Dictionary

All Word

75251 रक्तवर्ण वि. ना. २. रातो रङ।
75252 रक्तवर्ण वि. ३. बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो।
75253 रक्तवर्ण वि. ४. मुगा।
75254 रक्तविकार/ विकृति ना. रगतमा देखिने कुनै पनि विकार; रगतसम्बन्धी जुनसुकै रोग।
75255 रक्तविज्ञान ना. रगतका विशेषता, गुण, रोग, विकार आदिको अध्ययन गर्ने विद्या।
75256 रक्तसघनता ना. शरीरमा रगतको मात्रा सघन रूपमा छरिएर बस्ने प्रक्रिया; रगत रहने घनत्वको अवस्था।
75257 रक्तसञ्चार ना. प्राणीका शरीरमा रगत सञ्चालन हुने क्रिया वा विधि।
75258 रक्तसन्धान ना. रगतजाँच (ब्लडटेस्ट)।
75259 रक्तसम्बन्ध ना. एकै आमाबाबुबाट जन्मिएकाहरूको नाता।
75260 रक्तसार ना. रगत जमेपछि छुट्टिने रगतको हड्याइँदो तरल अंश; रगतको पानी।
75261 रक्तस्राव ना. १. शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था।
75262 रक्तस्राव ना. २. शरीरका कुनै इन्द्रियबाट रोगवश हुने रक्तस्राव।
75263 रक्तस्राव रोधक ना. रक्तस्राव हुने रोगलाई रोक्ने वस्तु; रगत चुहुने रोगलाई निराकरण गर्ने औषधी।
75264 रक्ताक्ष वि. १. आँखाको रङ रातो हुने; राता आँखा हुने।
75265 रक्ताक्ष वि. २. डरलाग्दो; भयङ्कर।
75266 रक्ताक्ष वि. ना ३. परेवा नामको पक्षी; कपो।
75267 रक्ताक्ष वि. ४. कोइली।
75268 रक्ताक्ष वि. ५. भैँसीको भाले; राँगो।
75269 रक्तातिसार ना. दिसाबाट रगत जाने रोग; एक किसिमको अतिसार।
75270 रक्ताम्मे वि. १. जताततै रगत लागेको।
75271 रक्ताम्मे वि. २. चोट लागेर रगतैरगत भएको; रगतपच्छे।
75272 रक्तालु ना. १. तरुल।
75273 रक्तालु ना. वि. २. अलिअलि रातो; रछायो।
75274 रक्ताश्मयुग ना. भूगर्भशास्त्रअनुसार छेपारो, माउसुली आदिजस्ता जीव सृष्टि भएको युग; आजभन्दा बाइस करोड पचास लाख वर्षपहिलेको युग।
75275 रक्तिनी ना. १. रगत; रक्ती।
75276 रक्तिनी ना. २. बेसमयमा दिक्क पार्ने गरी परेको पानी; झोलेनी; रक्तेनी।
75277 रक्तिनी ना. ३. निरर्थक झरी (हेयार्थमा)।
75278 रक्तिम वि . रातो वर्णको; लाल रङको।
75279 रक्तिमा ना. रातो वर्ण; लाली।
75280 रक्ती ना. १. रगत; रुधिर।
75281 रक्ती ना. २. खसी आदि काट्दा आउने रग।
75282 रक्ती ना. वि. ३. रगतको झैँ ( रङ)।
75283 रक्ती रङ ना. रातो रङ।
75284 रक्ते ना. पिपिराका जस्ता राता पात र रातै डाँठ हुने एक झारविशेष।
75285 रक्तेनी ना. हे. रक्तिनी।
75286 रक्तेलो ना. गर्भबाट भर्खर पैदा भएको शिशु;सालनालसितैको बालक।
75287 रक्तै वि. रगतले भरिएको; रक्तपूर्ण।
75288 रक्तोपचार १. रगतमा भएका विकारहरूलाई हटाउन गरिने औषधी; रगतका रोगको उपचार।
75289 रक्तोपचार २. रगतको कमी भएकालाई रगत दिएर गरिने उपचार।
75290 रक्तोपल ना. गेरु रङ्गको माटो हुने ठाउँको ढुङ्गा; गैरिक शिला; गेरु ढुङ्गा।
75291 रक्त्योल वि. १. रगतले पर्याप्त भिजेको; रक्ताम्मे;रक्तमय।
75292 रक्त्योल वि. ना. २. रगतको पोखरी।
75293 रक्ष ना. पुराण आदिका अनुसार एक जाति; राक्षस।
75294 रक्षक वि. १. रक्षा गर्ने; बचाउ गर्ने।
75295 रक्षक वि. २. पालनपोषण गर्ने; संरक्षणको अभिभारा वहन गर्ने।
75296 रक्षक वि. ना ३. पहरेदार; रखवाला व्यक्ति; चौकीदार।
75297 रक्षक वि. ४. धरालो; अभिभावक।
75298 रक्षण ना. १. सञ्चय गर्ने काम; बचाउ गर्ने काम; रक्षाको भार वहन गर्ने काम; रक्षा; सुरक्षा।
75299 रक्षण ना. २. पालनपोषण; सह्यारसम्भार।
75300 रक्षण ना. ३. पहरेदारी; पालो; रुङाइ; रखवारी।