Dictionary

All Word

77501 रेखापत्र ना. ४. उपभोग्य वस्तुका उत्पादन र मूल्य, तापमानको घटबढ आदि रेखाद्वारा देखाइने पत्र।
77502 रेखाबन्ध ना. कुनै विवादास्पद ठाउँमा व्यवस्थित तरिकाले सीमा छुट्ट्याउन लगाइने चिह्न; सीमारेखा।
77503 रेखी ना. १.कुनै धार्मिक मङ्गलकार्यमा देवता वा पूजाका पात्रहरूको स्थापनाका लागि अबिर, पिठो आदिले बनाइने चित्रमण्डल।
77504 रेखी ना. २. सानो वा मसिनु रेखा; धर्को।
77505 रेखो ना. सानो सेतो टुक्रो; डोरो; धर्को।
77506 रेखोपाखो ना. वरिपरि फिँजिएको वा फैलिएको थुप्रै पाखो जग्गा।
77507 रेगिस्तान ना. मरुभूमि।
77508 रेचक ना. १.दिसा लगाउने वा पखाला गराउने काम; जुलाफ।
77509 रेचक ना. २. दिसा लगाउने औषधी।
77510 रेचक ना. ३. प्राणायाम गर्दा सास बिस्तारै निकाल्ने विधि।
77511 रेचक ना. ४. कुनै पदार्थमा मिसिएको खराब तत्त्वलाई पृथक् पार्ने प्रक्रिया।
77512 रेचक ना. वि. ५. दिसा लगाउने; पखाला गराउने।
77513 रेचकी ना. प्राय: एकपैसेदेखि पच्चिसपैसेसम्मको चानचुने सिक्का; चानचुन; खुद्रा।
77514 रेचन ना. १.दिसा लगाउने काम वा त्यसका लागि खाइने औषधी।
77515 रेचन ना. २. कुनै पदार्थलाई शोधन गर्ने काम।
77516 रेचन ना. ३. प्राणायाम गर्दा भित्र तानेको श्वास बाहिर निकाल्ने प्रक्रिया।
77517 रेचन्का ना. अँडिरको समूहमा पर्ने, फलमा ग्रन्थि र रौँ भएको एक जातको वनस्पति।
77518 रेचित वि. १.रेचनक्रियाद्वारा बाहिर निकालिएको; जुलाफ गरिएको।
77519 रेचित वि. ना. २. नृत्यमा हातले भाउ लाउने एक प्रकार।
77520 रेचित वि. ३. घोडाको एक चाल।
77521 रेजगारी / रेजगी ना. रेचकी।
77522 रेजा ना. कुनै लेख, सूची, नामावली आदिमा छानिएको वा आवश्यक ठाउँमा लाइने विशेष चिनु (ख)।
77523 रेजिडेन्ट ना. १.आफ्नो देशको प्रतिनिधि भएर अर्को देशमा गई बस्ने राजकर्मचारी।
77524 रेजिडेन्ट ना. २. निवासी; बासिन्दा।
77525 रेजिमेन्ट ना. १.सेनाको कम्पनीभन्दा ठुलो समूह; गण।
77526 रेजिमेन्ट ना. वि. २. भएभरको; रिजिमन्ट; सम्पूर्ण।
77527 रेट्नु अ.क्रि. १.करौँतीले काटे जस्तै गरी काट्नु; सेर्नु।
77528 रेट्नु अ.क्रि. २. अरुलाई मर्का पार्ने किसिमले वा कसेर मोल लिनु।
77529 रेट्नु अ.क्रि. ३. कुनै धारिलो साधनले अर्को कुनै वस्तुमा घोट्नु।
77530 रेट्नु अ.क्रि. ४. सारङ्गी, बेला आदि तारबाजा बजाउनका निम्ति गजाले घोट्नु।
77531 रेट्नु ना. ग्राहक, असामी, मोही आदिलाई रेटेर वा कसेर रकम लिने व्यक्ति; रेटाहा मानिस (उदा.- साहिँलो साहुजस्तो रेट्नु त यो गाउँमा अरू कोही पनि छैनन्)।
77532 रेट ना. भाउ; दर।
77533 रेटाइ ना. रेट्ने काम वा किसिम।
77534 रेटाइनु क.क्रि. रेट्न लाइनु; सेराइनु।
77535 रेटाउनु प्रे. क्रि. रेट्न लाउनु; सेराउनु।
77536 रेटाहा वि. रेट्ने वा कस्ने स्वभावको; चुइयाँ।
77537 रेटिनु क.क्रि. रेट्ने काम गरिनु; सेरिनु।
77538 रेटीरेटी / रेटेरेटे ना. रेट्ने वा काट्ने काम; काटीकाटी (प्रायः बालबोलीमा)।
77539 रेडक्रस ना. विशेषतः युद्ध, प्राकृतिक सङ्कट वा दुर्घटना आदिका समयमा जनसेवाको काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था; सोही उद्देश्यले शाखा वा सङ्गठनका रूपका कुनै देशमा स्थापित र सञ्चालित निकाय; सेवा-संस्थान।
77540 रेडिएटर ना. इन्जिनलाई चिसो पार्न पानी दौडाउने जालीदार उपकरण।
77541 रेडियम ना. एक किसिमको प्रकाशमय बहुमूल्य खनिज धातु।
77542 रेडियो ना. १.तारको सम्बन्ध नभईकनै बिजुलीको सहायताद्वारा टाढाटाढाका शब्द ग्रहण गर्ने तथा खबर आदिको प्रसारण गर्ने प्रसिद्ध यन्त्र।
77543 रेडियो ना. २. एक्सरेद्वारा चित्र खिच्ने यन्त्र।
77544 रेडियो नाटक ना. रेडियोद्वारा प्रसारित हुने नाटक; ध्वनिनाटक।
77545 रेडियो वार्ता ना. १.रेडियोद्वारा प्रसारित गर्न लेखिएको कुनै एक प्रसङ्गमा आधारित लेख।
77546 रेडियो वार्ता ना. २. रेडियोमा प्रसारित गर्न दिइने वा लिइने अन्तर्वार्ता।
77547 रेडियोलजी ना. एक्सरेको फोटोका आधारमा रोगको निदान गर्ने विज्ञान।
77548 रेणु ना. १.धुलाको मसिनु कण; चूर्ण।
77549 रेणु ना. २. बालुवा।
77550 रेणु ना. ३. फूलको पराग।