Dictionary

All Word

76251 रहित वि. १.कुनै पदका पछिल्तिर लागी अभाव, हीन, विनाजस्ता अर्थ बुझाउने उत्तरपद (जस्तै- दयारहित, गुणरहित,धर्मरहित दि)।
76252 रहित वि. २. विहीन; वञ्चित ( उनी सबै गुणबाट रहित छन्)।
76253 रहितत्व ना. हीनता; अभाव।
76254 रहिनु अ.क्रि. रहने होइनु ; बसिनु।
76255 रहु ना. एक जातको माछाविशेष; रोहित; रोहु।
76256 रहेपहेको वि. बचेखुचेको; बाँकीसेकी; सिलोबालो;रहलपहल।
76257 राँकिनु अ.क्रि. १.रिसले राँकोजस्तो हुनु; जङ्गिएर आगो हुनु।
76258 राँकिनु अ.क्रि. २. प्रकाशयुक्त हुनु; जाज्वल्यमान हुनु।
76259 राँकिनु अ.क्रि. ३. तागत भरिएर रनक्क हुनु; खुब मोटाउनु।
76260 राँकिनु अ.क्रि. ४. घाउखटिरा आदि सुन्निएर एकदमै टनटनाउनु।
76261 राँकी ना. नेपालका रैथाने मुसलमान व्यापारीहरूको नाम।
76262 राँकीबजार ना. काठमाडौँ इन्द्रचोकस्थित चुरा, पोते आदि व्यापार गर्ने सानो बजार; मुसलमानको बजार।
76263 राँके ना. १.श्रावणसङ्क्रान्तिका भोलिपल्टको दिन; सो दिन खास गरी तामाङ, मगर, राई, लिम्बू आदिले मनाउने चाडपर्व र मेला।
76264 राँके ना. २. तातो किसिमको हावा; लू।
76265 राँके ना. ३. बोटबिरुवाका पातहरू डढेर राता हुने एक रोग; रतङ्गे।
76266 राँके ना. वि. ४. राँकोसम्बन्धी; राँकोवाला।
76267 राँकेबतास ना. तातो हावा; पश्चिमी हावा; लु।
76268 राँकेभूत ना. अँधेरी रातमा राँकोका रूपमा देखिन्छ भनेर लोकले मानेको एक भू।
76269 राँकेहावा ना. राँके बतास।
76270 राँको ना. १.आगाको मुस्लो; अत्यन्त हुरहुराउँदो ज्वाला।
76271 राँको ना. २. बाँसका भाटा वा काठ चिरेर मुठीभर पारी सल्काइने र रातमा हिँड्दा उज्यालोका लागि प्रयोग गरिने पुल्ठो; मसाल; झर।
76272 राँको ना. ३. असह्य गर्मीको ताप।
76273 राँको ना. ४. ज्वराको ताप; भुङ्ग्रो।
76274 राँकोमुस्लो ना. १.राँको र मुस्लो।
76275 राँकोमुस्लो ना. २. आगोको विकराल रूपको बलाइ; दनदनाहट।
76276 राँक्किनु अ.क्रि. राँकिनु।
76277 राँग ना. हे. राङ (धातु)।
76278 राँगो ना. भैँसीको भाले; जोत्न वा बिजनका लागि पालिएको भाले भैँसी; महिष।
76279 राँटा ना. हे. राँटो।
76280 राँटाराँटी ना. खेतका मसिना रुम्टारुम्टी; मसिना फोगटाफोगटी।
76281 राँटे वि. राँटैराँटा पारेर जोतखन गरेको; राँटा भएको।
76282 राँटो ना. १.खनजोत गर्दा कतैकतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो।
76283 राँटो ना. २. लिपपोत गर्दा बिचमा छुटेर पोतिएको ठाउँ; टाटो।
76284 राँड ना. १.पोइ मरेर विधवा भएकी आइमाई; राँडी।
76285 राँड ना. २. रन्डी; वेश्या।
76286 राँड ना. ३. स्त्रीजातिलाई गाली गर्दा प्रयोग गरिने शब्द।
76287 राँडभाँड ना. १.जथाभावीका लाजभाँड कुरा; भाँडभैलो; अश्लील गाली।
76288 राँडभाँड ना. २. राँडी र भाँड ।
76289 राँडभाँड ना. ३. भाँड झैँ छाडा भएको राँडसमुदाय।
76290 राँडभाँड ना. वि. ४. छाडा; अश्लील।
76291 राँडाराँडी ना. १.विधुर र विधवा।
76292 राँडाराँडी ना. २. केटाकेटी ( स्नेहपूर्वक गाली गर्दा)।
76293 राँडाराँडी ना. ३. मोरामोरी ( गालीको अर्थमा )।
76294 राँडी ना. १.पतिको देहान्त भएपछिकी पत्नी;विधवा।
76295 राँडी ना. २. आइमाईलाई गाली गर्दा प्रयोग हुने शब्द; राँड; फुँडी।
76296 राँडी ना. वि. ३. लोग्ने मरेकी; पोइ मरेकी।
76297 राँडीको छोरो ना. १.बाबुको ठेगान नभएको छोरो, वेश्यापुत्र।
76298 राँडीको छोरो ना. २. लोग्नेमानिसलाई गाली गर्दा प्रयोग हुने शब्द।
76299 राँडीफुँडी ना. १.सहाय वा संरक्षक नभएकी आइमाई; निस्सहाय नारी।
76300 राँडीफुँडी ना. २. राँडी ( निन्दार्थमा)।