Dictionary

All Word

78651 लपेटुवा वि. १. लपेटिएको; बेरिएको।
78652 लपेटुवा वि. ना. २. फर्सीको जस्तो पात हुने, काँडादार साना फल फल्ने एक बोट वा त्यसैको फल; झिम्झिरीटा।
78653 लपेटो १ ना. १. लपेट्ने वा बेर्ने काम; लपटो।
78654 लपेटो १ ना. २. लपेट्ने वस्तु।
78655 लपेटो १ ना. ३. रबरको बेरुवा नली।
78656 लपेटो २ ना. कसैलाई हत्केलाले दिएको थप्पड; लबटो।
78657 लपेस ना. १. गाँसेर बिट नउठाइएको पातको टपरी।
78658 लपेस ना. २. लाफो; पत्तल।
78659 लप्काइ ना. लप्काउने भाव, क्रिया वा प्रक्रिया।
78660 लप्काइनु क.क्रि. लप्काउने काम गरिनु; चाटिनु।
78661 लप्काउनु स.क्रि. १. चाटेर खानु।
78662 लप्काउनु स.क्रि. २. धेरै खानु।
78663 लप्काउनु स.क्रि. ३. ठगी गर्नु; ठगेर खानु वा तान्नु।
78664 लप्किनु क.क्रि. चाटिनु; धेरै खाइनु; ठगिनु; लप्काइनु।
78665 लप्को ना. आगाको ज्वाला; लपट; मुस्लो; राँको।
78666 लप्टन ना. १. जङ्गी सेवातर्फ कप्तानदेखि मुनिको एक सैनिक पद; उपसेनानी।
78667 लप्टन ना. २. अघिको अमिनी अदालतमा रहने हाकिम।
78668 लप्टनी ना. लप्टनको पद वा काम।
78669 लप्प क्रि.वि. लपक्क।
78670 लप्पनछप्पन ना. हे. लपनछपन।
78671 लप्रक्क क्रि.वि. लर्कने गरी; लर्काएर।
78672 लप्सी ना. बकैनाका जस्ता पात हुने लस्सादार अमिलो गुदी भएको फल फल्ने एक वृक्ष वा त्यसैको फल; श्लेष्मान्तक; लौसी।
78673 लफङ्गो वि. १. कुनै काम कुरो नहेरी त्यसै लन्छिएर हिँड्ने; कामकाजको रेखदेख नगर्ने; बेकम्मा।
78674 लफङ्गो वि. २. खराब आचरण भएको; बदमास।
78675 लफन्दर वि. १. धेरै बोल्ने; बतौरे।
78676 लफन्दरे वि. लफन्दरो।
78677 लफन्दरो वि. १. बेकम्मा; रद्दी।
78678 लफन्दरो वि. २. लफङ्गो।
78679 लफन्धर वि. १. धेरै बोल्ने; फतौरो।
78680 लफन्धर वि. २. स्वास्नी मरेको; राँडो।
78681 लफन्धरी वि. १. धेरै बोल्ने (स्त्री); फतौरी।
78682 लफन्धरी वि. २. पोइ मरेकी; राँडी।
78683 लफरलफर क्रि.वि. लफलफाउने खालका लुगा हल्लाएर।
78684 लफलफ क्रि.वि. १. पानी आदिले भिजेका लुगा लाउँदा शरीरमा बराबर टाँसिने गरी; लफ्य्राक - लफ्याक।
78685 लफलफ क्रि.वि. वि. २. भिजेको; रुझेको।
78686 लफलफाइ ना. लफलफाउने भाव, क्रिया वा प्रक्रिया।
78687 लफलफाइनु अ.क्रि. लफलफ होइनु।
78688 लफलफाउँदो वि. लफलफ गर्दो; भिजेर तर भएको।
78689 लफलफाउनु अ.क्रि. १. लुगा भिजी शरीरमा च्याप्प - च्याप्प टाँसिनु।
78690 लफलफाउनु अ.क्रि. २. पानीले बेसरी रुझ्नु; निथ्रुक्क हुनु।
78691 लफुङ्गो वि. हे. लफङ्गो।
78692 लफ्रक्क क्रि.वि. भिजेको वा लामो भएको लुगा हल्लने वा भुइँमा घस्रने चालसित; लफलफ।
78693 लफ्य्राकलफ्य्राक क्रि.वि. १. भिजेको लुगा शरीरमा च्याप्प टाँसिने गरी; लफलफ।
78694 लफ्य्राकलफ्य्राक क्रि.वि. २. लफङ्गो भएर हिँड्ने चालसित; विनाकामले हल्लिएर।
78695 लफ्य्राक्क क्रि.वि. धेरै पाँजिएर लफ्रक्क हुने गरी।
78696 लबज ना. १. शब्द; पद।
78697 लबज ना. २. वचन; बोली।
78698 लबज ना. ३. भन्ने तरिका; भनाइ।
78699 लबज ना. ४. अभिप्राय।
78700 लबटो ना. १. हर्थुङ्गोदेखि जोरेका औँलाका टुप्पासम्मको आकार; हत्केलो; लपेटो।