Dictionary

All Word

77451 रूपान्तरण ना. १.रूपान्तर हुने वा रूपान्तर गर्ने काम; कुनै वस्तुको एक रूपबाट अर्को रूपमा र एक अवस्थाबाट अर्को अवस्थामा गरिने परिवर्तन।
77452 रूपान्तरण ना. २. अनुवाद; उल्था।
77453 रूपान्तरित वि. रूपान्तर भएको वा गरिएको; रूप फेरिएको।
77454 रूपान्तरित भाषा विज्ञान ना. चम्स्कीद्वारा प्रणीत भाषाविज्ञानको एक अत्याधुनिक परिपाटी।
77455 रूपामक्खी ना. हे. रुपामक्खी।
77456 रूपायन ना. शब्दको रूपावली तयार गर्ने प्रक्रिया; लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष, वाच्य, भाव आदि व्याकरणात्मक अर्थ दिने प्रत्ययद्वारा शब्दका विभिन्न रूपहरूको रचना; इनफ्लेक्सन।
77457 रूपायित वि. १.रूपायन प्रक्रिया भएको।
77458 रूपायित वि. २. विभक्ति प्रत्यय आदि गाँसिएर नयाँ रूप लिएको।
77459 रूपावली ना. एउटै शब्दका एकभन्दा बढी रूपहरूको समूह।
77460 रूपासे ना. हे. रुपासे।
77461 रूपिणी वि. १.रूप भएकी; रूपवती; सुन्दरी।
77462 रूपिणी वि. २. समान रूपकी; सदृश (स्त्री)।
77463 रूपिम ना. शब्दको लघुतम, अविभाज्य र सार्थक एकाइ।
77464 रूपी वि. १.अरूको रूप लिएको हो कि भनेजस्तो; रूपधारी; अवतारी।
77465 रूपी वि. २. राम्रो लाग्ने; सुन्दर।
77466 रूप्म ना. १.चाँदी।
77467 रूप्म ना. २. चाँदीको मुद्रा ( रुपियाँ, मोहर, सुकी आदि)।
77468 रूप्म ना. वि. ३. राम्रो; सुन्दर।
77469 रूप्मक ना. रुपियाँ।
77470 रे ना. १.सङ्गीतका सात स्वर ( सा रे ग म प ध नि. मध्ये एक; ऋषभ स्वरको चिह्न।
77471 रे ना. २. निम्न श्रेणी मानिएको मानिसलाई सम्बोधन गरिने शब्द; अरे; ओ।
77472 रे ना. (उदा.- रे ब्याधा, तैँले यति राम्रो चरालाई किन मारिस्?)।
77473 रे निपा. लख काट्दा वा प्रत्यक्ष थाहा नभएको कुरो बताउँदा वाक्यको पुछारमा प्रयोग हुने शब्द; अरे (उदा.- भान्दाइ पनि घर आउनुभएको थियो रे।)।
77474 रेकड / रेकर्ड ना. १.स्थायित्व वा प्रामाणिकताका निम्ति पछिसम्म सुरक्षित राखिने कागतपत्र, लेखटिपोट आदि; अभिलेख।
77475 रेकड / रेकर्ड ना. २. मिसिल।
77476 रेकड / रेकर्ड ना. ३. ग्रामोफोन, टेप आदिका गीतहरू भरिएको चक्का; रिकाट।
77477 रेकड / रेकर्ड ठेटर / थिएटर ना. चलचित्रको ध्वनि अङ्कन गर्ने ठाउँ।
77478 रेकर्डिङ वि. रेकर्ड भएको वा गरिने।
77479 रेकर्डिङ स्टुडियो ना. रेकर्ड गरिने कक्ष; रेकर्ड - थिएटर।
77480 रेख ना. १.हेरविचार पुर्‍याउने काम; हेरचाह।
77481 रेख ना. २. आफ्नो मातहतको हक; स्वत्व।
77482 रेखजोख ना. हेर्नेजाँच्ने काम; रेखदेख।
77483 रेखदेख ना. हेर्ने र ख्याल गर्ने काम; देखरेख; हेरचाह।
77484 रेखा ना. १.निर्धारित दिशामा लम्किएको मसिनु र लामो धर्को; डोरो।
77485 रेखा ना. २. आकार; रूप; चिह्न।
77486 रेखा ना. ३. सामुद्रिक शास्त्रअनुसार शुभ-अशुभ फल बताउने हात, गोडा, निधार, पैताला आदिको चिह्न।
77487 रेखागणित ना. रेखाहरूका माध्यमले गणितका सिद्धान्तको प्रतिपादन गरिने गणितको एक भेद।
77488 रेखाङ्कन ना. चित्र आदि बनाउनका निम्ति पहिले तयार पारिने रेखाको आकार; खाका; रूपाङ्कन।
77489 रेखाङ्कित वि. रेखा अङ्कित भएको; धर्को तानिएको।
77490 रेखाङ्कित चेक ना. खातामा जम्मा भएर मात्र भुक्तानी हुने चेक (क्रस-चेक)।
77491 रेखाङ्कित मापदण्ड ना. रेखाहरूका आधारमा निकालिने परिमाण;रेखाद्वारा छुट्ट्याइने नापो।
77492 रेखाचित्र ना. १.रेखैरेखाद्वारा तयार भएको चित्र; खाका।
77493 रेखाचित्र ना. २. श्रव्यकाव्यमा गद्य फाँटअन्तर्गत; कथाभन्दा भिन्न खालको एक रूप; धर्का-चित्र।
77494 रेखाचित्रण ना. रेखाचित्र तयार पार्ने काम; खाकाखिचाइ।
77495 रेखात्मक वि. रेखा वा धर्का भएको।
77496 रेखात्मक पद्धति ना. रेखाद्वारा कुनै समस्या वा सूत्रको हल गरिने विधि।
77497 रेखाङ्कित सही ना. हातका बुढीऔँलाको छाप; औँठाछाप।
77498 रेखापत्र ना. १.विशेष सूचना आदि ज्ञान गराउन रेखाबाट बनेका चित्र अङ्कित भएको पत्र।
77499 रेखापत्र ना. २. सानासाना खाना (कोठा वा ग्राफ) बनाएर तालिका आदिको रूपमा दिइएको विवरण।
77500 रेखापत्र ना. ३. समुद्रको गर्भमा भएका चट्टान, डरलाग्दो ठाउँ आदि देखाउन समुद्री जहाजका कप्तानले प्रयोग गर्ने रेखाङ्कित पत्र।