Dictionary

All Word

77601 रेसुङ्गा ना. नेपालको गुल्मी जिल्लामा पर्ने, ऋष्यशृङ्ग ऋषिले तपस्या गरिएको भनी प्रसिद्ध स्थान वा आश्रम।
77602 रैकर ना. अरू कसैको अधीनमा नभएको, रैती आफैँले सरकारमा तिरो तिरेर कमाउने जग्गा; तिरो वा बाली तहसिल गर्ने गरी सरकारद्वारा रैतीलाई कमाउन दिएको जग्गा; राजगुठी र सरकारी लिखतबाहेकको, राज्यकरको प्रत्यक्ष रूपमा रहेको गैह्र जग्गा।
77603 रैकौंचँ ना. मास आदिको पिठोमा हरिया सागपातका त्यान्द्रासमेत मिलाई मस्यौराजस्तै गरी घाममा सुकाएर बनाइने तरकारीविशेष (तराईक्षेत्रमा प्रचलित)।
77604 रैक्रिया ना. कारणवश मरेको रातपछि ढिकुरो उठाइने र ढिकुराको काम एकदुई दिनमै सकी गरिने क्रिया; छोटकरी क्रिया।
77605 रैतान ना. १.रैती वा मोहीहरूको समूह।
77606 रैतान ना. २. दुनियाँ (दिव्य.)।
77607 रैतानी ना. १.रैतानको काम; किसानी।
77608 रैतानी ना. वि. २. रैतानसम्बन्धी; रैतानको।
77609 रैतानी ना. ३. रैतीसम्बन्धी; रैतीको।
77610 रैती ना. १.कुनै देशको भूभागमा घरजम गरी बस्ने मानिस; प्रजा; दुनियाँ (उदा.- रैती मोटा भया दरबार बलियो रहन्या छ। दिव्य.)।
77611 रैती ना. २. अरूको जग्गा कमाउने व्यक्ति; मोही (उदा.- त्यो काजीले रैतीलाई तह लाएर खान सकेन)।
77612 रैती दुनियाँ ना. देशका साधारण किसान र अरू निवासी।
77613 रैतेलो रैतीका रूपमा रहेको व्यक्ति; रैतानको बासिन्दा।
77614 रैथाने वि १.कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी।
77615 रैथाने वि २. ठालु; श्रेष्ठ ।
77616 रैथाने वि ना. ३. स्थानपति; क्षेत्रपाल।
77617 रैन ना. ज्यादै सानो कण; रेणु;धुलो; छारो।
77618 रैन ना. रात वा रातीको विश्राम, जस्तो- रैनबसेरा (घर, स्थान)।
77619 रैबन्दी ना. १.बराबरी गरिएको भाग; दामासाही; एकनासको बन्डा।
77620 रैबन्दी ना. २. कर वा मूल्य आदि तोक्ने काम।
77621 रैबन्दी ना. १.रैतीका नाउँमा जग्गाजमिन दर्ता गर्ने काम वा त्यस्तो दर्ता गरिएको जग्गाको मालपोत दर्तावाल रैतीले नै बुझाउने व्यवस्था।
77622 रैबन्दी ना. २. रीतिथिति।
77623 रैबारे ना. मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा 'सम्चार ' अर्थमा प्रयुक्त खबर ल्याउने-लैजाने मानिस; खबर ओहोरदोहोर गर्ने मान्छे; समाचारवाहक;सन्देशदूत; हलकारा।
77624 रैमट्ट ना. १.विभिन्न वस्तु एकै ठाउँमा पार्ने वा मिलाउने काम; छ्यासमिस; सरोबर।
77625 रैमट्ट ना. २. हुँडल्ने काम; फाँड्ने काम; नामेट।
77626 रैयत ना. रैतीहरूको जमात; रैती; दुनियाँ ।
77627 रैयत ना. (उदा.- सारा रैयतको प्रसन्न मन भो...... ।- भानुभक्त आचार्य)।
77628 रैयती वि. रैयतसित सम्बन्धित; रैयतको।
77629 रैयाँ ना. १.बालाका छाँटको, बाहिरी भागमा चुच्चो-चुच्चो काँडा निकालिएको, नाडीमा लगाइने चाँदीको बाला।
77630 रैयाँ ना. ( पश्चिममा प्रायः मगर जातिका स्त्रीहरूले रैयाँ लगाउने गर्छन्।) २. बिधुवीले लगाउने धातुको चुरी।
77631 रैरकम ना. रकमे रकमकलम।
77632 रोइ ना. रुने काम।
77633 रोइकराइ ना. १.रुने र कराउने काम; अलापविलाप; रुवाबासी।
77634 रोइकराइ ना. २. दुःखपुकारा।
77635 रोइला ना. एक चरणमा आठ वा बाह्र मात्रा हुने एक प्रकारको चुड्के लोकगी।
77636 रोक्नु स.क्रि. १.भइरहेको कुनै कामकुरो बीचैमा छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु।
77637 रोक्नु स.क्रि. २. हुन लागेको कामकुरा हुन नदिनु; प्रतिबन्ध लगाउनु; निषेध गर्नु; मनाही गर्नु।
77638 रोक्नु स.क्रि. ३. भाँजी हाल्नु; छेक्नु; थुन्नु।
77639 रोक्नु स.क्रि. ४. सवारीसाधन आदिलाई अड्याउनु; अगाडि जान नदिनु; थाम्नु।
77640 रोक ना. १.रोक्ने काम; रोक्का; रोकावट; प्रतिबन्ध।
77641 रोक ना. २. मनाही; निषेध।
77642 रोकटोक ना. १.रोक्का गर्ने, हड्कने काम; प्रतिबन्ध; मनाही।
77643 रोकटोक ना. २. निषेध गर्नका लागि गरिने सोधपुछ।
77644 रोकड ना. १.नगद रुपियाँ; धन; पुँजी।
77645 रोकड ना. २. धरौट; नासो।
77646 रोकड बही ना. प्रतिदिनको हिसाबकिताब लेखिने बही।
77647 रोकड बाँकी ना. आम्दानीखर्चको जोडघटाउपछि बच्ने रोकड वा नगद धन।
77648 रोकथाम ना. कुनै कामकारबाईलाई रोक्ने-अड्याउने काम वा प्रयत्न।
77649 रोकसिङ ना. गलैँचा बुन्ने चौकोसको भित्र तल्लापट्टि ऊनी धागो आदि अल्झाउन राखिने र गलैँचा बुनिँदै जाने डन्डी वा लट्ठी।
77650 रोकाइ ना. रोक्ने भाव, क्रिया वा प्रक्रिया।