Dictionary

All Word

78051 लखेट्नु स.क्रि. १. हिर्काउन वा मार्नका लागि कसैको पिछा गर्नु; आखेट गर्नु; खेदो गर्नु।
78052 लखेट्नु स.क्रि. २. कुनै वस्तुलाई धपाउनु; लगार्नु।
78053 लग ना. १. एक जनालाई दिनभरमा गर्न तोकिएको काम; एक जनाले एक दिनमा भ्याउने वा गरिसक्ने काम; एक खेतालाको मेलो।
78054 लग ना. २. नजिक; नेर; छेउ।
78055 लग ना. (उदा.- सबैले तपाईंकै लगमा काम गरिदिए छिटै काम सकिन्थ्यो )।
78056 लगड ना. फापरबाट बनाइएको चटामरी।
78057 लगडीझगडी ना. परस्परमा हुने तानातान वा झैझमेला; लछारपछार; सङ्घर्ष।
78058 लगत ना. १. कुनै कामका लागि चाहिने नगद वा जिन्सी मालमत्ताको जम्माजम्मी विवरणसहितको सूची; फिरिस्तविशेष।
78059 लगत ना. २. ठेकिएको दरबन्दी अङ्क वा त्यस्तो दरबन्दीको स्रेस्ता।
78060 लगतनापी ना. कुनै स्थान वा जग्गाको लगत खडा गर्न गरिएको नापी।
78061 लगत्तै क्रि.वि. उत्ति नै खेरि; उत्निखेरै; तत्काल; तुरुन्तै; तात्तातै।
78062 लगन ना. १. विवाह, व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको योग वा मुहूर्त (उदा.- लगनको बेलामा हगन, लगन पनि लेखियो, केटाको ढङ्ग पनि देखियो - उखान )।
78063 लगन ना. २. कुनै कामकुरामा दत्तचित्त भएर लाग्ने काम; तल्लीनता; लगाइ।
78064 लगन ना. (उदा.- कुनै पनि काममा लगन हुनुपर्छ)।
78065 लगनगाँठो ना. वरवधूको दाम्पत्यप्रेम स्थिर रहोस् भन्ने दृष्टिले कन्यादानका समयमा जनै, पान, सुपारी आदि माङ्गलिक वस्तु आँचलमा हालेर मन्त्रपूर्वक पारेको गाँठो; लग्नग्रन्थि।
78066 लगनगाँठो ना. (लगनगाँठो कन्यादानका समयदेखि चतुर्थीसम्म दुलहीका कम्मरमा बाँधिराखिन्छ)।
78067 लगनशील वि. लगन भएको; काममा दत्तचित्त रहने।
78068 लगनी ना. १. कुनै कामकुरामा तल्लीन भएर लाग्ने काम।
78069 लगनी ना. २. एक जनाले दिनभरमा गर्न सक्ने वा भ्याउने काम; मेलो; लग।
78070 लगनी ना. ३. उद्योग वा व्यवसाय।
78071 लगभग क्रि.वि. पुगनपुग; झन्डैझन्डै ; नजिकनजिक।
78072 लगल ना. बाजी रहेको खेलमा जित्नेले हार्नेसँग लिन बाँकी रहेको रकम।
78073 लगल ना. (उदा.- तिमीसँग मेरो पच्चिस रुपियाँ लगल भइसक्यो, देऊ न )।
78074 लगलग क्रि.वि. ठन्डी, डर, कमजोरी आदि कुनै कारणले शरीर काँप्ने वा हल्लने चाल; लुगलुग; थुरथुर।
78075 लगलगती / लगलगी क्रि.वि. अझ छिटो लगलग हुने गरी।
78076 लगा १ ना. १. कुनै परिधि वा घेराभित्रको भाग; इलाका; हाता।
78077 लगा १ ना. २. मातहती जग्गा आदिको किल्ला; साँध; सीमा।
78078 लगा २ ना. जग्गा नाप्ने काममा प्रयोग गरिने नौ हात नापो भएको टाँगो; लग्गी।
78079 लगाइ ना. १. लग्ने क्रिया वा प्रक्रिया।
78080 लगाइ ना. [√ लाग (+आइ)] २. लाग्ने क्रिया वा प्रक्रिया।
78081 लगाइ ना. [लगाउ + आइ] ३. लगाइने वा कामकुरामा प्रवृत्त गराउने क्रिया-प्रक्रिया।
78082 लगाइनु क.क्रि. १. लगाउने काम गरिनु; लाइनु।
78083 लगाइनु क.क्रि. २. कुनै कामकुरामा प्रवृत्त गराइनु।
78084 लगाइपगाइ ना. लगाउनेवर्ने काम; अह्राउ - पहाउ।
78085 लगाउनु स.क्रि. १. शरीरमा वस्त्र धारण गर्न; पहिरनु।
78086 लगाउनु स.क्रि. २. रङ आदि पोत्नु वा घस्नु; लेपन गर्नु।
78087 लगाउनु स.क्रि. ३. कुनै कामकुरामा धन वा मनको उपयोग गर्नु।
78088 लगाउनु स.क्रि. ४. बोटबिरुवा आदि रोप्नु; लाउनु।
78089 लगाउनु स.क्रि. ५. अरूको छुल्याइँ वा चुक्ली गर्नु।
78090 लगाउनु स.क्रि. ६. अर्थ, भाव, अभिप्राय आदि प्रकट गर्नु।
78091 लगाउनु स.क्रि. ७. कुनै काम वा कुरोमा लाग्न कसैलाई प्रेरित गर्नु।
78092 लगाउनु स.क्रि. प्रे. क्रि. ८. लाग्ने तुल्याउनु; लाग्ने पार्नु।
78093 लगातार क्रि.वि. एकनाससित वा एकपछि अर्कोको सिलसिला नटुटीकन; निरन्तर; बराबर।
78094 लगान ना. १. काममा लाग्ने वा दरबन्दी- अनुसारको खर्च; लगानी।
78095 लगान ना. २. झारफुकेका अनुसार भूतपिशाच, डाइनीबोक्सी, वायु आदि लागेर हुने आकस्मिक रोग; व्यथाको कारण।
78096 लगानी ना. १. कसैलाई ब्याज लिने गरी सरसापट दिइएको धन।
78097 लगानी ना. २. कुनै उद्योग उत्पादनका निम्ति पहिले गरिएको खर्च।
78098 लगानी ना. ३. सरकारलाई तिर्नुपर्ने मालपोत वा भूमिकर।
78099 लगानी ना. ४. लागुभागु; लागभाग।
78100 लगापात ना. घरघडेरीसहित वरिपरि वा छेउछाउमा रहेको कुनै पनि जग्गाजमिन; चर्चिएको जग्गा वा त्यसको सेरोफेरो।