Dictionary

All Word

76401 रागद्वेष ना. २. आसुरी स्वभावको एक गुण; परस्परको व्यावहारिक पवित्रता कायम रहन नदिने मानसिक भाव; मनोमालिन्य; वैमनस्य।
76402 रागपरिवार ना. शास्त्रीय सङ्गीतका छवटा राग र तिसवटा रागिनी एवं तिनका शाखा- प्रशाखाहरूसमेत जम्मा चार सय चौरासी भेदको समुदाय।
76403 रागमाला ना. अनेक रागरागिनी क्रमबद्ध गरी गाइने गी।
76404 रागरङ्ग ना. १.गानाबजानासम्बन्धी रामरमिता वा रौस।
76405 रागरङ्ग ना. २. चालचलन; रङ्ग - ढङ्ग।
76406 रागरागिनी ना. राग-परिवार।
76407 रागात्मक वि. रागले भरिएको; झुकाउ र प्रेमले परिपूर्ण।
76408 रागिनी ना. सङ्गीतशास्त्रका अनुसार छ रागका तिसवटा भेदको सामूहिक नाम ( क्रमशः भैरव रागका -भैरव, वराटी, मधुमाधवी,सैन्धवी र बङ्गाली; मालकोशका तोडी, गौरी, गुणकली, खम्बावती र ककुभ; हिण्डोलका - रामकली, देशाक्षी, ललित, विलावल र पटमन्जरी;श्रीका - मालश्री, आशावरी, धनाश्री, वसन्त र मारु;मेघका - टङ्क, मल्लार, गुर्जरी, भूपाश्री र देशकारी; दीपकका - देशी, कुमुदिनी, नट, केदारा र कान्धरा )।
76409 रागिलो वि. १.राग दिने; हरक आउने; पिरो।
76410 रागिलो वि. २. रागात्मक।
76411 रागी वि. १.रङ्गमा रँगिएको; रँगाइएको; रञ्जित; रङ्गिन।
76412 रागी वि. २. विषयवासनामा फँसेको; विषयलम्पट; विषयासक्।
76413 रागी वि. ना. ३. प्रेमी; अनुरागी व्यक्ति।
76414 रागी वि. ४. राग गाउने व्यक्ति; गवैया; वस्ताज।
76415 राघव ना. १.दशरथका जेठा छोरा; रामचन्द्र।
76416 राघव ना. २. रघु नामक राजाका कुलमा उत्पन्न भएको व्यक्ति; रघुको सन्तान।
76417 राघव ना. ३. समुद्रमा हुने माछाहरूमा सबभन्दा ठुलो माछाको एक जात; ह्वेल।
76418 राघिनासे वि. १.अनुहार र जिउमा मैलोधैलो भएको; फोहोरी।
76419 राघिनासे वि. ना. २. लम्जुङको राघिनास भन्ने टारको मान्छे वा वस्तु।
76420 राघी ना. रातो वा कैलो वर्णमा सेतो वा कालो वर्ण मिसिएको गाई।
76421 राघे वि. १.रातो, कैलो वा कालो रङमा सेतो वा ध्वाँसे रङ मिसिएको; दागी रङको।
76422 राघे वि. ना. २. त्यस्तो वर्णको गोरु।
76423 राघेपाटे वि. राघे र पाटा परेका बुट्टा देखिने; टाटेपाटे; झालेमाले।
76424 राङ ना. ताप पर्दा पग्लने, वजनदार एक प्रकारको सेतो धातु; राँग।
76425 राङभाङ ना. भुवाको झुलो बनाई दर्सिनढुङ्गा र चकमकद्वारा आगो पार्ने काममा प्रयोग गरिने, साथै काठका रूपमा पनि असल मानिने एक प्रकारको लेकाली वृक्ष; लट्ठी (खासगरी लोकविश्वासअनुसार सिस्नुमा हानेर पानी निकाल्ने चाहिँ) बनाउने काममा आउने सोही वृक्ष।
76426 राच्छेस ना. / वि. हे. राक्षस।
76427 राच्छेस्नी ना. / वि. हे. राकस्नी।
76428 राज ना. १.राज्यको शासन वा व्यवस्था; राज्यसञ्चालनको कार्यभार वा दायित्व।
76429 राज ना. २. हे. राजकाज।
76430 राज ना. ३. बस्ने कार्य ( सम्मानार्थमा, जस्तै यहाँ राज होस् ) ४. राजा वा सरकारका अधिकारभित्रको इलाका; राज्य [सं. राजन्]।
76431 राज ना. ५. अन्य शब्दका पूर्व वा उत्तरपदका रूपमा प्रयोग भई, सर्वश्रेष्ठ, राजकीय, प्रधान, मुख्य आदि अर्थ बुझाउने शब्द (जस्तै- राजसभा, राजसत्ता, पण्डितराज, राजयोग, राजहाँस आदि)।
76432 राज ना. ६. राज्य।
76433 राजअङ्क ना. राजकर।
76434 राजआँप ना. ठुलोखाले फल फल्ने एक थरी आँप; राजाम्र।
76435 राजकन्या ना. राजाकी छोरी; राजकुमारी।
76436 राजकर ना. १.कुनै पनि देशको सरकारले उठाउने कर; राजस्व।
76437 राजकर ना. २. प्राचीन जमानामा रैतीले राजालाई तिर्ने गरेको कर।
76438 राजकर्मचारी ना. १.सरकारी सेवामा नियुक्त कर्मचारी; सरकारी सेवाको जागिरदार व्यक्ति।
76439 राजकर्मचारी ना. २. राजाको कर्मचारी; राजदरबारको कर्मचारी।
76440 राजकली ना. १.कृष्णकलीको जस्तो बोटमा भित्रपट्टि राताराता चारवटा पात लाग्ने, सुगन्धराज जस्तै फुल्ने, फूलको थुँगो तलतिर लर्कने एक बोट।
76441 राजकली ना. २. सोही बोटको फल।
76442 राजकाज ना. १.देशको शासनसञ्चालनको व्यवस्था; राज्यसञ्चालनको व्यवस्था; राज्यसञ्चालन।
76443 राजकाज ना. २. ऐनकानुनका आधारमा चलेको सम्पूर्ण शासनकार्य; शासन।
76444 राजकाज ना. ३. राजाको शासन।
76445 राजकाज अपराध ना. देशको शासनव्यवस्थाका विरुद्ध गरिएको अपराध; राज्यप्रति गरिएको अपराध; संविधानविरोधी अपराध।
76446 राजकाज सम्बन्धी वि. १.देशको शासनव्यवस्थासँग सम्बन्ध भएको;देशको जुनसुकै राजनीतिक व्यवहारसँग सम्बन्ध भएको।
76447 राजकाज सम्बन्धी वि. २. संविधानसँग सम्बन्धि।
76448 राजकाज सम्बन्धी मुद्दा ना. देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासन-व्यवस्थासँग सम्बन्ध भएको मुद्दा;संवैधानिक रूपमा आपत्तिजनक अपराध गर्नेका विरुद्ध चलाइने मुद्दा।
76449 राजकाजी वि. राजकाजसित सम्बन्धित; राजकाजसँग सरोकार भएको।
76450 राजकीय वि. १.राज्यसित सम्बन्ध भएको; राज्यस्तरको।