Dictionary

All Word

77851 रोहो ना. कुनै कामकुराको ठिक मेसो मिलेको ढाँचा; रोह।
77852 रोहोटे वि. १.रोहोटो भएको।
77853 रोहोटे वि. २. उँभो जाने; रोटे।
77854 रोहोटे वि. ना. ३. एक जातको कर्कलोविशेष।
77855 रोहोटे कमिलो ना. हे. रोटे - कमिलो।
77856 रोहोटे पिङ ना. हे. रोटेपिङ।
77857 रोहोटो ना. पानी जमेको सानो खाल्टो; सानो- तिनो पोखरी।
77858 रौँ ना. जिउमा उम्रने प्रायः कालो र मिहिन सूत्रजस्तो वस्तुविशेष; रउँ; रोम; केश।
77859 रौँचिरा वि. साह्रै लोभी र धुतारो; कण्टक।
77860 रौँचिरा वि. कुनै पनि वस्तुको भित्री भागसम्म खोतल-खातल गर्ने स्वभाव भएको।
77861 रौँजरा ना. मूल जरा वा शाखा जराबाट निस्केका मिही जरा; मसिना धागे जरा।
77862 रौँदालो ना. निकासविना खाँदिएर घुमेको पानीको भल वा प्रवाह।
77863 रौँदालो ना. २. कामको मेलोमेसो हराएको अवस्था।
77864 रौँदी ना. महामारी रोग।
77865 रौँप्रमाण ना. साह्रै कम्ती परिमाण; अत्यन्त थोरै अवकाश।
77866 रौतेला ना. राजाको उत्तराधिकारी; युवराज।
77867 रौतेलारौतेली ना. रौतेलो र रौतेली; राजकुमार- राजकुमारी।
77868 रौतेली ना. राजकुमारी; कुमारी; कुँवारी।
77869 रौतेलो ना. राजकुमार; कुमार; कुँवर।
77870 रौद्र ना. १.आलम्बन शत्रु, उद्दीपन शत्रुको चेष्टा, दोष आदि, अनुभाव मुड्की हान्नु आदि, सञ्चारी भाव आँखा राता पार्नु, आवेग, सेखी आदि र स्थायी भाव क्रोध हुने, साहित्यका नौ रसमध्ये एक रस।
77871 रौद्र ना. वि. २. रुद्रसम्बन्धी; रुद्रको जस्तो।
77872 रौद्र ना. ३. डरलाग्दो; भयङ्कर; प्रचण्ड; रिसाहा।
77873 रौद्रता ना. रौद्र हुने अवस्था वा चाल; प्रचण्डता; उग्रता।
77874 रौनक ना. १.चहलपहल हुने स्थिति; चमकदमक; झलीमिली।
77875 रौनक ना. २. सौन्दर्य; शोभा।
77876 रौप्य ना. १.चाँदी।
77877 रौप्य ना. वि. २. चाँदीबाट बनेको; चाँदीको।
77878 रौरव वि. १.डरलाग्दो; भयङ्कर।
77879 रौरव वि. २. रुरु नामको मृगका छालाले बनेको।
77880 रौरव वि. ना ३. गरुडपुराणमा वर्णित एक्काइस महानरकमध्ये एक नरक।
77881 रौरा ना. नाचगान सिकाउने वा नाचगानको उठान गर्ने मुख्य गुरु वा गुरुआमा।
77882 रौस ना. केही कुरा पाउन, कुनै कामकुरा गर्न वा कतै जानका निम्ति हर्कले उम्लिएको मनको वेग; हौसिएको इच्छा; रउस।
77883 रौसाइ ना. रौसिने काम वा किसिम।
77884 रौसाइनु क.क्रि. रौस लिइनु।
77885 रौसाउनु स.क्रि. रौस मान्नु।
77886 रौसिनु अ.क्रि. रौस मान्नु।
77887 रौसिली वि. रौस मान्ने (स्त्री)।
77888 रौसिलो वि. कुनै कामकुरामा उत्साहपूर्वक अघि सर्ने; रौस मान्ने (उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन।)।
77889 रौसे वि. रौस गर्ने; रौस भएको; उत्साही।
77890 रौस्याइ ना. रौस्याउने क्रिया वा प्रक्रिया।
77891 रौस्याइनु क.क्रि. रौसिन लाइनु।
77892 रौस्याउनु प्रे. क्रि. रौसिने पार्नु।
77893 रौस्याहट ना. रौसिनेपन।
77894 रौस्याहा वि. रौस गर्ने (व्यक्ति); रसिक।
77895 र्‍याँर्‍याँ क्रि.वि. र्‍याइँर्‍याइँ।
77896 र्‍याइँर्‍याइँ क्रि.वि. १.सारङ्गी, बेला आदि तारबाजाहरू बजाउँदा आवाज आउने चालले; र्‍याँर्‍याँ।
77897 र्‍याइँर्‍याइँ क्रि.वि. २. करौँतीले काठ चिर्दा र घट्ट, जाँतो आदि घुम्दा शब्द निस्के जस्तै गरी।
77898 र्‍याक ना. काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सरसामान राख्ने, खापा नभएको खुला खण्डे दराज।
77899 र्‍याखऱ्याख क्रि.वि. बेसमारी हकार्ने वा झपार्ने चालले।
77900 ऱ्याखऱ्याखी / ऱ्याखऱ्याख्ती क्रि.वि. अझ छिटो ऱ्याखऱ्याख हुने गरी।