Dictionary

All Word

80701 ल्वामल्वाम क्रि.वि. अलिअलि र क्रम नटुटाई पस्ने वा गाडिने गरी।
80702 ल्वामल्वामी/ल्वाम ल्वाम्ती क्रि.वि. अझै ल्वामल्वाम हुने गरी।
80703 ल्वाम्म क्रि.वि. कमलो वा नरम ठाउँमा कुनै लामो कुरो एकै चोटि पस्ने वा गाडिने गरी; स्वाम्म।
80704 ल्वासल्वास क्रि.वि. १. नरम गिलो पदार्थ क्रम नटुटाई र थोरथोरै टाँसिने गरी।
80705 ल्वासल्वास क्रि.वि. २. ल्वामल्वाम।
80706 ल्वासल्वासी/ल्वासल्वास्ती क्रि.वि. अझै ल्वासल्वास भएर।
80707 ल्वास्स क्रि.वि. नरम वा गिलो पदार्थ तीव्र र शीघ्र रूपमा टाँस्ने, लगाउने गरी।
80708 ल्हाफेवा ना. थकाली जातिले तिब्बती पात्रोअनुसार प्रत्येक बाह्र वर्षमा आउने 'बाँदर वर्ष' पारेर कार्तिक महिनामा मनाउने कुलदेवताको पूजा, जुलुस र धार्मिक ग्रन्थको पाठसहितको बाह्रवर्षे जात्रा वा उत्सव।
80709 ल्हाम ना. हिमाली भेगका महिलाहरूले जाडोमा लगाउने लुगाविशेष।
80710 ल्होसार ना. १. महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको पहिलो दिन।
80711 ल्होसार ना. २. सो दिनमा मनाउने पर्व।
80712 ल्होसार ना. ३. मञ्जुश्री ज्योतिष परम्पराअनुसार अग्नि वृषभमा मानिने २८३३ वर्ष अघिदेखि मानिएको संवत्।
80713 देवनागरी वर्णमालाको उनन्तिसौं; व्यञ्जन कण्ठोष्ठ्य; घोष,अल्पप्राण, अर्धस्वर व्यञ्जन; तलथोप्ली व।
80714 वंश ना. बाँस।
80715 वंश ना. २. ढाडको हाड; मेरुदण्ड।
80716 वंश ना. ३. नाकको डाँडी।
80717 वंश ना. ४. परिवार; कुल; खलक; खानदान।
80718 वंश ना. ५. सन्तति; सन्तान; लहरो।
80719 वंशकर्पूर ना. वंशलोचन।
80720 वंशधर ना. वंशलाई जोगाइरा राख्ने पुरुष; कुलको रक्षा गर्ने पुरुष; वंशको रक्षक।
80721 वंशधर ना. २. सन्तान।
80722 वंशपरम्परा ना. कुनै वंशको अक्षुण्ण रूपमा चल्दै आएको परम्परा वा क्रम।
80723 वंशलोचन ना. पोथी बाँसको गुदीमा जम्ने र औषधीका रूपमा प्रयोग हुने चिनीजस्तो पदार्।
80724 वंशलोचन ना. (मेघ गर्जने अवस्थामा स्वाती नक्षत्र परेका बेला बाँसभित्र पानी जमेपछि वंशलोचन बन्छ भन्ने लोकविश्वास छ)।
80725 वंशवृक्ष ना. कुनै वंशका मूल पुरुषदेखि लिएर त्यस वंशका वर्तमान कालसम्मका मानिसहरूको शाखासन्ततिको क्रम लेखिएको तालिका।
80726 वंशवृक्ष ना. २. बाँसको बोट।
80727 वंशस्थ ना. प्रत्येक चरणमा बाह्र अक्षर हुने, जगण, तगण, जगण र रगणले एक पाउ बन्ने र पाँच अक्षरमा यति हुने एक वार्णिक छन्द।
80728 वंशागत वि. वंशमा परम्पराका रूपमा चलेर आएको; वंशपरम्पराबाट प्राप्।
80729 वंशाणु ना. वंशानुगत गुणहरू सार्ने; अति सूक्ष्म वस्तु;जीवमा वंशानुगत रूपमा रहने अणु।
80730 वंशानुक्रम ना. वंशपरम्परा।
80731 वंशावली ना. कुनै वंशमा जन्मेका मानिसहरूको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमानुसार बनाइएको नामको तालिका।
80732 वंशावली ना. २. वंशको वृत्तान्त; पुर्ख्यौली।
80733 वंशी ना. बाँसुरी।
80734 वंशी ना. २. रगत बग्ने नसा।
80735 वंशी ना. ३. वंशलोचन।
80736 वंशी ना. ४. कुनै नाम शब्दको पछिल्तिर लागी त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द।
80737 वंशी ना. (जस्तै - रघुवंशी, शाहवंशी आदि)।
80738 वंशी ना. वि. ५. वंशसम्बन्धी; वंशको; वंशीय।
80739 वंशीधर ना. कृष्ण।
80740 वंशीधर ना. वि. २. बाँसुरी लिएर हिँड्ने; हातमा बाँसुरी लिएको।
80741 वंशीय वि. बंसियार।
80742 वंशीय वि. २. कुनै नाम शब्दको पछिल्तिर जोडिने र त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द; वंशी (जस्तै- सूर्यवंशीय, चन्द्रवंशीय आदि)।
80743 वंशोद्भव वि. कुनै वंशमा पैदा भएको; कुनै कुलमा जन्मेको; वंशोत्पन्न।
80744 वंश्य वि. वंशीय।
80745 वंश्य वि. ना. २. वंशको व्यक्ति।
80746 वंश्य वि. ३. पूर्वज; पुर्खा।
80747 वंश्य वि. ४. सन्तान।
80748 वकार ना. व' अक्षर; अन्तःस्थ वर्गको चौथो वर्ण।
80749 वकालत ना. अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई साधिकार रूपले बहस वा पैरबी गर्ने काम; वकिलको काम।
80750 वकालत ना. २. कुनै कुरामा प्रमाण वा तथ्यसहित गरिने जिरह।