Dictionary

All Word

75751 रति ना. ६. शोभा; सौन्दर्य।
75752 रतिकर्म ना. स्त्रीपुरुषका बिचको यौनाचार।
75753 रतिकेलि ना. यौनव्यापार; रतिक्रिया।
75754 रतिक्रिया ना. भाले प्राणीको जननेन्द्रिय पोथी प्राणीका जननेन्द्रियमा पसाई गरिने भोगकार्य; मैथुन; सम्भोग।
75755 रतिक्रीडा ना. रतिक्रिया।
75756 रतिगृह ना. वातावरण नै उन्मादक किसिमको पारी कामक्रीडाका निम्ति तयार गरिएको घर; रतिमन्दिर।
75757 रतिदान ना. मैथुन गर्ने काम; सम्भोगक्रिया।
75758 रतिपति ना. पुराण आदिमा वर्णित रतिका पति; कामदेव; मदन।
75759 रतिबन्ध ना. सम्भोगक्रीडाको आसन; रतिकलाको ढङ्ग।
75760 रतिमन्दिर ना. १. रतिक्रीडाका निम्ति उपयुक्त व्यवस्था भएको घर; रतिक्रियाको भवन।
75761 रतिमन्दिर ना. २. पोथी प्राणीको जननेन्द्रिय; योनि।
75762 रतिरस ना. १. रतिक्रीडाबाट प्राप्त हुने आनन्द।
75763 रतिरस ना. २. रतिक्रीडा।
75764 रतिलम्पट वि. अतिशय कामुक; स्त्रैण; मैथुन गर्ने काममा आसक्त; आइमाई भनेपछि हुरुक्क हुने; स्त्रीलम्पट।
75765 रतिलीला ना. मैथुनका लागि गरिने हाउभाउ वा चाल।
75766 रती ना. हे . रत्ती।
75767 रती पनि क्रि.वि. थोरै पनि।
75768 रतीभर क्रि.वि. अलिकति मात्रामा पनि; थोरै पनि; किञ्चित् पनि।
75769 रतुली वि. रातो रङको; रातो वर्णको (बाख्रो )।
75770 रतुवा वि. १. रातो वर्णको; रातो खालको।
75771 रतुवा वि. ना. २. रातो वर्णको मात्र हुने; मृगको एक जात; रातो मृग।
75772 रतुवा वि. ३. सातमाई नदीमध्येकी एक माईनदी; रतुवामाई।
75773 रतुवा वि. रतिएको; पूरै लहसिएको; सधिएको; आत्मीय भएको।
75774 रतेउली / रतेली ना. १. बिहाका दिन दुलाहा अन्भाइसकेपछि दुलाहाका घरमा आइमाईहरू भेला भएर रातभर गरिने; स्त्रीपुरुषका बिचको प्रेमालापमा आधारित नाचगान; अभिनय आदिको रमाइलो; रत्यौली।
75775 रतेउली / रतेली ना. २. दुलही भित्र्याउने दिन दुलाहातर्फबाट खुवाइने भोज; रतेली भोज।
75776 रतेउली / रतेली भोज ना. बिहेका दिन दुलाहाका घरमा रात बिताउनेको सम्मानमा सबैलाई खुवाइने भोज।
75777 रतौँधी ना. रात परेपछि आँखा नदेख्ने रोग; रतन्धो।
75778 रत्तिनु अ.क्रि. १. आकर्षित हुनु;लहसिनु; रतिनु।
75779 रत्तिनु अ.क्रि. २. प्रेममा फस्नु; अनुरक्त हुनु।
75780 रत्तिनु अ.क्रि. ३. कसैका वशमा बस्न रमाउनु; सधिनु।
75781 रत्तिनु अ.क्रि. ४. आत्मीय हुनु।
75782 रत्ती ना. १. लाल; रती; रातीगेडी; लालगेडी।
75783 रत्ती ना. क्रि.वि. २. अलिकति; अत्यन्त थोरै।
75784 रत्ती ना. (उदा.- अँ मैले भनेको रत्ती मान्दैन )।
75785 रत्न ना. १. गहना, आभूषण, श्रीपेचजस्ता अलङ्कारमा जडिने बहुमूल्य पत्थर; हीरा, पन्ना, माणिक, आदिको पत्थर; मोती, माणिक्य, वैदूर्य, गोमेद, हीरा, मुगा, पद्मराग, पन्ना र नीलमणिसमेतका प्रसिद्ध नवरत्न; जवाहिरा।
75786 रत्न ना. वि. २. सर्वोत्तम; सर्वश्रेष्ठ; उत्कृष्ट।
75787 रत्नकान्ति ना. रत्नको शोभा; रत्नको छवि।
75788 रत्नगर्भ वि. रत्नको जस्तो शोभा वा कान्ति भएको।
75789 रत्नगर्भा ना. पृथ्वी, धरती।
75790 रत्नगन्धी ना. शिरीषका जस्ता ससाना पात हुने, रहरलाग्दा राता रङका फूल लाग्ने, कोसाका मित्र फल फल्ने एक वृक्षविशेष; पात र बोक्राबाट पेटको रोग र फूलबाट दम, ब्रोङ्काइटिस र औलो ज्वराको आयुर्वेदिक औषधी बन्ने सोही वृक्ष; कृष्णाचुर।
75791 रत्नपाणि ना. बौद्धधर्मअनुसार रत्नसम्भवका छोरा; पाँच बोधिसत्त्वमध्ये एक।
75792 रत्नसम्भव ना. पञ्च ध्यानी बुद्धमध्येका एक; बौद्धिक स्तूपचैत्य आदिका दक्षिणपट्टि राखिने देवता; रत्नपाणिका पिता।
75793 रत्नाउलो ना. चार हजार फिटभन्दा अग्लो ठाउँका चिस्यान र मलिला ठाउँमा उम्रने, पानका आकारका हल्का हरियो रङका पात हुने, रातो डाँठ हुने, घाँसका रूपमा प्रयोग गर्दा गाईबस्तुको दुध पघ्रने भुईंघाँस।
75794 रत्नाकर ना. १. विभिन्न बहुमूल्य रत्नको खानी मानिने ठाउँ।
75795 रत्नाकर ना. २. समुद्र; सागर।
75796 रत्नाकर ना. ३. खानी।
75797 रत्नाकर ना. ४. पुराणका अनुसार बाल्मीकि ऋषिको ऋषि हुनुभन्दा पहिलेको नाम।
75798 रत्नावली ना. १. बहुमूल्य रत्नहरू जडिएको माला; रत्नको हार।
75799 रत्नावली ना. २. अलङ्कारशास्त्रअनुसार कुनै प्रसङ्गमा प्रकृतिको क्रमिक विषयको उल्लेख हुँदा पर्ने अलङ्कार; अर्थालङ्कारको एक भेद।
75800 रत्नि ना. वास्तु तथा मूर्तिकलामा एक्काइस अमल बराबरको नापो बुझाउन प्रयोग हुने शब्द।