Dictionary

All Word

78701 लबटो ना. २. त्यस्तो आकारले गरेको प्रहार; थप्पड।
78702 लबट्याइ ना. लबट्याउने भाव, क्रिया वा प्रक्रिया।
78703 लबट्याइनु क.क्रि. लबटाले हानिनु।
78704 लबट्याउनु स.क्रि. १. लबटाले हान्नु; थप्प्याउनु।
78705 लबट्याउनु स.क्रि. २. गाँस हाल्दै धमाधम खानु, गप्फ्याउनु।
78706 लबर वि. १. झुटो कुरा गर्ने; ढँटुवा; फटाहा।
78707 लबर वि. २. धेरै बोल्ने; गफडी; गफी।
78708 लबरचट्टा वि. १. फटाइँ गरेर ठग्दै हिँड्ने।
78709 लबरचट्टा वि. २. मुखले जगतै मार्ने।
78710 लबरपाँडे वि. १. नाटकमा हास्यरसको अभिनय गर्ने ( पात्र); विदूषक।
78711 लबरपाँडे वि. २. ठट्यौलो; हँस्सीमजाक गर्ने।
78712 लबरपाँडे वि. ३. जतासुकै पनि कुरो ठिक्क पार्न जान्ने; लबारो।
78713 लबरल्वाँठ वि. लण्ठ; बेकम्मा।
78714 लबरी ना. लबरको काम वा स्वभाव।
78715 लबरस्वाँठ वि. मूर्ख; गोबरगणेश; लहू।
78716 लबरो वि. हे. लबर।
78717 लबर्चट्टा वि. १. ढँटुवा; लबट्टु; ढाँट।
78718 लबर्चट्टा वि. २. धूर्त; चोट्टा; ठग।
78719 लबर्चट्टा वि. ३. लफुङ्गो।
78720 लबर्चट्टु वि. लबर्चट्टो।
78721 लबस्तरी ना. १. 'लबस्तरो' को स्त्रीरूप; नकच्चरी; फलफले।
78722 लबस्तरी ना. २. नहरनी वा छुरा उध्याउने छाला।
78723 लबस्तरो वि. १. लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो।
78724 लबस्तरो वि. २. कामकुरामा बाधा पार्ने।
78725 लबस्तरो वि. ना. ३. नहरनी वा छुरा उध्याउने छाला।
78726 लबस्तऱ्याइँ ना. लबस्तराको भाव वा चाल।
78727 लबार वि. हे. लबर।
78728 लबारचोट्टा वि. लबरचोट्टा।
78729 लबारपाँडे वि. लबरपाँडे।
78730 लबारो वि. हे. लबार।
78731 लबालब वि. मुखसम्म हुने गरी भरिएको; टनाटन; भरिपूर्ण।
78732 लबिधरे वि. मोटो र अग्लो कदको; ठुलो काँटको; लर्दू; धिरी।
78733 लबेद ना. वेदे रूढिपरम्परा; पुरानो रीतिरिवाज; लोकाचार।
78734 लबेदा ना. मयलपोस; दौरा।
78735 लब्ध वि. १. हासिल गरिएको; प्राप्।
78736 लब्ध वि. २. गणितमा भाग आदि गर्दा प्राप्त भएको (उत्तर; लब्धि; भागफल )।
78737 लब्ध वि. ३. बोध भएको।
78738 लब्ध वि. ४. कमाएको; अर्जि।
78739 लब्धकाम वि. अभीष्ट काम पूरा भएको; इच्छित पदार्थ प्राप्त भएको।
78740 लब्धकीर्ति वि. प्रसिद्ध; विख्यात; नामुद; विश्रु।
78741 लब्धप्रतिष्ठ वि. प्रतिष्ठित; लब्धकीर्ति।
78742 लब्धाङ्क ना. परीक्षा आदिमा प्राप्त भएको अङ्क; प्राप्ताङ्क।
78743 लब्धाङ्कपत्र ना. लब्धाङ्क दिइएको पत्र (मार्कसिट)।
78744 लब्धि ना. १. प्राप्ति; अभिग्रहण।
78745 लब्धि ना. २. लाभ; फाइदा।
78746 लब्धि ना. ३. गणितमा भागफल।
78747 लभनावली ना. साधारण हरियो पात हुने करबीरका जातको एक वनस्पति।
78748 लभानी ना. एक दुई फिट लामा पात हुने, झुप्पामा राता फूल फुल्ने र लप्सीका जस्ता फल फल्ने, सिउँडीका जातको बोटविशेष।
78749 लभ्य वि. १. पाउन योग्य; प्राप्त गर्न लायक।
78750 लभ्य वि. २. उपयुक्त; उचि।