Dictionary

All Word

77751 रोप ना. २. रोकावट; रोक।
77752 रोपकार ना. हे. रोबकार।
77753 रोप केबुल ना. रोपवेको क्यारियर अड्ने तार।
77754 रोपण ना. १.खेतबारी आदिमा बोटबिरुवाहरू लगाउने काम।
77755 रोपण ना. २. स्थापना गर्ने काम।
77756 रोपण ना. ३. घोच्ने काम; घोपाइ।
77757 रोपन ना. १.विवाहकार्यमा आइमाईले पानीमा पिठो मुछेर हाल्ने रेखी।
77758 रोपन ना. २. रोपण।
77759 रोपन खेती ना. रोपेर गरिने खेती; धान, कोदो आदिको खेती।
77760 रोपनी ना. १.५,४७६ वर्गफुट जमिनको नापो; चार मुरी माटाको परिमाण।
77761 रोपनी ना. २. रोप्ने काम।
77762 रोपलाइन ना. मालसामान फल्याक, बाकस आदिमा राखी ल्याउन लैजान टाँगिएको बिजुलीको सहायताले चल्ने फलामे तारले बुनेको मोटो डोरी; रोपवे; रज्जुमार्ग।
77763 रोपवे ना. रोपलाइन; रज्जुमार्ग।
77764 रोपाइँ ना. खेतालाहरू लगाई खेत रोप्ने काम।
77765 रोपाइँ जात्रा रोपाइँमा गरिने नाचगान, ख्यालठट्टा आदिको रमिता; हिलेजात्रा।
77766 रोपार / रोपाहार ना. खेतमा धानको बिउ रोप्ने खेताला (प्रायः स्त्रीहरू )।
77767 रोपुवा वि. ब्याडमा उम्रेको बिउ उखेलेर फेरि रोपेको ( धान, फर्सी, काँक्रो, सागपात आदिको बोट)।
77768 रोपो ना. रोपेका धान र कोदाको बिउ नसप्रेसम्मको बोट।
77769 रोब ना. १.बढ्ता वा फोस्रो खालको ढाँचा; रबाफ; धाक।
77770 रोब ना. २. प्रताप; तेज।
77771 रोबकार ना. १.अड्डाका सामुन्ने कुनै कुराको निर्णय गर्न दुई थरी झगडियालाई सँगै राखी गरिने कुनै काम; रोपकार।
77772 रोबकार ना. २. रोहबर; साक्षात्कार।
77773 रोबदार वि. रोब राख्ने; रोब भएको।
77774 रोबदार वि. (उदा.- हरि मानिस त निकै रोबदार रहेछन्।)।
77775 रोबरवाफ ना. धाक र ढाँचाकाँचा; तडकभडक।
77776 रोम ना. युरोप महादेशमा पर्ने इटाली देशको राजधानी।
77777 रोम ना. १.केश; रौँ (खास गरी टाउकादेखि बाहेक शरीरका अन्य भागको)।
77778 रोम ना. २. प्वाँख; भुत्ला।
77779 रोमकूप ना. छालामा रौँहरू उम्रेका ठाउँमा हुने मसिना प्वाल।
77780 रोमद्वार ना. रोमकूप।
77781 रोमन वि. १.प्राचीन रोम ( रूम) देश वा नगरको।
77782 रोमन वि. ना. २. प्राचीन रोम देशको बासिन्दा।
77783 रोमन वि. ३. अङ्ग्रेजी आदि विभिन्न युरोपेली भाषा लेखिने एक लिपि।
77784 रोमहर्ष ना. रौँरौँपर्यन्त पुलकित हुने अवस्था; रोमाञ्च; पुलक।
77785 रोमहर्षक वि. रोमहर्ष पैदा गर्ने।
77786 रोमहर्षण ना. १.हर्ष, भय, शोक आदिले शरीरका रौँहरू पनि ठाडाठाडा हुने स्थिति; रोमाञ्च हुने काम।
77787 रोमहर्षण ना. २. पुराणप्रसिद्ध एक ऋषि।
77788 रोमहर्षण ना. वि. ३. देख्तैमा भयङ्कर; भीषण।
77789 रोमाञ्च ना. हर्ष, भय, शोक आदिले शरीर जुरुङ्ङ भई रौँहरू ठडिने चाल वा अवस्था; रोमहर्षण।
77790 रोमाञ्चित वि. रोमाञ्च भएको; पुलकि।
77791 रोमान्टिक वि. १.विशेषतः व्यक्ति वा कल्पनाप्रधान भावभूमि तथा साहित्यिक शैली भएको।
77792 रोमान्टिक वि. २. रोमान्ससम्बन्धी।
77793 रोमान्स ना. १.उत्साह, कल्पना र भावुकताप्रधान कार्य, विचार वा आचरण।
77794 रोमान्स ना. २. भावुकताप्रधान प्रेम।
77795 रोमान्स ना. ३. कल्पनाप्रधान आदर्शवादी कथा।
77796 रोमावलि / रोमावली ना. १.रौँहरूको पङ्क्ति।
77797 रोमावलि / रोमावली ना. २. नाइटोदेखि मास्तिरको ठाडा रौँको लहर।
77798 रोमिल वि. १.रौँले ढाकिएको।
77799 रोमिल वि. २. झुसैझुसले व्याप्।
77800 रोमिल वि. (उदा.- कहिले शस्यमा भन्थे शैल रोमिल माधुरी- ल. प्र. देवकोटा, 'सुलोचना'। )।