Dictionary

All Word

75101 योद्धा ना. ५. बलियो; बहादुर; जोधा।
75102 योधा वि. हे. योद्धा।
75103 योनि ना. १. कुनै वस्तु उत्पन्न हुने स्थान; उद्‍गमस्थान; उत्पत्तिस्थल।
75104 योनि ना. २. स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबद्वार।
75105 योनि ना. ३. पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक।
75106 योनि ना. ४. जन्म; चोला; जुनी।
75107 योनि ना. ५. खानी; आकर।
75108 योनिगुटका ना. भगनासा।
75109 योनिज वि. पाठेघरभित्रै सम्पूर्ण आकार ग्रहण गरेर मात्रै जन्मने।
75110 योनि परीक्षक ना. १. योनिको परीक्षण गर्ने वा जाँचबुझ गर्ने यन्त्र; योनि जाँच्ने सामान।
75111 योनि परीक्षक ना. वि. २. योनिका रोगसम्बन्धी ज्ञान भएको; योनिपरीक्षण गर्ने।
75112 योनि परीक्षण ना. स्त्रीजातिको यौनाङ्ग परीक्षण गर्ने काम; योनिका रोग, स्थिति आदिको जाँच गर्ने काम।
75113 योनिमार्ग ना. योनिद्वारको बाटो; योनिद्वारदेखि पाठेघरसम्मको बाटो।
75114 योनिमुद्रा ना. औँलाहरूबाट योनिको आकार बनाइने एक तान्त्रिक मुद्रा।
75115 योनियन्त्र ना. १. मन्दिर वा धर्मपीठमा प्रबन्ध गरिएको पापद्वार वा धर्मद्वार।
75116 योनियन्त्र ना. २. योनि।
75117 योनिशोथ ना. स्त्रीजातिको यौनाङ्ग सुन्निने वा दुख्ने रोग।
75118 योनिसङ्कुचन ना. योनि खुम्चिने काम; योनिको खुम्च्याइ।
75119 योनिसम्भव वि. योनिज।
75120 योनी ना. हे. योनि।
75121 योमरी ना. चामलको पिठाको डल्लालाई बायाँ हत्केलामा राखेर दाहिने हातको चोर औँलाले थिच्दै भित्र खोक्रो पारी त्यस भागमा चाकु, मासु, मस्यौरो, मास, खुवा वा पूजाका लागि दुईचार गेडा चामल राखी भाँडाको मुख बन्द गरेर वाष्पपाकद्वारा पकाइने खाद्य वस्तु।
75122 योषा / योषिता ना. आइमाई; स्त्री।
75123 यौगिक वि. १. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्।
75124 यौगिक वि. २. व्याकरणका अनुसार प्रकृति र प्रत्यय मिलेर बनेको; व्युत्पन्न।
75125 यौगिक वि. ३. दुई वा बढी शब्द मात्र मिलेर बनेको।
75126 यौगिक वि. ना. ४. दुई वा यसभन्दा पनि बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु वा तत्त्व।
75127 यौगिक शब्द ना. १. प्रकृति र प्रत्यय मिलेर बनेको शब्द; व्युत्पन्न शब्द।
75128 यौगिक शब्द ना. २. दुई वा यसभन्दा पनि धेरै शब्द मिली बनेको शब्द; संयुक्त शब्द।
75129 यौटा वि. एक मात्र सङ्ख्या भएको; एकवटा मात्र; एउटा।
75130 यौद्धिक वि. युद्धसम्बन्धी।
75131 यौद्धिकी ना. युद्धशास्त्र (मिलिटरी साइन्स)।
75132 यौधेय ना. १. योद्धा; रणवीर।
75133 यौधेय ना. २. उत्तर भारतको एक प्राचीन जाति वा गण।
75134 यौन वि. १. योनिसम्बन्धी; योनिको।
75135 यौन वि. ना. २. पुरुष र स्त्रीको सम्पर्क; मैथुन।
75136 यौनक्रिया ना. सन्तानोत्पादनको काम ; मैथुन गर्ने काम; सम्भोग गर्ने काम।
75137 यौनविकार ना. १. सम्भोग वा मैथुनक्रियाबाट उत्पन्न हुने रोग।
75138 यौनविकार ना. २. मैथुनका कारणबाट जन्मिने मानसिक विकार।
75139 यौनव्यापार ना. १. यौनकार्य चलाएर द्रव्य आर्जन गर्ने काम; द्रव्य आर्जनका निम्ति वेश्याव्यवसाय गर्ने काम।
75140 यौनव्यापार ना. २. यौनसम्बन्धी आचरण; यौनव्यवहार।
75141 यौनिक वि. मैथुनक्रियाबाट उत्पन्न भएको; सम्भोगबाट जन्मेको; योनिबाट पैदा भएको।
75142 यौवन ना. जुनसुकै प्राणीको बाल्य अवस्थाभन्दा पछि र वृद्ध अवस्थाभन्दा अघिको उमेर; तरुण अवस्था; युवा अवस्था।
75143 यौवनपुष्प ना. आइमाई तरुनी छँदा योनिबाट झर्ने रज।
75144 यौवनपुष्पित देहलता ना. जवानीले पूर्ण भएको शरीर; जवानीले भरिएको जिउ।
75145 यौवराजिक वि. युवराजसम्बन्धी।
75146 यौवराज्य ना. युवराजको पद, अधिकार वा दायित्व।
75147 यौवराज्याभिषेक ना. राजगद्दीका उत्तराधिकारी राजकुमारलाई युवराजको स्थानमा औपचारिकतापूर्वक स्थापना गरिने विधिपूर्वकको अभिषेक।
75148 देवनागरी वर्णमालाको सताइसौँ व्यञ्जनवर्ण; मूर्द्धन्य; अन्तःस्थ;सघोष; अल्पप्राण, प्रकम्पित व्यञ्जन ध्वनि;लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खाँबे र।
75149 संयो. १. दुई समान पद, पदावली वा वाक्य जनाउनलाई जोड्ने शब्द ;योजक शब्द; तथा; अनि।
75150 संयो. २. यसकारण(उदा.- तिमीले बोलायौ र म आएँ)।