Dictionary

All Word

76101 रसना ना. २. रसको अनुभव; रसास्वादन।
76102 रसनीय वि. चाख्न योग्य; रस लिन योग्य।
76103 रसनेन्द्रिय ना. स्वाद लिने ज्ञानेन्द्रिय; जिब्रो।
76104 रसप्राधान्यवाद ना. पूर्वीय काव्यशास्त्रका अनुसार शृङ्गार आदि रसलाई काव्यको आत्मा मान्ने र गुण, अलङ्कार आदिलाई बाहिरी तत्त्व मात्र मान्ने एक सिद्धान्।
76105 रसबरी ना. रसभरी; रसगोला।
76106 रसबस ना. १.कुनै आकर्षणद्वारा जन्मिने अनुराग; प्रेम;आत्मीयता।
76107 रसबस ना. २. बसाउठी; बसउठ; भेटघाट; मेलमिलाप; हिमचिम।
76108 रसभरी ना. रसबरी; रसगोला (मिठाई)।
76109 रसम ना. १.चालचलन; रीतिस्थिति।
76110 रसम ना. २. परिपाटी।
76111 रसमरिवाज ना. परम्परागत चालचलन; रीतिस्थितिको प्रचलन; बुढीरूढि।
76112 रसमाधुरी ना. रसभरीमा दही राखेर बनाइएको एक प्रकारको मिठाई।
76113 रसमैत्री ना. १.दुई रसको उपयुक्त मेल; गुलियो, अमिलो, पिरो आदि नबाझ्ने रसको मिलाप।
76114 रसमैत्री ना. २. परस्परमा विरोध नपर्ने रसको मिश्रण।
76115 रसरङ्ग ना. १.आमोदप्रमोद, हर्ष, उत्सव आदिमा गरिने मनोरञ्जन; मन बहलाउने काम; रमिता।
76116 रसरङ्ग ना. २. हँस्यौली; ठट्टा।
76117 रसरङ्गवती वि. रसले रंगिएकी; आमोद-प्रमोदमा मग्न स्त्री;रमाइली; मजाकी।
76118 रसराज ना. १.साहित्यशास्त्रअनुसार नवै रसहरूमा श्रेष्ठ शृङ्गार रस।
76119 रसराज ना. २. आयुर्वेदका अनुसार पारो।
76120 रसवाद ना. १.रसलाई साहित्यको प्रमुख तत्त्व मान्ने एक साहित्यिक सिद्धान्त; रसप्राधान्यवाद।
76121 रसवाद ना. २. रसिलो वा ममतापूर्ण व्यवहार; प्रेमपूर्ण बातचि।
76122 रसवाद ना. ३. ख्यालठट्टा; रमझम।
76123 रसवादी वि. १.रसवादको अनुयायी।
76124 रसवादी वि. २. ठट्टा;रमाइलो आदि रुचाउने।
76125 रसवान् वि. १.रसिलो; झोलदार; रसयुक्।
76126 रसवान् वि. २. काव्यमा चाहिने रसले युक्।
76127 रसवान् वि. ३. रसिक; ठट्यौलो।
76128 रसविरोध ना. मिसाएको खण्डमा स्वाद बिग्रने, दुई वा दुईभन्दा धेर रसको एकअर्कासितको विरोध।
76129 रसशास्त्र ना. १.साहित्यका अनुसार नवरसहरूको अध्ययन गर्ने एक शास्त्र।
76130 रसशास्त्र ना. २. आयुर्वेदका अनुसार पारोको विविध प्रयोगबारे जानकारी गराउने शास्त्र।
76131 रसशास्त्र ना. ३. रसायनशास्त्र।
76132 रस सम्प्रदाय ना. रसवादी सिद्धान्तको अनुसरण गर्ने आलोचकहरूको जमात; रसवादका अनुयायीको समूह।
76133 रससिद्ध वि. रसको अभिव्यञ्जनमा सफल भएको; रसाभिव्यक्तिको काममा सफल।
76134 रससिन्दूर ना. पारो र गन्धक मिलाई तयार गरिने एक रसौषध।
76135 रसा ना. १.भूमि; पृथ्वी।
76136 रसा ना. २. नदी; सरिता।
76137 रसा ना. ३. रसातल।
76138 रसाइ ना. १.भाँडा आदि रसाएर टाल्ने क्रियाप्रक्रिया।
76139 रसाइ ना. २. रस आउने किसिम, क्रिया वा भाव।
76140 रसाइन ना. भाँडा आदि रसाएर टाल्ने शिल्प।
76141 रसाइनु अ.क्रि. १.रस आउने होइनु।
76142 रसाइनु अ.क्रि. २. रसिनु ; रसिलो हुनु।
76143 रसाइनु अ.क्रि. क.क्रि. ३. रसाइन लगाइनु।
76144 रसाइली ना. १.रसायल भन्ने ठाउँबाट आएको व्यक्ति।
76145 रसाइली ना. २. कामीहरूको एक थर।
76146 रसाउनु अ.क्रि. १.रसले युक्त हुनु; रस भरिनु; रसिलो हुनु।
76147 रसाउनु अ.क्रि. २ रस तपतपाउनु; रस चुहिनु।
76148 रसाउनु अ.क्रि. ३. तरल पदार्थ अलिअलि गरेर निस्कनु।
76149 रसाउनु अ.क्रि. ४. मनमा दया आदि पलाउनु।
76150 रसाउनु अ.क्रि. स.क्रि. ५. खुसी तुल्याउनु; रिझाउनु; प्रसन्न पार्नु।