ्यास गराउने स्थल।
75033 योगासन ना. योग गर्दा बस्ने पद्मासन, स्वस्तिकासन, भद्रासन, वज्रासन र वीरासनमध्येको कुनै एक आसन; योग गर्दा बस्ने विधि।
75034 योगिनी ना. १. योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्वी नारी।
75035 योगिनी ना. २. काठमाडौँ उपत्यकामा रहेका चार देवी (वज्रयोगिनी, ब्रह्मयोगिनी, नीलतारा योगिनी र विजयेश्वरी योगिनी) मध्ये कुनै एक।
75036 योगिनी ना. ३. भगवतीका नारायणी, गौरी, शाकम्भरी लगायत चौँसट्ठी सहचारीमध्ये कुनै एक।
75037 योगिनी ना. ४. आषाढ कृष्णपक्षको एकादशी।
75038 योगिनी ना. ५. रणपिशाचिनी; रणचण्डी।
75039 योगिनी ना. ६. अष्टदेवी ( शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कुष्माण्डी, कालरात्रि, कात्यायनी र महागौरी)।
75040 योगिनी ना. ७. ज्योतिषशास्त्रअनुसार विशेष तिथिमा विशेष दिशामा रहने देवी; दिङ्माता (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी )।
75041 योगिनी ना. ८. तिथिका आधारमा पूर्व आदि दिशामा निवास गर्ने (नारीहरूले यात्रा गर्दा बार्नुपर्ने तथा सामुन्ने र दायाँ पर्दा अनिष्ट फल दिने) कालयोगिनी।
75042 योगिनी ना. ८. जन्म नक्षत्रमा तीनको अङ्क जोडेर आठले शेष गर्दा रहने अङ्कका आधारमा क्रमशः मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, सङ्कटा गरी आठवटा योगिनी; सूर्यादि ग्रहका पत्नीका रूपमा मानिने दशा (सूर्यपिङ्गला, चन्द्रमङ्गला, भौमभ्रामरी, बुधभद्रिका, गुरुधान्या, शुक्रसिद्धा, शनिउल्का र राहुसङ्कटा)।
75043 योगिनी चक्र ना. ज्योतिषशास्त्रअनुसार योगिनीको स्थिति, निर्देशन र फल विचार गर्ने चक्र।
75044 योगिनी दशा ना. योगिनीको दशा।
75045 योगिराज ना. योगीहरूमा श्रेष्ठ योगी; धेरै ठुला योगी; योगीन्द्र।
75046 योगी वि. १. संयुक्त; जोडिएको।
75047 योगी वि. ना. २. योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्।
75048 योगी वि. ३. युक्त, युञ्जान र युक्त वियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्ध पुरुष; योगपुरुष।
75049 योगी वि. ४. जोगी।
75050 योगीन्द्र ना. योगिराज; योगीश्वर।