Dictionary

All Word

75301 रक्षणीय वि. १. रक्षा गर्न लायक; बचाउ गर्नुपर्ने।
75302 रक्षणीय वि. २. पालनपोषण गर्नुपर्ने; पालनतालन गर्नुपर्ने।
75303 रक्षमाला ना. भूत, प्रेत, रोग, बालग्रह आदिबाट खास गरी केटाकेटीको सुरक्षाका निम्ति घाँटीमा बाँधिने बुटी; बाघनङ्ग्रा, बँदेलको दाह्रो, कौडा आदिको माला; जन्त्र; रक्खेमाला।
75304 रक्षा ना. १. सङ्कट वा दुःखद अवस्थाबाट उद्धार गर्ने काम; बचाउ।
75305 रक्षा ना. २. हानिनोक्सानी हुनबाट बचाउने काम; सुरक्षा।
75306 रक्षा ना. ३. हेरविचार; देखरेख; हिफाज।
75307 रक्षाकवच ना. १. दुष्ट ग्रह, रोगव्याधि, भूतप्रेत आदिको भयबाट बच्नका निम्ति धारण गरिने सूत्र; रक्षासूत्र; यन्त्रादि।
75308 रक्षाकवच ना. २. शत्रुका शस्त्रास्त्रको प्रहारबाट बच्नका निम्ति धारण गरिने पोसाक; शरीररक्षाका लागि लगाइने पहिरन।
75309 रक्षागृह ना. १. सुरक्षाका उद्देश्यले बनाइएको घर।
75310 रक्षागृह ना. २. सुरक्षाको जिम्मेदारी लिने वा रक्षाको व्यवस्था मिलाउने कार्यालय; पुलिसअड्डा।
75311 रक्षागृह ना. ३. नवजात शिशु र प्रसूति नारीको सुरक्षा; सेवाशुश्रूषाको व्यवस्था भएको ठाउँ;प्रसूति गृह।
75312 रक्षादल ना. १. २००७ सालपछि पुलिसहरूलाई सहायता गर्न साधारण युवा नागरिकहरूबाट गठित तथा दुईचार वर्षपछि होमगार्डका नाममा परिवर्तित दल।
75313 रक्षादल ना. २. रक्षा गर्नेहरूको समूह; रक्षकगण।
75314 रक्षाबन्धन ना. १. श्रावण शुक्ल पूर्णिमाका दिन सप्तर्षिको पूजा गरेर नारीमा बाँधिने सूत्र; रिखीडोरो।
75315 रक्षाबन्धन ना. २. यज्ञ, देवार्चन आदि गरेपछि प्रसादस्वरूप नारीमा बाँधिने डोरो।
75316 रक्षाबन्धन ना. ३. रक्षासूत्र बाँध्ने काम।
75317 रक्षाबन्धन ना. ४. ऋषितर्पणी पूर्णिमा; जनैपुर्ने।
75318 रक्षासङ्घ ना. १. टोल, गाउँ, क्षेत्रहरूको शान्तिसुव्यवस्था र सामाजिक सहयोग गर्ने उद्देश्यले गठन भएको सङ्गठन।
75319 रक्षासङ्घ ना. (यस्तै उद्देश्यले २००७ सालको आतङ्कको अवस्थामा नेपालको राजधानीमा यसको गठन भएको सङ्घ )।
75320 रक्षासङ्घ ना. २. समयसमयमा सरकारबाट जनतालाई वितरण हुने जिन्सी, नगदी आदि वस्तु सरोकारवाला क्षेत्रका व्यक्तिले प्राप्त गर्न सकून् भनी स्थानीय जनसमूहबाट बनेको समिति।
75321 रक्षासूत्र ना. रक्षाका निम्ति बाँधिने डोरो; रक्षाडोरो।
75322 रक्षिक वि. १. रक्षक; रक्षा गर्ने।
75323 रक्षिक वि. २. पहरेदार; पालो बस्ने।
75324 रक्षिका ना. १. रक्षा।
75325 रक्षिका ना. २. रक्षा गर्ने काममा खटिएकी नारी; रक्षा गर्ने स्त्री।
75326 रक्षित वि. १. सङ्कट, भय आदिबाट जोगाइएको; हानिनोक्सानी हुनबाट बचाइएको; रक्षा गरिएको।
75327 रक्षित वि. २. पालनपोषण गरिएको; सह्यारसम्भार गरिएको।
75328 रक्षित वि. ३. कुनै कामका निम्ति बँचोट गरिएको; साँचेर राखिएको।
75329 रक्ष्य वि. रक्षा गर्न योग्य।
75330 रक्साल ना. कुनै देवदेवीलाई इच्छासिद्धि भएमा जप, होम, बलि आदि गर्न गरिने कबोल; भाकल।
75331 रक्सिनु अ.क्रि. प्रशस्त घिच्नु; चाहिँदोभन्दा बढ्ता हसुर्नु।
75332 रक्सी ना. अन्न, फल, फूल आदि कुहाएर मर्चा मलाई नशा लाग्ने बनाइएको मद्य; मदिरा; दारु।
75333 रक्सीबाज १. रक्सी खाने व्यक्ति; पियक्कड।
75334 रक्सीबाज वि. २. रक्स्याहा;जँड्याहा; नचाहिँदो हिसाबले रक्सीमा लाग्ने।
75335 रक्स्याहा वि. ज्यादै पियक्कड; रक्सी पिउनमा नामी; हदभन्दा बढ्ता रक्सी पिउने; रक्सीबाज।
75336 रखवार वि. सुरक्षाको काम गर्ने; रेखदेखको जिम्मेदारी लिने।
75337 रखवारी ना. १. हेरचाह गर्ने काम; सुरक्षा।
75338 रखवारी ना. २. भरणपोषण; सह्यारसम्भार।
75339 रखवारे वि. १. रेखदेख गर्ने; भरणपोषण;सह्यारसम्भार आदि गर्ने।
75340 रखवारे वि. ना. २. पालोपहरा बस्ने व्यक्ति; रुँगालो।
75341 रखवाला वि. १. रक्षा गर्ने; बचाउ गर्ने; रक्षक।
75342 रखवाला वि. २. रेखदेख, भरणपोषण वा सह्यारसम्भार गर्ने।
75343 रखवाला वि. ना. ३. पाले; कुरुवा बस्ने मान्छे; रखवारे।
75344 रखवाली ना. १. रक्षा गर्ने काम; रखवारी।
75345 रखवाली ना. २. पालोपहरा बस्ने काम; रुङ्ने काम; रुङाइ कुराइ; हेरचाह।
75346 रखवालो वि. / ना. रखवाला।
75347 रखाइ ना. राख्ने भाव; क्रिया वा प्रक्रिया।
75348 रखाइनु क.क्रि. राख्ने काम गराइनु।
75349 रखाउनु प्रे. क्रि. राख्न लाउनु; राख्ने काम गराउनु।
75350 रखालो ना. १. रेखदेखको जिम्मेदारी लिने व्यक्ति; धरालो।