Dictionary

All Word

76501 राजदरबार ना. राजा -महाराजाहरूको निवासगृह; राजप्रासाद; राजगृह।
76502 राजदूत ना. १.एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावासीय स्तरमा खटिएको व्यक्ति।
76503 राजदूत ना. २. प्राचीन कालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुर्‍याउने दू।
76504 राजद्रोह ना. १.वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि; राष्ट्रप्रतिको अहित हुने नियतको काम।
76505 राजद्रोह ना. २. सरकार, देश वा संविधानका विरुद्ध गरिएको विद्रोह।
76506 राजद्रोहात्मक वि. राजद्रोहसम्बन्धी; राजद्रोहको।
76507 राजद्रोही वि. १.राजद्रोह गर्ने; बागी; बागियान।
76508 राजद्रोही वि. ना. २. राजद्रोह गर्ने व्यक्ति।
76509 राजद्वार ना. १.राजदरबारको ढोका; राष्ट्रपति -भवनको द्वार; सरकारको दैलो।
76510 राजद्वार ना. २. राजदरबार।
76511 राजधर्म ना. १.राजा वा सरकारको कर्तव्य।
76512 राजधर्म ना. २. देशको शान्तिसुव्यवस्था, प्रजाको सुखसमृद्धि आदिलाई लिएर राजा वा सरकारले गर्ने कार्य वा उपभोग गर्ने अधिकार।
76513 राजधानी ना. जुनसुकै देशको राजा, राष्ट्राध्यक्ष वा सरकारको प्रमुख कार्यालय रहेको ठाउँ; राष्ट्रको सम्पूर्ण प्रशासन सञ्चालन गर्ने सदर मुकाम; देशको केन्द्रीय सदर मुकाम।
76514 राजनीति ना. १.प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति।
76515 राजनीति ना. २. राज्यको शासन-व्यवस्थासम्बन्धी नीति; राज्य-सञ्चालन -प्रणाली।
76516 राजनीति ना. ३. राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्।
76517 राजनीतिक वि. राजनीतिसँग सम्बन्ध भएको; राजनीतिसम्बन्धी; राजनीतिको; राजनैतिक।
76518 राजनीतिक कारबाई ना. राजनीतिक अनुशासनको वा आचरणको सम्बन्धमा गरिने कारबाई।
76519 राजनीतिक दल ना. राजनीतिक उद्देश्यको परिपूर्तिका निम्ति तयार गरिएको पार्टी वा सङ्गठन; राजनीतिक सङ्घ।
76520 राजनीतिक बन्दी ना. राजनीतिक मुद्दामा पक्राउ परेको कैदी; राजकाज अपराधमा परेको कसुरदार।
76521 राजनीतिक भूगोल ना. राजनीतिक क्षेत्र, सीमा, जिल्ला आदिका सङ्केतलाई प्रस्ट्याउने भूगोल।
76522 राजनीतिज्ञ वि. राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने; राजनीतिशास्त्रको ज्ञाता; राजनीति बुझेको; कूटनीति जानेको।
76523 राजनीतिपीडित वि. १.राजनीतिमा लाग्नाले आर्थिक अवस्था गिरेको वा टाट उल्टेको।
76524 राजनीतिपीडित वि. ना. २. आर्थिक दृष्टिले कमजोर भएको राजनीतिक व्यक्ति।
76525 राजनीतिशास्त्र ना. राजनीतिका दर्शन र सिद्धान्तबारे सम्पूर्ण कुराहरूको व्याख्या, विवेचना, मूल्याङ्कन आदि गरिने सामाजिक विज्ञान; राजनीति - विज्ञान।
76526 राजनीतीकरण ना. औपचारिक रूपले नै राजनीतिक रूप दिने काम; अन्य घटना वा व्यवहारलाई राजनीतिक रङमा मुछ्ने काम।
76527 राजनैतिक वि. हे. राजनीतिक।
76528 राजन्य ना. १.राजा ( सम्मानका अर्थमा )।
76529 राजन्य ना. २. क्षत्रिय।
76530 राजपक्षी / राजपन्छी ना. चमेरोसँग मिल्दोजुल्दो रातमा हुल्ने एक पक्षी।
76531 राजपगरी ना. १.राजाबाट प्राप्त भएको सम्मान; राजाबाट दिइएको मानपदवी।
76532 राजपगरी ना. २. राजाले दिएको शिरपोस।
76533 राजपण्डित ना. राजदरबारका पण्डित; राजालाई कथा, पुराण आदि श्रवण गराउने पण्डित; दरबारका कथावाचक।
76534 राजपत्नी ना. राजाकी धर्मपत्नी; राजमहिषी; रानी।
76535 राजपत्र ना. सरकारी सूचना, अध्यादेश, परिपत्र, संशोधित कानुनका बुँदाहरू, सरुवाबढुवा आदिका सम्पूर्ण कुरा औपचारिक तथा आधिकारिक रूपमा छापिने पत्र; गजेट।
76536 राजपत्र अनङ्कित वि. १.नाम, पद, सरुवा, बढुवा, निवृत्ति आदिको उल्लेख गजेटमा नहुने स्तरको ( नन्ग्याजेटेड)।
76537 राजपत्र अनङ्कित वि. ना. २. नायब सुब्बा र त्यसदेखि तलका पदको कर्मचारी।
76538 राजपत्राङ्कित वि. १.नियुक्ति, सरुवा, बढुवा, छुट्टी आदिमा र निवृत्तिमा बस्दासमेत राजपत्रमा सूचना प्रकाशित हुने पदको ( गजेटेड); गजेटमा उल्लेख हुने।
76539 राजपत्राङ्कित वि. २. सरकारी कर्मचारीहरूमा शाखाप्रमुख र सोभन्दा माथिका पदको; नायबसुब्बाभन्दा माथिका पदको।
76540 राजपथ ना. १.ठुलठुला सवारीका साधन चल्न सक्ने, कालोपत्र छापेको सडक; पक्की सडक।
76541 राजपथ ना. २. मूल सडक; राजमार्ग।
76542 राजपथिक वि. १.राजमार्ग भएर यात्रा गर्ने।
76543 राजपथिक वि. ना. २. राजमार्गको यात्री।
76544 राजपद ना. १.राजा आसीन हुने स्थान; राजाको प्रतिष्ठा; राजाको पद।
76545 राजपद ना. २. राजाले दिएको पद; सरकारी जागिर।
76546 राजपद्धति ना. राजकाज सञ्चालन गर्ने पद्धति; देशको राजनीतिक प्रणाली; राजनीति; राष्ट्रको संवैधानिक व्यवस्था।
76547 राजपरिवार ना. राजाका जहान वा परिवार।
76548 राजपरिषद् ना. राजाका शासनकालमा राजाकै अधीनमा गठन हुने विशेष अधिकारसम्पन्न सभा।
76549 राजपलाँस ना. कोइरालाका जस्तै आकारका फुस्रा र खस्रा पात हुने, खैरा र लाम्चा फूल फुल्ने एक जातको पलाँस।
76550 राजपाट ना. राज्यसञ्चालनका सम्पूर्ण काम- कारबाई; राजकाज।