Dictionary

All Word

80451 लोते वि. स्त्री. लोती।
80452 लोते वि. ना. २. जति तान्यो उति तन्कने रबड।
80453 लोतो वि. १. आङ मर्काउने; अल्छी मान्ने वा जाँगर मरेको।
80454 लोतो वि. २. कामकाजमा ढिला चालको।
80455 लोतो वि. ३. जति हटाए पनि नहट्ने; धिङ्न्याहा।
80456 लोतो वि. ना. ४. रुपियाँपैसा हालेर मुख बाँध्ने छालाको थैलो; लो।
80457 लोत्याइँ ना. लोतो चाल; लोतेपन।
80458 लोत्याइँ ना. (उदा.- तिम्रो लोत्याइँ देख्ता म तीन छक परेको छु।)।
80459 लोत्याइ ना. लोतिने वा लोत्याउने क्रियाप्रक्रिया।
80460 लोत्याइनु क.क्रि. लोतो तुल्याइनु।
80461 लोत्याउनु प्रे.क्रि. लोतो वा जुम्सो तुल्याउनु।
80462 लोत्रिनु अ.क्रि. १. लुत्रे वा लुते चालको हुनु; लुत्रुक्क पर्नु; निर्धो हुनु।
80463 लोत्रिनु अ.क्रि. २. कुनै वस्तु लत्रक्क भएर झोलिनु वा झुन्डिनु।
80464 लोत्रे वि. लोत्रने स्वभावको; लोते; लुते।
80465 लोत्र्याइ ना. लोत्रिने क्रिया वा प्रक्रिया।
80466 लोत्र्याइनु क.क्रि. लोत्रिने पारिनु।
80467 लोत्र्याउनु प्रे. क्रि. लोत्रिने पार्नु।
80468 लोत्र्याँस्स क्रि.वि. लखतरान हुने किसिमले; लोत्रिने वा लत्रिने चालसँग।
80469 लोथ ना. १. शारीरिक वा मानसिक रूपमा बढी परिश्रम गर्दा हुने थिलथिल्याइ; चल्न, चटपटाउन नसक्ने स्थिति।
80470 लोथ ना. २. मृत शरीर; लास।
80471 लोथ्रे वि. लोथ्रो चालको।
80472 लोथ्रो ना. काँचो काठको लाठो; लाथ्रो।
80473 लोदर वि. १. बाक्लो वा भुत्ते चालको; हलचल कत्ति नगर्ने।
80474 लोदर वि. २. लच्छिन नभएको; अलच्छिनी।
80475 लोदो ना. शरीरका विभिन्न अङ्गको थलथले मासु; लुँदो।
80476 लोध ना. भित्र धर्साधर्सा भएको र बाहिर पातला पिलपिले डिम्बाकार पात हुने, सेतापछि पहेँला बास्नादार फूल फुल्ने, अनि साना लाम्चा फल लाग्ने, एक जातको, ठन्डा ठाउँमा हुने रुख; लोध्र।
80477 लोप ना. १. हराउने वा नदेखिने स्थिति; अलप; गायब, गुम।
80478 लोप ना. २. नासिने काम; कमी; क्षय।
80479 लोप ना. ३. व्याकरणका नियमानुसार शब्दका कुनै अक्षरको अल्पाइ; वर्णलोप।
80480 लोपचिह्न ना. लेखाइका सिलसिलामा शब्द वा वाक्य छुट्ता थप्न प्रयोग गरिने चिह्न (।); कागखुट्टे।
80481 लोपाञ्जन ना. आफ्ना आँखामा लाएपछि अरूले आफूलाई नदेख्ने भनिने, एक प्रकारको कल्पित अञ्जन।
80482 लोपार्नु स.क्रि. १. कसैलाई लोप्पा खुवाउनु; लोप्य्राउनु; हिस्स्याउनु।
80483 लोपार्नु स.क्रि. २. लिप्नु वा घस्नु; लिप्सनु।
80484 लोपाराइ ना. लोपार्ने क्रिया वा प्रक्रिया।
80485 लोपारिनु क.क्रि. लोपार्ने काम गरिनु; लोप्पा खुवाइनु।
80486 लोपारे ना. पहिलो पटक कुनै नयाँ ठाउँमा जाने व्यक्ति।
80487 लोप्पा ना. केही रिससमेत पोख्तै 'नापिस्' भन्ने भाव जनाउँदा र निन्दाको रूपमा कसैको मुख लोपार्ने, हातको अर्धचन्द्राकार मुद्रा; त्यसरी मुख लोपार्ने काम; लोठ।
80488 लोप्पिनु अ.क्रि. लोप्पा खाइने हुनु; लोपारिनु।
80489 लोप्रालोप्री ना. सानातिना धेरै लोप्रा वा पाप्राको समूह।
80490 लोप्रिनु १ अ.क्रि. लोप्रो बन्नु, पाप्रो जम्नु।
80491 लोप्रिनु २ अ.क्रि. १. लोप्रे अवस्थामा पुग्नु; लुत्रुक्क पर्नु; निमोठिनु; निखुत्तिनु।
80492 लोप्रिनु २ अ.क्रि. २. लोप्पा खानु; लोप्य्राइमाग्नु।
80493 लोप्रिनु २ अ.क्रि. ३. कुनै कुरोबाट निराश हुनु; हिस्सिनु।
80494 लोप्रे वि. १. निराशाले लुत्रुक्क परेको; घोप्टिएको; लोब्रे।
80495 लोप्रे वि. २. लोप्रो बनेको; पाप्रो जमेको।
80496 लोप्रे कान ना. हिस्सिने वा लुत्रुक्क पर्ने अवस्था।
80497 लोप्रे हात ना. उल्टो हात (जस्तै - लोप्रे हात लाइदिनु अर्थात् मागेर पाइँदैन भनिदिनु।)।
80498 लोप्रो ना. १. छाला आदिको पातलो तह वा पत्र; पाप्रो।
80499 लोप्रो ना. २. पकाएका खुर्सानीको टुक्रो।
80500 लोप्रो ना. ३. सल्केका गुइँठाको चोइटो।