Dictionary

All Word

81101 वर्कने फर्कने होइन।
81102 वर्कीफर्की क्रि.वि. वर्कनेफर्कने गरेर; ओहरदोहर।
81103 वर्ग ना. समान दृष्टिका कुनै जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकारप्रकार आदिको समूह, समान धर्म, संस्कृति, भाषा आदि हुने मानिसहरूको समूह वा जमात, दल श्रेणी; दर्जा; विभाग।
81104 वर्ग ना. २. एकै स्थानबाट उच्चारण हुने वर्णहरूको समुदाय।
81105 वर्ग ना. (जस्तो- कण्ठबाट क, ख, ग, घ, वर्क्सबाट च, छ, ज, झ आदि)।
81106 वर्ग ना. ४. गणितमा दुई समान अक वा सङ्ख्याले गुन्ने रीति वा त्यसरी निकालिएको गुणनफल।
81107 वर्ग किलोमिटर ना. एक किलोमिटर लम्बाइ र एक किलोमिटर चौडाइ भएको क्षेत्रफल।
81108 वर्गद्वन्द्व ना. वर्गसङ्घर्ष।
81109 वर्गनिरपेक्ष वि. कुनै एक वर्गलाई मात्र प्रधानता नदिइने ( राजनीति वा सिद्धान्त)।
81110 वर्गफल ना. दुई समान राशिको गुणनफल।
81111 वर्गभेद ना. जाति, रङ्ग आदिका आधारमा वर्ग छुट्ट्याउने वा भेदभाव गर्ने काम।
81112 वर्गमाइल ना. एक माइल लम्बाइ र एक माइल चौडाइ भएको क्षेत्रफल।
81113 वर्गमिटर ना. एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको क्षेत्रफल।
81114 वर्गमिल ना. वर्गमाइल।
81115 वर्गमूल ना. त्यो राशि जसले वर्गफललाई भाग दिँदा वर्गाङ्क निक्लन्छ।
81116 वर्गमूल ना. (जस्तो २५ को वर्गमूल ५ हो)।
81117 वर्ग विभाजन ना. वर्ग छुट्ट्याउने वा बाँड्ने काम।
81118 वर्गविभेद ना. वर्ग अलग्ग्याउने काम; वर्गभेद।
81119 वर्गविहीन ना. वर्ग वा वर्गको भेदभाव नभएको।
81120 वर्गसङ्घर्ष ना. समाजका पीडित र पीडक वर्गविच हुने सङ्घर्ष।
81121 वर्गसङ्घर्ष ना. २. समाजका शोषक र शोषितका बिच हुने युद्ध।
81122 वर्गसमन्वय ना. समाजका विभिन्न वर्गका बिच समानताको भाव राख्ने समान सहुलियत प्रदान गर्ने काम विभिन्न वर्गका बिचको मेलमिलाप।
81123 वर्गस्वार्थ ना. विभिन्न आधारमा बनेका वर्गहरूको आपसी स्वार्थ;वर्गीय स्वार्।
81124 वर्गाकार ना. चारचार कुना परेको आकार।
81125 वर्गाकार वृक्षारोपण ना. चारचार कुना पर्ने गरी खण्डखण्ड पारेर रुख रोप्ने प्रविधि।
81126 वर्गाक ना. वर्गफल।
81127 वर्गीकरण ना. विभिन्न वर्गमा विभाजन गर्ने काम, वर्गअनुसार छुट्ट्याउने काम, वर्गवर्गको बैढाइ।
81128 वर्गीकरण मञ्जूषा ना. हुलाकमा वडा वा क्षेत्रअनुसार चिठीपत्र छाँटेर राखिने विशेष प्रकारको खन्डे दराज (सटिंङकेस)।
81129 वर्गीकृत वि. वर्गमा विभाजन गरिएको; वर्ग छुट्ट्याइएको।
81130 वर्गीय वि. कुनै वर्गसित सम्बन्धित; वर्गको वर्गमा रहेको।
81131 वर्गीय सङ्गठन ना. विभिन्न वर्गका विच आआफ्नो हितसंरक्षणका निम्ति वैधानिक रूपमा स्थापित वा निर्मित सङ्गठन (जस्तै- महिला सङ्गठन, युवक सङ्गठन, किसान सङ्गठन, मजदुर सङ्गठन, भूतपूर्व सैनिक सङ्गठन, विद्यार्थी सङ्गठन आदि)।
81132 वर्च ना. बल; शक्ति।
81133 वर्च ना. २. प्रकाश; कान्ति; तेज; चम्काइ।
81134 वर्च ना. ३. आकृति; रूप।
81135 वर्चस्व ना. आधिपत्य; अधिकार; नियन्त्रण।
81136 वर्चस्वान् वि. तेजस्वी; वर्चस्वी।
81137 वर्चस्वान् वि. २. शक्तिशाली।
81138 वर्चस्विता ना. वर्चस्वी हुनाको भाव, गुण वा अवस्था।
81139 वर्चस्वी वि. तेजयुक्त, तेजस्वी २ शक्तिशाली पराक्रमी।
81140 वर्चस्वी वि. ना.३. तेजस्वी व्यक्ति।
81141 वर्चस्वी वि. ४. चन्द्रमा।
81142 वर्जक वि. परित्याग गर्ने; त्याग्ने वा छोड्ने।
81143 वर्जक वि. २. मनाही गर्ने; निषेधक।
81144 वर्जन ना. छोड्ने काम, त्याग, तिलाञ्जलि।
81145 वर्जन ना. २. निषेध, मनाही, अपवाद।
81146 वर्जन ना. ३. नेतृत्वका अनुसार मानवसमाजको कुनै वर्गमा यो काम गर्नु हुँदैन भनेर मानिएको तर त्यसलाई निषेध गर्न कुनै लिखित आधार नभएको काम।
81147 वर्जनीय वि. छोड्न योग्य;त्याज्य।
81148 वर्जनीय वि. २. निषेध वा मनाही गर्नुपर्ने।
81149 वर्जित वि. छोडिएको; अलग्ग्याइएको।
81150 वर्जित वि. २. बहिष्कृत;निषेधि।