Dictionary

All Word

81151 वर्जित वि. ३. वञ्चित; रहि।
81152 वर्ज्य वि. वर्जनीय; छोड्न वा त्याग्न योग्य।
81153 वर्ण ना. दृष्टिमा आउने रूप वा आकृति, सौन्दर्य, वेशभूषा।
81154 वर्ण ना. २. पदार्थमा हुने रातो, सेतो, कालो, पहेँलो आदि रूपभेद, रङ्ग।
81155 वर्ण ना. ३. हिन्दुधर्मअनुसार मनुष्यजातिका चार श्रेणी (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र )।
81156 वर्ण ना. ४. रंगाउने पदार्थ, रोगन।
81157 वर्ण ना. ५. अ-देखि ज्ञ सम्मका ध्वनिको प्रतीक चिह्न, टुक्य्राउन नसकिने ध्वनिको एकाइसूचक लिपि।
81158 वर्ण ना. ६. स्थायी, आरोही अवरोही र सञ्चारी गरी चार प्रकारका भेद हुने गायनको प्रत्यक्ष विधि वा प्रक्रिया।
81159 वर्णक ना. आफ्नो स्वाभाविक रूप छिपाउन तथा बनावटी रूप निकाल्नका निम्ति लगाइने रङ र पहिरन।
81160 वर्णक ना. २. अभिनेता, गुप्तचर आदिको पहिरन वा रूपसज्जा।
81161 वर्णक ना. 3. मुखावरण, नकाब, बुर्का।
81162 वर्णक ना. ४. स्तुतिगायक; चारण; भाट।
81163 वर्णतूलिका ना. चित्र लेख्ने बुरुस; कुची।
81164 वर्णधर्म ना. वर्णअनुसारको पेसा, कर्तव्य वा स्वभाव र आचरण।
81165 वर्णन ना. क्रमबद्ध रूपमा आएको वा विस्तारपूर्वकको कथन, बेलीविस्तार, बखान्।
81166 वर्णन ना. २. कुनै कुराकानी वा घटना आदिको बेहोरा राम्ररी थाहा हुने गरी गरिएको बयान, विवरण।
81167 वर्णन ना. ३. प्रशंसा, तारिफ।
81168 वर्णनातीत वि. वर्णन वा बखान गर्न नसकिने; बेलीविस्तार लाउन कठिन; अवर्णनीय।
81169 वर्णनात्मक वि. वर्णन बेसी भएको; वर्णनसहितको;वर्णनयुक्त; वर्णनमय।
81170 वर्णनात्मक वि. २. वर्णनका पद्धतिद्वारा तयार गरिने वा भएको (वर्णनात्मक व्याकरण, वर्णनात्मक भाषाविज्ञान इ.)।
81171 वर्णनात्मकता ना. वर्णनात्मक हुनाको भाव वा अवस्था।
81172 वर्णनीय वि. वर्णन गर्नुपर्ने, वर्णन गर्न सकिने।
81173 वर्णनीय वि. २. प्रशंसनीय, सहनीलायक।
81174 वर्णपट ना. केटाकेटी वा सिकारुहरूलाई अक्षर चिनाउनका निम्ति अकारादि क्रमले अक्षर छापिएको ठुलो पत्र, भित्ते वर्णमाला अक्षर लेखिएको काठको पाटी।
81175 वर्णपट ना. २. सूर्यको किरण वा कुनै सेतो किरणमा सात किसिमका रङ्ग देखिने पट।
81176 वर्ण परिचय ना. अक्षरको ज्ञान।
81177 वर्ण परिचय ना. २. अक्षर चिनाउने पुस्तिका; वर्णमाला।
81178 वर्णभेद ना. सनातन धर्मअनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्णमा लाइएको भाग।
81179 वर्णभेद ना. २. उच्चता, नीचता वा रङका दृष्टिले मनुष्यजातिमा गरिएको भिन्नता वा भेदभाव।
81180 वर्णमाला ना. कुनै लिपिका साउअक्षर क्रमैसँग लेखिएको पत्रसमूह, कखहरा पढाउने पुस्तक, वर्णपरिचय।
81181 वर्णलोप ना. शब्दमा हुने कुनै वर्णको लोप।
81182 वर्णलोप ना. (जस्तो- स्टेसन> टेसन, बाच्छो > बाछो इ.)।
81183 वर्णविकार ना. शब्दको कुनै एक वर्ण अर्कै वर्णमा परिणत हुने काम, वर्णको विकार।
81184 वर्णविकार ना. ( जस्तो संस्कृतबाट नेपालीमा आउँदा काकको काग, ग्रामको गाउँ, चक्रको चक्का इ.)।
81185 वर्णविचार ना. वर्णको स्वरूप, कोटि, उच्चारण, प्रयोग आदिको विवेचना वा व्याख्या गर्ने नियम वा विभाग।
81186 वर्णविद्वेष ना. काला, गोरा आदि वर्ण वा जातिका आधारमा सानोठुलो भनी भेदभाव गरिने प्रवृत्ति तथा हीनताजन्य भावना।
81187 वर्णविन्यास ना. वर्णको व्यवस्थित रखाइ; अक्षरविन्यास; हिज्जे; वर्तनी; खिप्ती।
81188 वर्णविपर्यय ना. शब्दका वर्णहरू अगाडिको पछाडि वा पछाडिको अगाडि हुने चाल, अक्षरहरूको उलटफेर।
81189 वर्णविभाग ना. हिन्दु धर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र।
81190 वर्णविभाग ना. २. मनुष्य जातिमा रङका आधारले छुट्ट्याइने वर्ण वा श्रेणी।
81191 वर्णवृत्त ना. लघुगुरुको क्रम वा वर्णको सङ्ख्या मिलाई लेखिएको वाक्; वार्णिक छन्दमा रचित पद्य।
81192 वर्णव्यवस्था ना. हिन्दु धर्मका अनुसार गरिएको वर्णसम्बन्धी व्यवस्था वा विभाजन।
81193 वर्णसङ्कर ना. दुई अलग जातिका आमाबाबुबाट जन्मेको सन्तान; ठिमाहा।
81194 वर्णागम ना. शब्दका सन्धि आदि हुँदा अगाडि, पछाडि वा बिचमा कुनै अक्षर थपिने काम।
81195 वर्णागम ना. (उदा.- दि+आउँछ दियाउँछ, दिलाउँछ मा 'य' र 'ल' आगम इ.)।
81196 वर्णात्मक वि. वर्ण वा अक्षरमा लेखिने तथा लेखिएको (शब्द, पदावली आदि)।
81197 वर्णानुक्रम ना. अकारादि क्रम मिलाई गरिएको क्रम; अक्षरादि क्रम; अक्षरको सिलसिला।
81198 वर्णानुक्रमिक वि. वर्णानुक्रममा रहेको वा मिलेको, अक्षरको सिलसिलामुताबिकको।
81199 वर्णाश्रम ना. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आदि चार आश्रम।
81200 वर्णाश्रम धर्म ना. वर्णाश्रममा रहेर पालन गरिने कर्तव्य तथा सोअनुसार प्राप्त गरिने धर्म।