Dictionary

All Word

80651 लौहयुग ना. मानिसले सर्वप्रथम फलामे हतियार बनाउन थालेको ऐतिहासिक समयावधि।
80652 ल्यवाइ ना. ल्याउने क्रिया वा प्रक्रिया।
80653 ल्याइनु क.क्रि. लिएर आइनु।
80654 ल्याइता / ल्याइते वि. विधिविधानपूर्वक विवाह नगरी त्यसै ल्याइएकी (स्त्री); रखौटी; भित्रेनी।
80655 ल्याउनु स.क्रि. १. कुनै धनमाल, कुरा, मानिस आदि लिएर आउनु।
80656 ल्याउनु स.क्रि. २. कमाइ, आमदानी आदि भित्र हुल्नु।
80657 ल्याउनु स.क्रि. ३. स्वास्नी भित्र्याउनु।
80658 ल्याकत ना. हे. ल्याग।
80659 ल्याकत जाँच ना. ल्यागतजाँच।
80660 ल्याकत दार वि. ल्यागतदार।
80661 ल्याकती वि. ल्यागती।
80662 ल्यागत ना. उपयुक्त वा योग्य हुने स्थिति; योग्यता; लायकपन।
80663 ल्यागतजाँच ना. ल्यागत जाँच्ने काम; योग्यतापरीक्षा (टेस्ट)।
80664 ल्यागतदार वि. ल्यागत भएको; ल्यागती; लायक; योग्य।
80665 ल्यागती वि. ल्यागत पुगेको; ल्यागतदार।
80666 ल्याङफ्याङ ना. १. बेढङ्गको लवाइ; छन्द न बन्दको पहिरन।
80667 ल्याङफ्याङ ना. २. व्यवस्था नमिलेको कामकारवाई।
80668 ल्याङल्याङ क्रि.वि. १. कुनै घर, कोठो आदि साह्रै ठुलो र लामो हुने गरी।
80669 ल्याङल्याङ क्रि.वि. २. हल्लने वा हल्लाउने चालले।
80670 ल्याङल्याङी/ल्याङल्याङ्ती क्रि.वि. अझै बढी ल्याङल्याङ भएर।
80671 ल्याटिन ना. इटाली देशमा प्रचलित प्राचीन भाषा।
80672 ल्यात्त क्रि.वि. गिलो वा लेसाइलो पदार्थ चुहिने वा लेसारिने चालसि।
80673 ल्यान्डरोभर ना. ठुलो खालको र बलियो जिप गाडी।
80674 ल्यापल्याप क्रि.वि. कुनै तरल खानेकुरो आदि जिभ्राले चाट्ने वा चाटेर खाने चालसँग।
80675 ल्यापल्यापती/ ल्यापल्यापी क्रि.वि. अझ क्रमिक रूपले ल्यापल्याप गरी।
80676 ल्याप्चे ना. औँठामा छापमसी दलेर शङ्खचक्रको रेखा प्रस्ट देखिने गरी गरिने सहीछाप; औँठाछाप।
80677 ल्याप्प क्रि.वि. १. कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर।
80678 ल्याप्प क्रि.वि. २. लेसाइलो खानेकुरो एकै खेपमा चाट्ने गरी।
80679 ल्याफल्याफ क्रि.वि. १. पानीले भिजेका लुगाफाटो आदि हल्लने वा हल्लँदा शब्द आउने गरी।
80680 ल्याफल्याफी/ल्याफल्याफ्ती क्रि.वि. अझ ल्याफल्याफ भएर।
80681 ल्यासल्यास क्रि.वि. लेसाइलो पदार्थ बराबर टाँसिने वा लेसिने गरी।
80682 ल्यासल्यासी/ल्यासल्यास्ती क्रि.वि. अझ छिटो ल्यासल्यास भएर।
80683 ल्यासे मैजू ना. तरुनी नेवार्नी।
80684 ल्यासे वि. तरुनी; ठिटी।
80685 ल्यु ना. चौँरीको ऊनबाट बनाइएको राडी।
80686 ल्वाँग ना. हे. ल्वाङ।
80687 ल्वाँगे वि. १. कामकुरा गर्ने सिप वा ढङ्ग नभएको।
80688 ल्वाँगे वि. २. भद्दा जिउको र बेकम्मा (मानिस)।
80689 ल्वाक्क क्रि.वि. धेरै वस्तु खास गरी रुपियाँपैसा एकै खेप दिने वा पाउने गरी।
80690 ल्वाक्क पवाक्क क्रि.वि. यताउति गरी वा टाक्कटुक्क मिलाएर; छ्वाय-फ्वाय।
80691 ल्वाङ ना. मसिना पात हुने एक जातको बोट र त्यसैको मसलाका निम्ति प्रसिद्ध ससानो सुगन्धी फूल।
80692 ल्वाङ किलो ना. ल्वाङको फूलजस्तो र छत्तादार सानो फलामे किलो।
80693 ल्वाङ फुल ना. १. कानमा लगाइने ल्वाङका आकारको फुली।
80694 ल्वाङ फुल ना. २. एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल।
80695 ल्वाडे ना. ल्वाँगे।
80696 ल्वातल्वात क्रि.वि. नटुटाई र थोरथोरै पस्ने निस्कने गरी।
80697 ल्वातल्वाती क्रि.वि. अझै ल्वातल्वात भएर; ल्वातल्वा।
80698 ल्वात्त क्रि.वि. कुनै कमलो वस्तुमा लामो कुरो एकै चोटि पस्ने वा निस्कने गरेर; ल्वाम्म।
80699 ल्वापल्वाप क्रि.वि. थोरथोरै तर क्रम नटुटाई लाग्ने वा चाट्ने गरी।
80700 ल्वापल्वापी/ल्वापल्वाप्ती क्रि.वि. अझै बेसी ल्वापल्वाप भएर।