Dictionary

All Word

80501 लोप्य्राइ ना. १. लोप्रिने क्रिया वा प्रक्रिया।
80502 लोप्य्राइ ना. [लोप्य्राउ+आइ] २. लोप्याउने क्रिया वा प्रक्रिया।
80503 लोप्य्राइनु क.क्रि. १. लोप्रो पारिनु।
80504 लोप्य्राइनु क.क्रि. २. निराश बनाइनु।
80505 लोप्य्राउनु प्रे. क्रि. १. लोप्रो पार्नु।
80506 लोप्य्राउनु प्रे. क्रि. २. निराश तुल्याउनु; हिस्स्याउनु।
80507 लोप्य्राउनु प्रे. क्रि. स.क्रि. ३. तातो पानी लाउनु; नाप्नु।
80508 लोप्य्राउनु प्रे. क्रि. (उदा.- कति न काम गर्छु भनेर अघि सरेको होइन ? के लोप्य्राइस् त खै!)।
80509 लोफर वि. १. घरबार, इज्जतआबरु, लाजसरम केहीको पनि वास्ता नभएको; झल्लो।
80510 लोफर वि. २. मनलाग्दी घुम्ने र बोल्ने; छाडा; बदमास।
80511 लोभ ना. १. अरूको धनमाल आदि पाउने आशा; लालसा; लालच।
80512 लोभ ना. २. मक्खीचुस हुने ताल; कन्जुसी।
80513 लोभ लालचा ना. लोभ र लालचा; साह्रै लोभ।
80514 लोभनीय वि. लोभ्याउने खालको; लोभलाग्दो; चित्ताकर्षक।
80515 लोभानीपापानी ना. अनुचित रूपले अरूको धनमाल हडप्ने र सित्तैँमा अरूलाई दुःख दिने काम; लोभ र लालचले हुने अधर्म विचार; लोभ र पाप।
80516 लोभिनु अ.क्रि. १. लोभ वा लालचमा पर्नु।
80517 लोभिनु अ.क्रि. २. आसक्त हुनु; लहसिनु; ऱ्याल काढ्नु।
80518 लोभित वि. लोभिएको; लोभमा परेको; लुब्ध।
80519 लोभी वि. १. लोभ गर्ने; लालची।
80520 लोभी वि. २. चुइयाँ तालको; कन्जुस।
80521 लोभ्याइ ना. लोभिने तथा लोभ्याउने क्रिया- प्रक्रिया।
80522 लोभ्याइनु क.क्रि. लोभमा पारिनु।
80523 लोभ्याउनु प्रे.क्रि. १. कसैलाई लोभमा पार्नु वा लालच देखाउनु।
80524 लोभ्याउनु प्रे.क्रि. २. आफूतिर लहस्याउनु; आसक्त पार्नु।
80525 लोम ना. १. रोम; रौँ।
80526 लोम ना. २. पुच्छर।
80527 लोमकूप ना. रौँको फेदमा हुने खाल्टो वा प्वाल; रोमकूप।
80528 लोमश वि. १. शरीरमा झ्यापझ्यापती रौँ भएको।
80529 लोमश वि. ना. २. पुराणका अनुसार अमर मानिएका र महाभारतका अनुसार युधिष्ठिरका साथ तीर्थयात्रा गर्ने एक ऋषि।
80530 लोमश वि. ३. भेडो।
80531 लोमश वि. ४. स्याल।
80532 लोमहर्ष ना. रोमाञ्च; रोमहर्ष।
80533 लोमहर्षक वि. रोमाञ्च गराउने; रोमाञ्चित पार्ने।
80534 लोमहर्षण ना. १. रोमाञ्च; पुलक।
80535 लोमहर्षण ना. २. व्यासका एक शिष्यको नाम।
80536 लोमुते ना. पिसाबमा रगत मिसिएर आउने रोग; लोहोमुते।
80537 लोमे वि. चटाकसित काममा अघि नसर्ने; लोसो; जुम्सो।
80538 लोराङ ना. लमी; लाँपु।
80539 लोरी ना. नानीलाई सुताउन आमाले गाउने गीत वा त्यसको लय।
80540 लोर्के ना. रिसाएको निहुँ पारी प्राय: प्रेमिकाले प्रेमीलाई भन्ने शब्द; छाले।
80541 लोल वि. १. हल्लिएको; काँप्दो।
80542 लोल वि. २. स्थिर नभएको; चञ्चल।
80543 लोल वि. ३. चौचौ लाग्ने।
80544 लोलमति ना. हो कि होइनको अवस्था; संशयात्मा।
80545 लोलरा ना. पुरानो समयमा चलेको कानमा लाउने गहनाविशेष।
80546 लोला ना. १. मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लुँदो वा डल्लो।
80547 लोला ना. २. फागु खेल्दा अबिर, रङ घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको; एक प्रकारको सानो खेलौना।
80548 लोलाइ ना. लोलाउने काम वा किसिम।
80549 लोलाइनु अ.क्रि. निद्रा वा अरू कुनै कारणले आँखा लट्ठिनु; लोलाइमा परिनु।
80550 लोलाउनु अ.क्रि. १. तन्द्रा, मात, कामासक्ति आदिले आँखा निदाए झैँ भई लट्ठिनु; अलिअलि निदाउन लाग्नु; झकाउनु।