Dictionary

All Word

80601 लोहिया ना. ऊनबाट बुनिने एक प्रकारको ओढ्ने वस्त्र।
80602 लोहेसे ना. तोरीको तीन पल्ट पेलिएको पिना।
80603 लोहो ना. रग।
80604 लोहो ना. २. माछाको पित्।
80605 लोहोटा ना. पानी सारिने वा हालिने, धातुबाट बनेको डल्लो आकारको प्रसिद्ध भाँडो; लोटा।
80606 लोहोटी ना. सानो लोहोटा; लोटी।
80607 लोहोमुते ना. हे. लोमुते।
80608 लोहोरी ना. १. सानो लोहोरो।
80609 लोहोरी ना. २. आगो फुक्ने बाँस आदिको ढुङ्ग्रो।
80610 लोहोरे वि. लोहोरोजस्तो; लोहोरोका आकारको।
80611 लोहोरे आँप ना. लोहोरोजस्तो देखिने एक जातको आँप।
80612 लोहोरो ना. सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने, फलाम वा ढुङ्गाको लाम्चो गोलो उपकरण; सिलौटाको बत्ता।
80613 लोहोसे ना. प्रायः बालनमा आफू नबोलीकन मडारिएर मात्रै अभिनय प्रदर्शित गरी दर्शकहरूलाई हँसाउने पात्र वा हास्यकार; विदूषक।
80614 लौ निपा. स्वीकृति, विस्मय, आश्चर्य, उदेक आदि जनाउँदा प्रयोग गरिने शब्द।
80615 लौ निपा. (उदा.- लौ, यो काम मै गर्छु। हुन्छ लौ, तिमी जाऊ। हेर, त्यहाँ के भएछ लौ !)।
80616 लौँठी ना. घामपानीले समेत हतपत नभिज्ने खासगरी साँगु बनाउन प्रयोग गरिने एक प्रकारको काठ।
80617 लौँडे ना. ढिँडो, पानीरोटी आदि पकाइने एक प्रकारको भुजुङ्गो; लुँडे।
80618 लौका ना. तरकारी खाइने, तुम्बाका जातको लामो र डोलो लहरे फल।
80619 लौकाट ना. कुखुराका जातको, ध्वाँसे भुइँमा सेता टीकाटीका परेका प्वाँख हुने, कराउँदा 'लौकाट - लौकाट' भनेजस्तो सुनिने एक चरो; गिनीफोर।
80620 लौकाठ ना. अगाडिपट्टि हरिया र चिल्ला तथा पछाडिपट्टि खैरा र खस्रा पात हुने, पहेँला फूल फुल्ने एक जातको रुख वा अमिल्च्याहा गुलियो स्वाद हुने, भित्र साह्रो बियाँ भएको, पहेँलो रङको त्यसैको फल।
80621 लौकिक वि. १. लोकसित सम्बन्धित; यस लोकको; सांसारिक।
80622 लौकिक वि. २. लोकव्यवहारसुहाउँदो; व्यावहारिक।
80623 लौकिक विवाह ना. वैदिक वा धार्मिक विधिअनुसार नभई वरवधू स्वयं संलग्न भएर वैधानिक रूपमा गरिने आधुनिक बिहे।
80624 लौकिक संस्कृत ना. वैदिक संस्कृतमा रहेको विविध रूपलाई नियन्त्रित गरिएको संस्कृत भाषा; वैदिककालभन्दा पछि चलेको संस्कृत भाषा।
80625 लौकी ना. १. सानो लौको।
80626 लौकी ना. २. लौका; लौको।
80627 लौको ना. लौका; लौकी।
80628 लौखा वि.बो. १. बिर्सेको कुरो सम्झेर पछुतो जनाइने शब्द; ज्या।
80629 लौखा वि.बो. (उदा.- लौखा ! बारीका तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! झोला त बसमै पो छुटेछ)।
80630 लौखा वि.बो. २. कसैलाई हप्काउँदा वा खुच्चिङ मार्दा प्रयोग हुने शब्द ( उदा.- लौखा ! बारीको तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा ! बल्ल तँलाई ठिक भो)।
80631 लौत निपा. आँट, मन्जुरी, खप्की आदि जनाउँदा प्रयोग गरिने शब्द।
80632 लौत निपा. (उदा.- लौत, आजैदेखि पढ्न थाल। लौत मलाई छो मात्र, तेरा बङ्गारा झार्छु)।
80633 लौन वि.बो. कसैलाई कुनै काम गर्न/गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द।
80634 लौन वि.बो. (उदा.- लौन, बिन्ती भन्छु एक खेप सहरसम्म गइदिनोस्। लौन, त्यहाँ त सर्प आयो!)।
80635 लौन नि वि.बो. अझ आत्तिएर गुहारिने शब्द।
80636 लौन नि वि.बो. (उदा.- लौन नि ! त्यहाँको मारमुङ्ग्री म हेर्न सक्तिनँ। लौन नि ! बाबु भऱ्याङबाट लड्यो !)।
80637 लौरी ना. सानो लौरो; लहुरी।
80638 लौरीपञ्जर वि. लौरीपिञ्जर।
80639 लौरीपिञ्जर वि. साह्रै दुब्लो; हल्लनटट्टी; अस्थिपञ्जर।
80640 लौरीपट्टा ना. आपसमा लौरो जुधाउने र टाउको छलेर लौराले नै छेकी खेलिने बालखेल।
80641 लौरीलङ्गन वि. लौरी नटेकी हिँड्नै नसक्ने; असाध्यै दुब्लो; लौरीपिञ्जर।
80642 लौरो ना. हातले समाई टेकेर हिँडिने बुटेनको हाँगो वा लगुरो र बाँस, बेत आदिको घोचो; लहुरो।
80643 लौलौ निपा. कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द।
80644 लौलौ निपा. (उदा.- लौलौ, यो काम गरिहाल्नोस्। के गर्नु लौलौ, महँगीले त माऱ्यो)।
80645 लौसी ना. हे. लप्सी।
80646 लौह ना. १. फलाम; लोहा।
80647 लौह ना. वि. २. फलाम, तामा आदि धातुले बनेको; फलामसम्बन्धी।
80648 लौह ना. ३. रातो; लाल।
80649 लौहकार ना. लोहार।
80650 लौहभस्म ना. लोहा भस्म गरेर बनाइएको आयुर्वेदीय औषधीविशेष।