Dictionary

All Word

80901 वध्य वि. मार्न लायक; मार्नुपर्ने।
80902 वध्य वि. २. प्राणदण्ड दिन उचि।
80903 वध्यचिह्न ना. प्राणदण्ड दिइने अपराधीलाई लगाइने चिनु।
80904 वध्यभूमि ना. प्राणदण्ड दिने स्थान; वधभूमि।
80905 वन ना. थुप्रै रुख तथा बोटबिरुवाहरू उम्रेर बाक्लो भएको क्षेत्र; जङ्गल; झाडी; बन।
80906 वन ना. २. बगैँचा।
80907 वन ना. ३. दशनामी सन्न्यासीहरूले पाएको एक उपाधि।
80908 वन उद्योग ना. वनको संरक्षण तथा संवर्धन गरी प्राकृतिक सम्पदा बढाउने उद्योग।
80909 वन उपखण्ड ना. वनको खण्डभित्रको खण्ड।
80910 वन उपोदकी ना. वनमा हुने एक जातको पवै; बनपवै।
80911 वनकदली ना. बनकेरा।
80912 वनकरी ना. जङ्गली हात्ती।
80913 वनकुक्कुट ना. बनकुखुरो; लुइँचे।
80914 वनकुञ्जर ना. जङ्गली हात्ती; वनकरी।
80915 वनकुसुम ना. जङ्गलमा फुल्ने एक जातको कुसुम फूल; बनैयाँ कुसुम।
80916 वनक्षेत्र ना. वनको साँधसिमाना छुट्ट्याइएको वा बन्देज गरिएको निर्धारित क्षेत्र।
80917 वनखण्ड ना. टुक्राटुक्रीमा विभाजित वन, सानो जङ्गल।
80918 वनगढ ना. वनको किल्ला।
80919 वनचम्पक ना. बनचाँप; काठेचाँप।
80920 वनचर ना. वनमा बस्ने वा घुम्ने प्राणी; जङ्गली प्राणी।
80921 वनचर ना. २. बनकर;बाँदर।
80922 वनचर ना. ३. जन्तुः पशु।
80923 वनचारी वि. वनमा बस्ने वा घुम्ने (प्राणी)।
80924 वनज वि. वनमा उत्पन्न हुने; जङ्गली; बनैयाँ।
80925 वनजन्तु ना. वनमा हुने वा बस्ने जन्तु वा प्राणी; जङ्गली जनावर।
80926 वनतुलसी ना. बाबरी।
80927 वनदमना ना. हिमालयमा पाइने एक जातको दमना।
80928 वनदुर्ग ना. राष्ट्ररक्षाका लागि वनलाई नै किल्लाका रूपमा प्रयोग गरिने स्थान।
80929 वनदेवता ना. वनका अधिष्ठात्री देवता।
80930 वनदेवता ना. स्त्री. वनदेवी।
80931 वननाशन ना. कुनै क्षेत्रलाई जङ्गलले रहित पार्ने वा आवादी बसाउन जङ्गल फाँड्ने काम।
80932 वनपथ ना. जङ्गलको बाटो, वनको बिचबाट जानुपर्ने बाटो।
80933 वनपथ ना. २. डढेलो आदिबाट जोगाउन र यातायातको सुविधासमेतका लागि वनलाई खण्डखण्ड गरी छुट्ट्याएर बनाइएको बाटो।
80934 वनभूमि ना. वनले ढाकिएको जमिन; वनस्थली।
80935 वनभोज ना. बनभात; बनभतेर।
80936 वन महोत्सव ना. वनको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले अनेक बोटबिरुवा लगाई गरिने उत्सव।
80937 वनमानुष ना. बनमान्छे।
80938 वनरक्षक ना. वनजङ्गलको सुरक्षा गर्ने वा वनलाई विनाश हुनबाट जोगाउने व्यक्ति;वनपाल; बनपाले।
80939 वनरोपण ना. पाखामैदानमा वन वा जङ्गल लगाउने काम।
80940 वनमाला ना. जङ्गली फूल वा फूलपातहरू उनेर बनाइएको माला।
80941 वनमाला ना. २. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल - यी पाँचथरी फूल उनेर गाँसिएको माला।
80942 वनमाली वि. वनमाला पहिरने।
80943 वनमाली वि. ना. २. कृष्ण।
80944 वनमाली वि. ३. लहराहरूबाट स्वागतद्वार आदि सजाइने र फलबाट विस्फोटक वस्तु तयार पार्न काम लिन सकिने एक जातको लहरो।
80945 वनवाटिका ना. वन र वाटिका ; वनउपवन।
80946 वनवास ना. वनको वास वा वनमा बस्ने काम।
80947 वनवास ना. २. धार्मिक दृष्टिले सजाय भोग्न वा निराधार भई गरिने वनको बसाइ।
80948 वनवासी वि. वनमा बस्ने; जङ्गलनिवासी।
80949 वनविज्ञान ना. वनजङ्गलको विषय वा वृक्षरोपण आदिसम्बन्धी विज्ञान वा शास्त्र।
80950 वन व्यवसाय ना. वनजङ्गल बढाउने र रुखपात, काठ, आदि वनपैदावारको बिक्रीवितरण गरिने काम।