Dictionary

All Word

80751 वकालतनामा ना. आफ्नो प्रतिनिधि भई अदालतमा मुद्दाको बहस वा पैरबी गर्न कसैलाई दिइनेलिइने अधिकारपत्र वा मन्जुरनामा।
80752 वकिल ना. कसैको प्रतिनिधि भएर अदालतमा गई वकालत गर्न अधिकार पाएको व्यक्ति; कानुनव्यवसायी।
80753 वकिल ना. २. राजदूत वा राजप्रतिनिधि।
80754 वकिली ना. वकिलको काम वा व्यवसाय।
80755 वकुल ना. हे. बकुल।
80756 वक्तव्य ना. कुनै विषयवस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो, वक्तृता, कथन।
80757 वक्तव्य ना. वि. २. भन्नुपर्ने वा भन्न उचित; कथनीय।
80758 वक्ता ना. कथापुराण आदि भन्ने व्यक्ति; वाचक।
80759 वक्ता ना. २. भाषण दिने वा बोल्ने व्यक्ति।
80760 वक्ता ना. वि. ३. भन्ने वा बोल्ने भाषण दिने।
80761 वक्तृता/वक्तृत्व ना. भाषण गर्ने खुबी वा चतुऱ्याइँ; वाक्कौशल।
80762 वक्तृता/वक्तृत्व ना. २. प्रवचन; भाषण।
80763 वक्र वि. टेढो; बाङ्गो।
80764 वक्र वि. २. कुप्रिएको; कुप्रो।
80765 वक्र वि. ३. विपरीत गतिमा चलेको (ग्रह, दृष्टि आदि )।
80766 वक्रगति ना. टेढो चाल; उल्टो वा बाङ्गो गति।
80767 वक्रगति ना. २. मङ्गलग्रह।
80768 वक्रगति ना. वि. ३. उल्टो गति वा क्रियाकलाप भएको।
80769 वक्रगामी वि. टेढो चाल चल्ने; वक्रगतिमा जाने वा चल्ने।
80770 वक्रता ना. वक्र हुनाको भाव वा स्थिति; बाङ्गोपन; टेढोपन।
80771 वक्रता ना. २. बेइमानी।
80772 वक्रतुण्ड ना. गणेश।
80773 वक्रतुण्ड ना. २. सुगा।
80774 वक्रदृष्टि ना. रिस जनाउने हेराइ; टेढो नजर; कुदृष्टि।
80775 वक्रदृष्टि ना. २. टेढो आँखो।
80776 वक्रोक्ति ना. श्लिष्ट शब्दद्वारा गरिने उपहास वा व्यङ्ग्य।
80777 वक्रोक्ति ना. २. काव्यमा काकु वा श्लेषद्वारा भिन्न अर्थ गर्दा पर्ने एक अर्थालङ्कार।
80778 वक्रोक्ति प्राधान्यवाद ना. शब्द र अर्थ दुवैमा कुरो घुमाएर चमत्कार देखाइनुलाई काव्यको आत्मा मान्ने सिद्धान्।
80779 वक्रोक्तिवाद ना. काव्यशास्त्रका आचार्य कुन्तकद्वारा प्रतिपादित उक्तिवैचित्र्य नै काव्यको आत्मा हो भनी मान्ने एक काव्यसिद्धान्।
80780 वक्रोक्तिवादी वक्रोक्तिवादको समर्थक वा अनुयायी।
80781 वक्ष ना. छाती।
80782 वक्षस्थल ना. छाती; वक्ष।
80783 वक्षस्थल ना. (उदा. तिम्रो शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो- सिद्धिचरण)।
80784 वक्षोज / वक्षोरुह ना. कुच; स्तन।
80785 वगला ना. बगलामुखी।
80786 वगलामुखी दश महाविद्यामध्ये एक।
80787 वङ्ग ना. कपासको ढिंडी; रुवो।
80788 वङ्ग ना. २. राङ धातु।
80789 वङ्ग ना. ३. बङ्गलादेश।
80790 वङ्ग ना. ४. भारतमा पर्ने एक क्षेत्र; पश्चिम बङ्गाल।
80791 वचन ना. मानिसका मुखबाट निस्कने वा उच्चरित हुने कुनै पनि सार्थक शब्द बोली; वाणी; भनाइ; कथन।
80792 वचन ना. २. पक्कापक्की गरिने कुरो; कबुल; प्रतिज्ञा।
80793 वचन ना. ३. शास्त्रमा बताइएको विधिविधानसम्बन्धी कुरो वा सूत्र।
80794 वचन ना. ४. कुनै कामका निम्ति कसैलाई गरिने आज्ञा; आदेश।
80795 वचन ना. ५. व्याकरणमा शब्दका रूपबाट एक वा एकभन्दा धेरै बुझाउने विधान वा त्यस्तो सङ्ख्या (जस्तो- एकवचन बहुवचन आदि)।
80796 वचनपत्र ना. सरकारले जनतासँग ऋण लिएर अमुक व्यक्तिबाट यति ऋण लिइएको छ र त्यसको ब्याज यस हिसाबले दिनुपर्छ भनी लेखिएको पत्र; ऋणपत्र।
80797 वचनबद्ध वि. आफूहरूमा मात्र सीमित कुनै काम गर्न वा नगर्न प्रतिज्ञा गरेको वचन दिएको, कबुलमा बाँधिएको।
80798 वचनबद्धता ना. वचनबद्ध हुने भाव वा स्थिति; वचन दिने वा कलमा बाँधिने काम।
80799 वचन लाउनु टु. चित्त दुख्ने गरी भन्नु।
80800 वचन लाउनु टु. (उदा.- यसरी मुटु छेड्ने वचन नलाऊ न।)।